Thursday, April 9, 2020

हेल्थ फर्स्ट

मधुमेह, माफिया र मनोविज्ञान
ओम बानियाँ 
मधुमेह । अर्थात डाइबेटिज मिलाइटस । नेपाली समाजमा यसलाई चिनी रोगले पनि चिनिन्छ । केही वर्षयता यो रोग भुसको आगोझैं संसारभरि फैलिएको छ । हिजोआज संसारका कुनै पनि देश मधुमेहको महामारीबाट अछुतो छैनन् । भारतलाई त मधुमेहको राजधानी भन्ने गरिन्छ । नेपाल पनि मधुमेहको महामारीले निकै आक्रान्त छ । घरघरमा मधुमेहीहरु देखिन थालेका छन् ।

यहाँ उल्लेखनीय कुरा के भने कुनै किटाणु तथा जीवाणुले मधुमेहको महामारी फैलाउने कार्य गरेका छैनन् । संसारभरिका मेडिकल माफियाहरु एक ढिक्का भई तिललाई पहाड बनाई मधुमेहको महामारी फैलाउने काममा गरिरहेका छन् । मधुमेहको सम्बन्धमा सर्वसाधारणले सुन्दै र पढ्दै आएको कुरा के हो भने मधुमेह ज्यादै खतरनाक रोग हो, यसबाट पूर्णमुक्ति सम्भव छैन । यसलाई नियन्त्रण गर्न नियमितरुपमा चेकजाँच र औषधि सेवन गर्नुपर्छ । यस प्रकारको विज्ञापन गरेर मधुमेहको सम्बन्धमा ठूलो षडयन्त्र भैरहेको छ । मधुमेहको महामारी फैलाउने कार्य भैरहेको छ । त्यसैले मधुमेहको महामारीलाई रोक्न यस षडयन्त्रको मनोविज्ञान बुझ्न जरुरी छ ।

मधुमेह के हो ?
मधुमेह रोग होइन, लक्षण हो । जण्डिस जस्तै । रगतमा आवश्यक भन्दा बढी ग्लुकोज (सुगर) देखिनु नै मधुमेह हो । यो स्थिति तब देखा पर्छ जब पेन्क्रियाजले पर्याप्त इन्सुलिन बनाउन सक्दैन या कोषहरुले उचित रुपमा ग्लुकोज ग्रहण गर्न सक्दैनन् । ग्लुकोज शरीरका लागि अति आवश्यक तत्व हो । ग्लुकोजबाट नै शरीरले ऊर्जा(इनर्जी) पाउँछ । त्यही इनर्जीबाट नै शरीर संचालन हुन्छ । तर जीवकोषहरुले पर्याप्त ग्लुकोज प्राप्त गर्न सकेनन् भने थकानका साथै अनेक लक्षणहरु देखा पर्छन् । यो नै रगतमा ग्लुकोज बडेको संकेत हो ।

रगतमा ग्लुकोज किन बढ्छः
मानिसले खाएको खाना आमासयमा पुगेपछि खानलाई हाइड्रोक्लोरिक एसिड र अन्य थुप्रै रासायनिक तत्वहरु मिलेर गलाउँछन् । यहाँ गल्नु भनेको खानाका ठुलाठुला अणुहरु मसिना बन्नु हो अथवा ग्लुकोज भन्ने एक प्रकारको मसिनो चिनीमा परिणत हुनु हो । यही प्रक्रियालाई साधारण भाषामा हामीले पच्नु भन्छौं । खाएको खाना आमासयमा मसिनो बनेपछि सानो आन्द्रामा जान्छ । सानो आन्द्राले ग्लुकोज बनेको खानालाई बिस्तारै सोसेर लिन्छ र त्यो खाना रगतमा मिसिन्छ । यसरी रगतमा पुगेको ग्लुकोज, यदि शरीरलाई तत्काल अवश्यक छ भने तत्काल शक्तिमा परिणत हुन्छ, तत्काललाई चाहिएको छैन भने पछिको लागि संचित भएर बस्दछ । ग्लुकोज संचित हुँदा ग्लाइकोजेनको रुपमा मुख्यतया कलेजो र मांशपेशीमा संचित हुन्छ । तर रगतमा प्रवेश गरेको ग्लुकोज भने इन्सुलिन बिना तत्कालै शक्तिमा परिणत हुन पनि सक्दैन, अनि संचित हुन पनि सक्दैन । तब रगतमा ग्लुकोजको मात्र बढ्छ ।

शरीरका कोषहरूमा एक प्रकारका ढोका हुन्छन् । जब प्याङक्रीआजबाट इन्सुलिन निस्कन्छ उक्त इन्सुलिन रगतमार्फत गएर हरेक कोषहरुलाई खाना आयो, ढोका खोल भन्छ, अनि कोषहरुले ढोका खोल्छन र ग्लुकोज भित्र जान्छ । यसरी भित्र गएको ग्लुकोज तत्काल शक्ति चाहिने भए कोषहरुले तत्कालै प्रयोग गर्दछन, नत्र पछि प्रयोग गर्नको लागि संचय गर्दछन् । रगतमा भएको ग्लुकोज कोषहरूमा गैसकेपछि रगतमा ग्लुकोजको मात्रा स्वतः घट्दछ । यो घटेको कुरा बेटा सेलहरुले नै तुरुन्त प्याङक्रीअजलाई खबर गर्दछन् र यसले पनि इन्सुलिन उत्पादन गर्ने गतिलाई घटाऊँछ ।

बेटा सेल्स के होः
शरीरमा आमासयको तल्लो भागमा सानो आन्द्रा, कलेजो, फियो, पित्तथैली आदिले घेरिएर रहेको प्याङक्रीअज भन्ने करिब ६ इन्च लामो गाजर जस्तै-जस्तै आकारको अंग हुन्छ । यसमा बिभिन्न प्रकारका हर्मोन उत्पादन गर्ने क्षेत्र हुन्छ, जसमा अल्फा सेल्स, बेटा सेल्स लगायतका लाखौं कोषहरु हुन्छन् । अल्फा सेल्सले मुख्यतया ग्लुकोजन नामक हार्मोन उत्पादन गर्दछन् भने बेटा सेल्सले इन्सुलिन नामक हार्मोन उत्पादन गर्दछन् । रगतमा ग्लुकोजको मात्रा हामीले खाने बस्तुको प्रकार, मात्रा र समयको आधारमा उही दिनमा पनि धेरै पटक घटबढ हुन्छ । साधारण अवस्थामा हाम्रो रगतमा प्रति डेसिलिटर ७० देखि १२० मिलिग्राम ग्लुकोजको मात्रा हुनुपर्दछ । त्यो भन्दा बढी भए चिनीरोग लाग्दै गरेको वा लागेको मान्नु पर्दछ । रगतमा चिनीको मात्रा जतिजति बढी हुन्छ चिनीरोगको अवस्था पनि त्यति नै जटिल भएको बुझ्नुपर्दछ । खाना खानेबित्तिकै भने चिनीरोग नै नलागेको व्यक्तिको रगतमा पनि यो मात्रा १८० सम्म पुग्न सक्छ । तर खाना खाएको २ घण्टाभित्रमा भने यो मात्रा घटेर १४० मा ओर्लेको हुनु पर्दछ । जब रगतमा चिनीकोमात्रा १८० भन्दा बढी हुन्छ, त्यो बढी हुन आएको चिनीको मात्रा मृगौलाले पिसाब मार्फत फालिदिन्छ । खानाबाट प्राप्त हुने चिनीको मात्रा भाँडामा पानी खन्याएझै तुरुन्तै जम्मा हुने त होइन, बिस्तारै-बिस्तारै घन्टौंको समयमा हुने हो । चिनी बिस्तारै रगतमा प्रबेस गर्दछ, रगतमा यसको मात्रा बढ्छ, अनि मृगौलाले पिसाबमार्फत फालिदिन्छ । त्यही भएर चिनी रोग लागेका व्यक्तिहरुलाई छिनछिनमा पिसाब आउँछ । चिनी फालिनु भनेको शरीका कोषहरुको वृद्धि बिकास गराउन, हानीकारक ब्याक्टेरिया, भाइरस, रोगब्याधीसंग लड्न, घाउचोट निको गराउन मुख्य भूमिका खेल्ने प्रोटिन तथा शरीरलाई बिभिन्न कार्यको लागी चाहिने अन्य पौष्टिक पदार्थ फालिनु पनि हो । त्यसैले शरीरले यस्ता पदार्थ नपाउंदा चिनी रोग लागेको व्यक्तिलाई बढी भोक लाग्ने, ऊ दुब्लाउँदै जाने, थकित महसुस गर्ने, आँखा धमिलो देख्ने, घाउ निको नहुने, छाला फुट्ने, महिलाहरुलाई घरीघरी योनी चिलाउने आदि समस्या देखा पर्छन् । त्यसको अतिरिक्त रगत मार्फत प्रयाप्त थप खाना प्राप्त नहुँदा कोषहरुले संचित शक्ती खर्च गर्नु पर्दछ । यहाँनेर शरीरमा संचित बोसोरुपी शक्ति प्रयोग भएको ठिकै होइन कि होइन भन्ने प्रश्न उठ्न सक्दछ । तर शरीरको संयन्त्र त्यसरी चल्दैन । संचित शक्ती धेरै मात्रामा खर्च भयो भने शरीमा केटोनेस भन्ने बिकार निस्कन्छ । धेरै मात्रामा केटोनेस निस्कने अवस्थालाई डाइबेटिक केटोएसिडोसिस (डीकेए) भनिन्छ, जसले जीवन नै खतरामा पार्न सक्छ । सामान्यतया टाइप वान डाइबेटिज हुने व्यक्तिलाई यस्तो अवस्था आउन सक्छ ।

मधुमेहका प्रकारः
मधुमेहका मुख्यतया ३ अवस्था हुन्छन् । शरीरका कोषहरूले इन्सुलिनप्रति पूर्ण प्रतिक्रिया नजनाउनुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई मधुमेहको सुरुआती अवस्था (प्रिडाइबेटिज) भनिन्छ । त्यस्तै, रगतमा प्रवेश गर्ने ग्लुकोसको अनुपातमा प्याङक्रीअजले पर्याप्त इन्सुलिन उत्पादन गर्न नसक्नुको कारणले रगतमा चिनीको मात्रा बढ्यो भने त्यसलाई निम्न कोटीको मधुमेह (टाइप ट डाइबेटिज भनिन्छ । र, शरीरमा हुने बिभिन्न रासायन संयन्त्र तथा रासायनिक प्रतिक्रिया हुँदा अस्वाभाविक गल्तिको कारणले प्याङक्रीअजलाई इन्सुलिन उत्पादन गर्न निर्देशन दिने बेटा सेल नै निमिट्यान्न भएर इन्सुलिन नै उत्पादन नभएर रगतमा चिनीको मात्रा बढेर हुने मधुमेहलाई उच्चकोटीको (टाइप वान डाइबेटिज) भनिन्छ । सामान्यतया टाइप वान डाइबेटिज २० बर्ष भन्दा पहिले नै हुन्छ । टाइप वान डाइबेटिजलाई वंशाणुगत पनि भनिन्छ । साथै गर्भावस्थामा थुप्रै प्रकारका हार्मनहरु निस्किने र तिनीहरुका अनगिन्ति रासायनिक प्रतिक्रियाहरु हुने हुनाले यो अवस्थामा कतिपय महिलाहरुको रगतमा चिनीको मात्रा बढ्छ । यस्तो प्रकारको स्थितिलाई जेस्टेसनलन डाइबेटिज भनिन्छ ।

डाइबेटिजप्रतिको धारणाः
चिकित्सकले पढेको, बुझेको र केही हदसम्म बुझपचाएको कुरा के भने अहिलेकै अवस्थामा भन्दा टाइप वान डाइबेटिज निको हुने उपाय छैन, यसका लागि इन्सुलिनको सुई नियमित लगाइरहनु पर्छ । टाइप टु डाइबेटिज भोजनमा सुधारको साथै शारीरिक अभ्यास गर्दा क्षणिक रुपमा केही मात्रामा सुधार देखिए पनि कालान्तरमा यो पनि टाइप वान डाइबेटिजमा नै बदलिन्छ । प्रिडाइबेटिज तथा जेस्टेसनल डाइबेटिजको अवस्था भने नियमित सन्तुलित भोजन र शारीरिक अभ्यासले नियन्त्रण हुन सक्छ । तर यो धारणा पूर्णसत्य छैन । वास्तवमा यो डाइबेटिज बिजनेश हो । यस बिग बिजनेशमा अनेक पक्षहरुको आआफ्नो स्वार्थ गाँसिएको छ । यही नै मेडिकल माफियाहरुको हिरा कटाइ छ । यसप्रति सचेत र सजग हुनु आजको आवश्यकता हो ।
डाइबेटिजको डाइटथेरापि
डाइबेटिजलाई समयमै नियन्त्रण नगर्ने हो भने यसले शरीरमा जटिल समस्याहरु पैदा गर्छ । त्यसैले समयमै यसलाई नियन्त्रण गर्न आवश्यक छ । डाइबेटिज औषधिबाट होइन, योग, प्राणायाम तथा व्यायाम र डाइटथेरापिबाट रिभर्स हुन सक्दछ । कभालभाँती प्राणायाम, मडुक आसन तथा फलफ़ूल, सागपात, सलाद र अन्नहरुको उचित संयोजनबाट तयार पारिएको डाइट डाइबेटिजका लागि मात्र होइन, हाईबीपी, कोलेस्ट्रोल, थाइरोइडिज्म तथा मोटोपना जस्ता जीवनशैलीसँग सम्बन्धित रोगहरुमा निकै फाइदाजनक हुन्छ ।

पुछारमाः
डाइबेटिजको एक वैज्ञानिकको मापदण्ड के हो भने बिहानको फास्टिङ ग्लुकोज लेभल र सुत्ने बेलाको ग्लुकोज लेभलको जोडलाई २ ले भाग गर्दा ग्लुकोज लेभल २५० भन्दा कम हुन्छ भने यस अवस्थामा औषधिको आवश्यक पर्दैन । जीवनशैली सुधार गरेर नै ग्लुकोज लेभल सामान्य बनाउन सकिन्छ । साधारणतया चामल, दही, उखुको रस, चिनी, मौसमी, अनार, आँप, भेली, मिश्री, आलु, मैदा र बेसनका परिकार, तारेको, भुटेको, बढी चिल्लो तथा चिनी हालेको पदार्थ, जंकफुड, फास्टफुड तथा धुम्रपान र मद्यपान, दिउँसो सुत्ने बानी, कुनै शारीरिक कार्य नगर्नु, चिन्ता, तनाव तथा नकारात्मक सोच डाइबेटिज विरामीका लागि हानीकारक छ । डाइबेटिक लगायतका रोगहरु जन्माउने कारण पनि यही हो । 

दैनिक ४–५ किलो मिटरको हिडाइँ वा दौडाइ, ध्यान, प्राणायाम तथा व्यायाम गर्ने तथा सकारात्मक सोच राख्ने । बजरा, जौ, चना आदिको चोकरयुक्त आटा, मुँग, करेला, सिस्नो, कुरिलो, परवल, रामतोरिया, बैगुन, लौका, टमाटर, फर्सी, काँक्रो, पालक, वेथे, सिमी, ब्रोकाउली, बन्दगोपी, फूलगोपी, रातो प्याज, लहसुन, कागती, मेथी, अमला, जमुना, बदाम, च्याउ, सखरखण्ड, दालचिनी, शितलचिनी (मोरिंगा), सागपात तथा फलफूलमा (एक दाना स्याउ, एक दाना बेलाउती, एक सुन्तला, आधा कप स्ट्राबरि) सेवन गर्नु डाइबेटिकका लागि निकै फाइदाजनक मानिन्छ । यो नै मानिसको सकारात्मक जीवनशैली पनि हो । (लेखक मनोविद  तथा पोषणविद हुन्। )














Wednesday, April 8, 2020

हेल्थ फर्स्ट 




प्राकृतिक नियम र स्वास्थ्य

ओम बानियाँ
प्रकृतिले कहिल्यै गल्ति गर्दैन । प्रकृति आफ्नो नियम अनुसार आफ्नै लय र गतिमा चल्दछ । प्रकृतिमा विद्यमान वनस्पति तथा अन्य प्राणीहरु पनि प्रकृतिको नियम अनुसार नै चल्दछन् । तर सृष्टिको सबैभन्दा बढी बुद्धिमान मानिने मानिसले नै प्रकृतिको नियम उलंगन गर्छन् । अनि अनेक समस्याहरु निम्ताउँछन्, बिमार हुन्छन् । अहिले जतिपनि रोग तथा बिपत्तिहरु देखिएका छन्, त्यसको मुल कारण भनेको नै मानिसको अप्राकृतिक जीवनशैली तथा अप्राकृतिक उपचार पद्धति हो ।  


एक पटक कल्पना गरौं त । पहाडको काखमा, हिमालबाट झरेको सफा र सुन्दर नदीको किनारामा एउटा रमणीय गाउँ छ । गाउँ वरिपरि जंगल छ । गाउँका घरहरु काठ र खरले बनेका तथा गाईको गोबर र माटोले पोतेका छन् । मानिसहरुले घरघरमा गाईवस्तु पालेका छन् । भोजनका लागि आफै खेतीपाती गर्छन् । गाउँमै प्रांगारिक मल हालेर उब्जाएको खाद्यपदार्थ तथा जंगली कन्दमूलहरु बाहेक अहिलेको बजारमा पाइने जस्तो कुनै पनि औद्यौगिक खाद्यपदार्थहरु प्रयोग गर्दैनन् । गाउँलेहरुमा कुनै रीसराग तथा आपसी प्रतिस्पर्धा छैन । धनसम्पत्ति जोडेर धनी हुने इच्छा पनि कसैको छैन । बिहान कुखुराको बासमा उठ्छन् । दिनभरि आ–आफ्नो काम खुब मेहनतको साथ गर्छन् । उकालो–ओरालो गर्छन् । रुखबाट ताजा फलपूmलहरु टिपेर खान्छन् । साँझ चराुचरुंगीसँगै घर फर्किन्छन् । दाउराको आगोमा पकाएको खाना खान्छन् । अनि राती चैनको निद सुत्छन् । के यस्तो गाउँका मानिसहरु कब्जियतबाट पीडित हुन सक्छन् ? अपच, ग्यास्टिक, अल्सर तथा क्यान्सरबाट पीडित हुन सक्छन् ? मोटोपनले ग्रस्त हुन सक्छन् ? मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, लिभर सिरोसिस, मृर्गौलाको रोग तथा पाइल्स आदिको शिकार हुन सक्छन् ? दाँत दर्द, कान दर्द तथा शिर दर्दका कारण टाउको समाएर बस्छन् ? के यिनीहरुलाई चिन्ता तथा डिप्रेसनले जिउँदो लास बनाउन सक्दछ ? पक्का पनि सक्दैन । यसमा दुई मत छैन । यस उदाहरणबाट मानिसको स्वास्थ्यमा प्राकृतिक आहारबिहारको कति ठूलो महत्व रहेछ भन्ने प्रष्ट हुन्छ । वास्तवमा मानिसको स्वाभाविक र प्राकृतिक आहार भनेको प्रकृतिबाट सिधैं प्राप्त हुने खाद्यपदार्थहरु हुन् । त्यसैले रोगबाट मुक्त हुन र स्वस्थ रहन मानिसको आहारबिहार प्राकृतिक हुन अनिवार्य छ । यसको कुनै विकल्प छैन । 

प्राकृतिक आहारः



मानिस प्रकृतिको सुन्दर रचना हो । मानिस पनि अन्य प्राणीहरु जस्तै प्रकृतिको एक अभिन्न अंग हो । प्रकृतिले जसरी मानिसलाई सिर्जना गरेको छ, सोही अनुसार मानिसका लागि आवश्यक आहार पनि उपलब्ध गरिदिएको छ । प्रकृतिमा रहेका अन्न, फलफूल तथा जल नै मानिसका प्राकृतिक आहार हुन् । तर हिजो आज मानिसले ती प्राकृतिक आहारको गुण नै बिग्रने गरी प्रशोधित र रिफाइन्ड गरिएका खाना, कृत्रिम रंग एवं रासायनिक पदार्थ मिसाइएका खाद्यपदार्थ प्रयोग गर्ने गरेका छन् । शिक्षित मानिसहरुले नै यस्तो मृत पदार्थहरुलाई आधुनिक आहारशैली र सभ्यताको परिचय दिनसमेत पछि परेका छैनन् । 

प्राकृतिक मकैले दिने फाइदा कर्नफलेक्सले दिँदैन । आलुले दिने फाइदा आलुचिप्सले दिँदैन । चना र जौले दिने फाइदा हर्लिक्सले दिँदैन । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण पाउरोटी र बिस्कुटमा पक्कै हुँदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर संरक्षक र अध्याधिक चिनी मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन । तर, बजारमा पाइने तयारी खाना यस्तै प्रशोधित र हानीकारक रासायनिक तत्वहरु मिसिएका हुन्छन् । यही कारणले नै मानिसहरुलाई अनेक रोगहरुले गाँजेको छ । त्यसैले मानिस स्वस्थ रहन प्रकृतितिर नफर्की हुँदैन । प्रकृतिको न्यानो काखले मानिसको सुख र स्वास्थ्य पर्खिरहेको छ । त्यसैले यदि तपाईं अपच, ग्यास्टिक, अल्सर, मोटोपन, मधुमेह, थाइरोडिज्म, बाथ, दम, मुटुको रोग, रक्तचाप, फ्याटि लिभर, मृर्गौलाको रोग, पाइल्स, कमर दर्द, शिर दर्द, अनुहारको दागधब्बा, कालोपोतो, डण्डीफोर, पाठेघरको समस्या, यौन समस्या, थकान, चिन्ता तथा डिप्रेसन आदि कुनै पनि दीर्घरोगहरुबाट पीडित हुनु भएको छ भने आजैबाट प्राकृतिक आहारबिहार शुरु गनुहोस्, तीन महिनामा नै यस्ता रोगहरुबाट मुक्त हुन सक्नु हुनेछ । हजारौं मानिसहरुले यसरी नै आफ्नो आहारबिहारमा परिवर्तन गरेर यस्ता रोगहरुबाट मुक्त भएको उदाहरणहरु छन् । 

प्राकृतिक आहारको सेवन शुभारम्भ गर्नु पहिला शरीर भित्र वर्षौ वर्षदेखि थुप्रिएका अप्राकृतिक खाद्यपदार्थका टक्सिनहरु सफा गर्न आवश्यक हुन्छ । जस्तो कि झुक्किएर पेट्रोलका गाडीमा डिजल हालियो भने पहिला गाडीबाट डिजल निकाल्नु पर्छ । अनि पेट्रोल हाल्नु पर्छ । त्यसरी नै उपवास, मालिस, कुजल तथा एनिमाद्धारा शरीर सफा गरेपछि निम्न चार गुणहरु भएका प्राकृतिक आहार शुरु गर्नुपर्छ । ती हुन्ः अमृत खाद्यपदार्थ (लिभिंग फुड) । सम्पूर्ण खाद्यपदार्थ (होलसम फुड) । वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) । रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) ।

अमृत खाद्यपदार्थः

कुनै पौष्टिक तत्वहरु नभएका मृत औद्योगिक खाद्यपदार्थहरु मानिसको स्वाभाविक आहार होइनन्, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिंग फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् । जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् । बिस्कुट, चाउचाउ तथा कुरकुरे जस्ता मृत औद्योगिक खाद्यपदार्थहरुले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउ“छन् भने गेडागूडी, फलपूmल तथा सागपात जस्ता प्राण भएका अमृत पदार्थहरुले शरीरलाई उर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगहरुलाई खेद्छन् । त्यसैले रोगबाट मुक्त हुन र स्वास्थ्य रहन बिस्कुट तथा चाउचाउको ठाउँमा अंकुरित अनाज, ताजा नरिवल  वा फलपूmलहरु, कोल्डडिं«ग्सको ठाउँमा नरिवलको पानी वा कागती पानी, दालमोठ आदिको ठाउँमा फलफूल  र सागपातको सलाद जस्ता अमृत खाद्यपदार्थ (लिभिंग फुड) खानुपर्छ ।

सम्पूर्ण खाद्यपदार्थः   

स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन अमृत खाद्यपदार्थलाई सम्पूर्णरुपमा (होलसम फुड) खानुपर्छ । प्रकृतिले कहिल्यै गल्ति गर्दैन । तर मानिसले प्राकृति खाद्यपदार्थलाई विकृत बनाएर गल्तिगरेका छन् । प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । तर मानिसले चिनी बनाएका छन् । त्यसैले स्वस्थ रहन राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलुचिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुपर्छ ।

वनस्पतिजन्य खाद्यपदार्थः

माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुँदाहुँदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहारको सेवनले हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, कलेजो, पेट तथा आन्द्राको क्यान्सर बढेको, मानिसमा क्रोधी, स्वार्थी एवं हिंस्रक, अस्तव्यस्त र तनावपूर्ण लक्षण बढ्दै गएको अनेक अध्ययनले देखाएको छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थहरु पनि मानिसलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नुपर्छ ।

रसद्धार खाद्यपदार्थ:



यस धरतीमा पानीको मात्राको हिसाबमा दुई थरिका फुड्स छन्, रसद्धार फुड्स र कम रस भएका फुड्स । तरभुजा, खरभुजा, मेवा, कागती, सुन्तला, अंगुर आदि फलपूmलहरु तथा टमाटर, सागपात, काँक्रो, लौका, फर्सी आदि भेजिटेबल्स रसद्धार फुड्स हुन भने चामल, गहँु, मकै, गेडागूडी तथा  नट्स रस कम भएका फुडस हुन् । अहिलेका मानिसहरुले रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) निकै कम र रस कम भएका पदार्थ बढी खाने गर्छन् । शरीर र स्वास्थ्यका हिसाबमा भोजनको यो अनुपात ठीक होइन । त्यो किनभने मानिसको शरीरमा ७० प्रतिशत पानी छ । बाँकी ३० प्रतिशत हाडमासु आदि छ । त्यसैले मानिसले सेवन गर्ने ७० प्रतिशत फुड्स रसद्धार हुनु पर्छ भने ३० प्रतिशत कम रस भएका अन्न हुनुपर्छ ।

अन्तमाः



हो, रोगमा क्षणिक राहत पाउन र दुखाई कम गर्न औषधि सहायक हुन सक्दछ, तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त हुदैन । मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहारबिहार ठीक हुन जरुरी छ । त्यसैले प्रकृतितिर फर्कौ । प्राकृतिक जीवनशैली अपनाऔं, रोगहरुबाट मुक्त होऔं, सुखी, स्वस्थ र दीघार्यु जीवन बाँचौ । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)




Monday, April 6, 2020

हेल्थ फर्स्ट 

पेट साफ त सब ठीकठाक
                                                                 ओम बानियाँ

शिक्षकले एक मेधावी विद्यार्थीलाई सोधे, कोर्टेक्स ! भन त आनन्द कहाँ छ ? कोर्टेक्स उठेर मुसँमुसँ हाँस्दै भन्यो, सर ! हामी बालबालिकाको आनन्द खेलकूदमा छ । अनि हजुर जस्ता पाका मानिसको आनन्द ट्वाइलेटमा छ । कोर्टेक्सको जवाफ सुनेर कक्षा कोठामा हाँसोको फोहोरा फुट्यो । शिक्षक पहिला त झनक्क रिसाए । अनि सोचमग्न भए । मनमनै भने, कोर्टेक्सले बिलकुल ठीक भनेको छ । बिहान ट्वाइलेटमा मजासँग पेट साफ भयो भने त्यसको आनन्द पेट साफ हुनेलाई थाहा हुन्छ । पेट साफ त सबकुछ ठीकठाक ।


स्वास्थ्य र पेटः



पेट शरीरको त्यो भाग हो, जहाँ हामीले खाएका खानेकुरा भण्डारण हुन्छ । जब पेट खराब छ भने, खाएको खानेकुरा पचाउन सकिंदैन । खानेकुरा राम्ररी पचेन भने शरीरलाई आवश्यक पोषक तत्वहरुको अभाव हुन्छ । कमजोर पाचनतन्त्रको कारण खानेकुरा पचाउनमा मात्र समस्या हुने होइन, शरीरको प्रतिरोधी प्रणाली पनि गडबड हुन्छ । यसले गर्दा शरीरमा विषाक्त पदार्थ बढ्छ र शरीर अस्वस्थ हुनपुग्छ । अनि पेट गडबड हुने, उकउक हुने, दुख्ने, कब्जियत हुने, दिसामा खलास नहुने, पखला लाग्ने जस्ता अनेक किसिमको समस्याहरु देखापर्छन् । जबकी पेट सफा र स्वस्थ छ भने शरीर मात्र होइन कि मन समेत निरोगी हुन्छ । शरीरमा चुस्तीस्फूर्ति आउँछ । 

राती मस्तसँग गाढा निद्रा लाग्नु, बिहान उठेपछि आरामसँग एकै पटकमा पेट सफा हुनु र दिनभरि चुस्तीपूmर्ती रहनु नै स्वस्थ मन र स्वस्थ शरीरको संकेत हो । त्यसैले पेटको समस्यालाई नजरअन्दाज गर्नु हुँदैन । तर हिजोआज अधिकांश नेपालीहरु पेटका रोगहरुबाट पीडित छन् । ग्यास्ट्राइटिस, एसिडिटी र पेट दुख्ने समस्या अहिले सामान्य बनेको छ । पेटका यस्ता समस्याहरु लामो समयसम्म चलिरहेमा गम्भिर रोगका लक्षण हुन सक्ने कुरामा पनि ध्यान दिन जरुरी छ ।  लामो समयसम्म पेट खराब भइरहेमा पेप्टिक अल्सर हुनसक्छ । यस समस्यालाई ध्यान नदिएमा पेटमा ब्लिडिङग इन्फेक्सन (रगत बग्ने) र क्यान्सरको आशंका बढ्छ । पेट खराब हुँदा पेटको तल्लो भाग दुख्न थाल्छ । यस्तो अवस्थामा रोग्र प्रतिरोध क्षमता कमजोर हुन्छ, जसमा बाउल(आन्द्रा)को रोगको खतरा बढेर जान्छ । लामो समयसम्म पेट बिग्रिरहने भएमा हेमोरोइड्स अर्थात मलद्धारका रक्तनलीहरु सुन्निने समस्याहरु जस्तै पाइल्स, फिसर तथा फिस्टुला हुन सक्छ ।  पाचन प्रक्रिया गडबढ भएपछि पखाला चल्ने समस्या उत्पन्न हुन्छ । लामो समयसम्म पेटमा खराबी उत्पन्न भएमा पाचन प्रक्रियामा समस्या उत्पन्न हुन्छ । यस्तो अवस्थमा कब्जियत हुनसक्छ । पेटमा खराबी भएका कारण पेटको तल्लो भागमा दुखाई र ज्वरो आउने हुन्छ । उमेर बढ्दै जाँदा यसको खतरा पनि बढ्दै जान्छ । पेट खराब भएपछि आवश्यकभन्दा बढी एसिड बन्न थाल्छ । लामो समयसम्म एसिड (अम्ल) रहिरहेमा ग्यास्ट्रिक रिफ्लक्सको समस्या हुन थाल्छ ।

सेकेण्ड ब्रेन:



धेरैलाई अचम्म लाग्न सक्ने कुरा के भने मानव शरीरमा अर्को पनि बे्रन छ, पेटमा । जसलाई सेकेण्ड बे्रन भन्ने गरिन्छ । लगभग १० करोड स्नायुकोषहरुले बनेको यो सानो सेकेण्ड बे्रन (इन्टेरिक नर्भस सिस्टम, छोटकरीमा ईएनएस) निकै स्मार्ट र इन्टेलिजेन्ट छ ।  यो बे्रन पाचनप्रणालीको नियमन तथा नियन्त्रण गर्न उत्तरदायी हुन्छ ।  यही सेकेण्ड बे्रनले नै भोक तथा तिर्खा लागेको तथा अगाएको सूचना बिग बे्रनकहाँ पठाउने गर्छ ।  वास्तवमा सेकेण्ड बे्रन र बिग ब्रेनले दोहोरो ट्राफिकका रुपमा कार्य गर्छन् । त्यसैले पेटमा कुनै समस्या पैदा भएको खण्डमा मस्तिष्क अनि पूरा शरीर नै प्रभावित हुन्छ । 

सेकेण्ड ब्रेनले ३० भन्दा बढी स्नायु रसायनहरु प्रयोग गर्छ । ९५ प्रतिशत सेरोटोनिन त सेकेण्ड बे्रनमा नै हुने गर्छ । स्नायुकोषका साथै सेकेण्ड बे्रनमा १०० अरब भन्दा बढी ब्याक्टेरियाहरुले घर बनाएर बसेका हुन्छन् । जसले मानिस जन्मेदेखि नै हरेक क्षण मानिसको व्यबहारमा प्रभाव पार्छन् ।  पाचनप्रणाली केवल शरीरिक स्वास्थ्यका लागि महत्वपूर्ण नभएर मानसिक स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण  हुन्छ । त्यसैले पेट ठीक छ भने मूड पनि ठीक हुन्छ । वास्तवमा मानसिक स्वास्थ्यमा पेटले महत्वपूर्ण भमिका निभाउँछ ।  यसबाट के प्रष्ट छ हुन्छ कि मानसिक रोग केवल मनमस्तिष्कसँग मात्र सम्बन्धित हुदैन, पेटसँग पनि सम्बन्धित हुन्छ । त्यसैगरी मनमस्तिष्कमा पैदा हुने बिचार तथा भावनाले पेटमा प्रभाव गर्छ । अधिकांश पेटका रोगहरु जस्तैः अपच, अम्लपित्त तथा ग्यास्ट्राइटिस आदि तनाब, चिन्ता तथा डिप्रेसन आदिका कारण पैदा हुन्छ । बढी मानसिक चिंता, तनाव, उद्धेग, तथा शोक आदि जस्ता मानसिक विकारहरुले एसिडिटी जस्ता पेटका रोगहरु बढाउन सहयोग गर्छ । ईष्या, देष, क्रोध, तनाव, व्यग्रता, अनावश्यक र अति चिन्ता, यस्ता मनोविकारहरु हुन्, जसले पाचनप्र्रणालीलाई प्रभावित पारेर आमाशय स्थित ग्यास्ट्रिक ग्लैन्डलाई बढी उत्तेजित बनाइ बढी एसिड पैदा गर्न सहयोग गर्छ । अर्को कुरा मानसिक कारणले नभइ गलत आहारबिहारका कारण पेटको समस्या देखा परेको छ भने पनि त्यसले मानसिक समस्याहरु जस्तै बैचनी, चिन्ता तथा चिडचिडापन पैदा गर्न सक्दछ । 

पेट स्वस्थ राख्ने उपायः

मानिसको स्वास्थ्यमा पेट अर्थात पाचन प्रणालीको महत्वपूर्ण भूमिका रहन्छ । पाचन प्रणाली स्वस्थ भएको खण्डमा पुरा शरीर नै स्वस्थ रहन्छ । पेटलाई स्वस्थ र मजबुत बनाउन उचित आहारबिहारको आवश्यक पर्छ । खाली पेट चियाकफी पिउनाले धेरै मानिसहरुलाई पेटको समस्या देखा पर्छ । त्यसैले बिहान उठ्ने बित्तिकै खाली पेट चिया होइन कि एक दुई गिलास पानी पिउनुपर्छ । पानी एसिडलाई साम्य पार्ने एक महत्वपूर्ण पदार्थ हो । त्यसैले दिनभरिमा २ लिटर पानी पिउने बानी बसाल्नुपर्छ ।  नरिवल पानी तथा एलोबेरा (घृतकुमारी)को जुस पनि एसिडिटी जस्ता पेटका लागि निकै उत्तम मानिन्छ । पेटको समस्याबाट छुटकारा पाउन चियाकफी छोडनुपर्छ । जानकारीका लागि यहाँ स्वास्थ्यका लागि सेवन गर्न नहुने (अपथ्य) र सेवन गर्न हुने (पथ्य) पदार्थहरु उल्लेख गरिएको छ । 
पेट र योग
पेटलाई स्वस्थ राख्न प्राकृतिक चिकित्सा तथा योग आसनहरुको महत्वपूर्ण भूमिका रहन्छ । प्राकृतिक चिकित्सामा पेटका लागि कुन्जर क्रिया अति नै महत्वपूर्ण मानिन्छ । कुन्जरक्रियाले आमाशयमा जम्मा भएको अम्ल, पित्त तथा विषाक्त पदार्थहरु बाहिर फयाँक्न सहयोग गर्छ । यसैगरी कपालभाँती प्राणायाम तथा बज्रासन, पवनमुक्तासन तथा भुजांगासन जस्ता आसनहरु पेटको स्वास्थ्यमा निकै लाभकारी मानिन्छन् । त्यसैले कुन्जरक्रियाद्धारा पेट सफा गर्ने, योगासनहरु गर्ने तथा उचित आहारबिहार पालना गर्ने हो भने पेट तथा पचानप्रणाली स्वस्थ रहन्छ, जसले गर्दा प्रचानप्रणालीका समस्याहरुबाट मात्र होइन मानसिक समस्याहरुबाट समेत मुक्ति मिल्न सक्दछ ।


अपथ्य (सेवन अयोग्य):

वेसन तथ मैदाका परिकार, कचौडीपकौडी, जेरीपुरी, हलुवा, समसा, पिज्जा, बर्गर, डोसा, इडली, चियाकफी, कोल्डड्रिंक्स, मासको दाल, चना, अरहरको दाल, गर्म मसला, बैगुन, आलुगोपी, अमिलोपिरो, अचार, बढी चिल्लो, पिरो र मसालेदार परिकार, दही, धूमपान, मद्यपान, निकै तातो र बासी पदार्थ, बढी खाना । बेठीक समयको खाना । हतार हतारमा राम्रोसँग नचबाइकन खाना खाने, खानासँग पानी खाने बानी । जंकपूmड । फास्टपूmड । मानसिक तनाव, क्रोध तथा शोक । आलस्य । अनावश्यक कामको बोझ । समाजिक निस्क्रियता ।

पथ्य (सेवन योग्य पदार्थ):

चोक्करयुक्त आटाको रोटी, रेसादार, पत्तावाला तथा हरियो सागसब्जी, लौका, परवल, फर्सी, काँक्रो, चौलाइ, पालुंगो, अकुंरति अन्न , दलिया, खिचडी, अनार, किसमिस, मुनक्का, मँुगको दाल, गुलियो तथा चिसो पदार्थ, पेठा, अमला तथा स्याउको मुरब्बा । शुद्ध र ताजा भोजन । ठीक समयको खाना । आरामले खानालाई राम्रोसँग चबाएर खाने बानी । विश्राम । सकारात्मक सोच । प्रेमपूर्ण जीवन । बिहानको हिँडाइ । योग, ध्यान तथा व्यायाम । खेलकूद । समाजिक सक्रियता ।

पेटको मनोविज्ञानः

मानिसमा लाग्ने रोगहरु साधारणतया दुई किसिमका छन्,  एक शारीरिक रोग र अर्को मानसिक रोग । तर रोग लागेका अधिकांश मानिसहरु जतिसुकै राम्रा औषधि सेवन गर्दा पनि रोगबाट पूर्णरुपमा छुटकारा प्राप्त गर्न सकिरहेका हँदैन । औषधि सेवन गर्दासम्म उनीहरुलाई लाभ हुन्छ, अनि फेरि जस्ताको तस्तै । यसको मूल कारण रोगको मनोवैज्ञानिक पक्षलाई नजरअन्दाज गर्नु हो । पेटका रोग बढाउनमा मनोवैज्ञानिक कारणको निकै ठूलो भूमिका रहन्छ । त्यो किनभने पेटको समस्या केवल पेटसँग मात्र सम्बन्धित नभएर मनमस्तिष्कसँग पनि सम्बन्धित हन्छ । जस्तो कि एसिडिटी मानसिक चिन्ता र तनावले पनि पैदा हुन्छ । ठीक समयमा खाना नखाने तथा उचित भोजन तथा शारीरिक व्यायाम आदि नर्गनाले पनि उत्पन्न हुन्छ । यहाँ हेक्का राख्नु पर्ने कुरा के हो भने ठीक समयमा पथ्य भोजन नगर्ने, व्यायाम आदि गर्न आलस्य गर्ने कुरा सिधै मनमस्तिष्कसँग सम्बन्धित हुन्छ । त्यसैले मनोवैज्ञानिक पक्षलाई सम्बोधन नगरिकन पेटका रोगहरुबाट छुटकारा प्राप्त गर्न सकिँदैन । त्यसै गरी कतिपय मानसिहरु औषधि खाँदा खाँदा पनि मानसिक रोगहरुबाट ठीक भएका हुदैनन्, यसको कारण पेट हुन सक्दछ । त्यसैले चिकित्सकले रोगको उचार गर्दा मन र शरीरलाई ध्यान दिनुपर्छ । बिग बे्रन र सेकेण्ड बे्रन दुबैलाई ख्याल गर्नु पर्छ । वास्तवमा उपचार होलिस्टिक हुनुपर्छ ।

पुछारमाः 

अतः पेट तथा पाचन प्रणाली स्वस्थ भए खाएपिएको पदार्थ राम्रोसँग पच्छ, शरीरमा लाग्छ, मानिस शारीरिक रुपमा मात्र होइन सम्पूर्ण रुपमा स्वस्थ हुन्छ । त्यसैले पेटको महत्वलाई बुझौं र स्वस्थ जीवन बाँचौं । (लेखक मनोविद् तथा पोशंविद हुन् ।)



Sunday, April 5, 2020

हेल्थ फर्स्ट
ब्रोइलर, ब्रेन र बडी

ओम बानियाँ

माछामासु पौष्टिक दृष्टिकोणले पोषिलो आहार हो । प्रोटिनको अथाह भण्डार हो । तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ । माछामासुकै कारण सर्यौ प्रकारका रोगहरुको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ । त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक छ ।

माछामासुको अनेक स्रोतहरु छन् । साधारणतया संसारभर उपयोग गरिने मासुमा खसी–बोका, राँगा–भैसीं, बँदेल, गाई–गोरु, भेडा–च्यांग्रा, माछा, कुखृुरा, परेवा, हाँस तथा अन्य चराचुरंगीहरु मासुका प्रमुख स्रोतहरु हुन् । स्वास्थ्यका दृेष्टिले चार खुट्टे जनावरको रातो मासुको तुलनामा कुखुरा परेवा आदि जस्ता चराचुरंगीहरुको सेतो मासु स्वस्थकर मानिन्छ । कुखुराको मासुमा प्रोटिन, क्यालशियम, एमिनो एसिड्स, भिटामिन बी ३, भिटामिन बी ६ तथा म्याग्निसियम आदि जस्ता पौष्टिक तत्वहरु पाइन्छन् । त्यसैले पनि संसारभर कुखुरा आदि चराचुरंगीहरुको मासु सेवन गर्नेको संख्या निकै धेरै छ । तर मासुको लागि उत्पादन गरिने ब्रोइलर कुखुराको मासु कति स्वास्थ्यवद्र्धक छ भन्ने कुरामा गम्भिर प्रश्न खडा भएको छ ।

के हो ब्रोइलर कुखुराः

ब्रोइलर सेतो पखेटा तथा हल्का पहेंलो छाला भएको कुखुरा जस्तो देखिने विकासे पंक्षी हो । विशेष गरेर मासुको लागि उत्पादन गरिने यस पंक्षी निकै छिटो बढ्छ । ४५ दिन भित्रै यसको वजन २ केजी भन्दा बढी हुने गर्दछ । स्थानीय (लोकल) कुखुरा भन्दा यो निकै सस्तो  र सर्वसुलभ हुने गर्छ । त्यसैले संसारभर यसको उपयोग गर्नेको संख्या निकै धेरै छ । एक तथ्यांकका अनुसार कुल उपयोग गरिने चिकनको मासुमा ८० देखि ९० प्रतिशत ब्रोइलरको मासुमा रहेको छ ।  

ब्रोइलर र हेल्थः

साधारणतया ब्रोइलरको मासुलाई स्वस्थकर मानिन्छ । त्यसैले पनि हरेक देशहरुमा ब्रोइलर पालन तथा यसको मासु उपयोग हुने गरेको छ । तर ब्रोइलर पैदा गर्ने र पाल्ने तरिका तथा यसले खाने दानापानी आदिलाई हेर्ने हो भने ब्रोइलरको मासु स्वास्थ्यका लागि निकै हानिकारक देखिन्छ । यस कुरालाई अनेक अध्ययनहरुले पनि पुष्टि गरेको छ । कतिपय पोषणविद्ले त ब्रोइलरको मासुलाई विषको डल्लो पनि भन्ने गर्छन् । 

ब्रोइलर पालन अधिक तापक्रम भएको सानो खोर भित्र हुने गर्छ । जहाँ सर्यौ ब्रोइलरहरु कोचाकोच लत्रिदै बाँचेका हुन्छन् । यिनलाई कृत्रिम केमिकल्सयुक्त दानापानी दिइन्छ । रोगबाट बचाउन र छिटो हुर्काउन व्यापकरुपमा एन्टीबायोटिक्स तथा हार्मोन्स दिइन्छ । यसरी ब्रोइलरलाई दिइएको एन्टीबायोटिक्सको अवशेष ब्रोइलरको मासु रहने कुरा अनेक अध्ययनले पुष्टि गरेको छ । एन्टीबायोटिक्सयुक्त यस्तो मासु सेवन गर्दा बे्रेन–बोडीलाई नै असर गर्ने कतिपय वैज्ञानिकहरुको दावी छ । हालै गरिएको एक अध्ययनका अनुसार हप्तामा तीन पटक ब्रोइलरको मासु खानु भनेको तीनवटा एन्टिबायोटिक इन्जेक्सन लगाउनु जस्तै हो। 

पोलेको तथा तारेको वा भुटेको ब्रोइलरको मासु चुरोट भन्दा पनि हानीकारक मानिन्छ । एक रोस्टेट ब्रोइलरको मासु ६० चुरोट बराबर विषालु हुन्छ । नियमति ब्रोइलरको मासु सेवन गर्ने हो भने पेटको क्यान्सर, कोलेन क्यान्सर, प्रोस्टेट क्यान्सर तथा पाठेघर क्यान्सरको खतरा बढ्छ ।

ब्रोइलरको मासुले पूmड पोइजनिंग हुन सक्दछ । एक अध्ययनका अनुसार ब्रोइलरको मासुमा ६७ प्रतिशतसम्म ई.कोली ब्याक्टेरिया पाइएको छ । नियमित रुपमा यस्तो मासु सेवन गर्नाले पुरुषमा नपुंसकता, स्पर्मको अभाव वा कमी, महिलामा पाठेघरको समस्या तथा बालकालिकामा छिटै यौवनका लक्षणहरु देखिने गर्छन् । ब्रोइलरको मासुमा अधिक मात्रामा अस्वस्थरक बोसो हुन्छ, जसको नियमति सेवनले छिट्टै मोटोपना बढाउँछ । मानिसलाई ब्रोइलर जस्तो बनाउँछ । मोटोपनाले मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, थाइरोडिज्म, कलेजोको समस्या तथा जोर्नीका रोगहरु निम्ताउँछ । कलिला बालबालिकाका लागि त ब्रोइलरको मासु झनै हानीकारक छ ।

ब्रोइलरको बिकल्पः

हुनत माछामासु मानिसको प्राकृतिक तथा स्वभाविक आहार होइन । त्यसैले बे्रन–बडीलाई स्वस्थ र मजबुत राख्न मासु सेवन नगरेको नै उत्तम हो । माछामासुमा पाइने प्रोटिन तथा भिटामिनहरु अन्न, गेडागडी, सागपात र फलपूmलहरुमा प्रशस्त पाइन्छ । त्यसैले स्वास्थ्यका दृष्टिले माछामासु खान आवश्यक छैन । तर मांसाहारीले मासु खानु परेमा ब्रोइलरको मासु होइन, स्थानीय कुखुरा मासु खानु राम्रो हुन्छ । ब्रोइलरको तुलनामा प्राकृतिक रुपमा हुर्किएका कुखुरा मासु निकै स्वास्थ्यकर र पौष्टिक मानिन्छ । 

सर्वश्रेष्ठ माछाः

पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले हाँस, कुखुरा तथा खसीबोकाको मासु भन्दा माछा बढी स्वस्थकर तथा पोषिलो हुन्छ । यसमा चिल्लो तथा फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्वहरु प्रशस्त पाइन्छ । खासगरी यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरु पनि हुन्छन् । यस बाहेक माछामा शरीरलाई अति आवश्यक तत्व ओमेगा थ्री फ्याट्टि एसिड पनि प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कम गरी मुटु स्वस्थ राख्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुकालागि उपयुक्त हुन्छ, त्यो आहार ब्रेनका लागि पनि उपयुक्त हुन्छ । यही कारणले माछालाई बे्रन फुड्स तथा सुपर फुड्स पनि भन्ने गरिन्छ । त्यसैले सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना, सालमन तथा संग्लो खोलाको माछा समावेश गर्दा राम्रो हुन्छ । मासुको तुलनामा माछा श्रेष्ठ भएता पनि यदि माछा काट्दा, पखाल्दा र पकाउँदा सावधानी अपनाइएन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । माछा पनि बढी सेवन गर्नु हुँदैन । एक पटकमा सय ग्राम माछा खानु उचित हुन्छ।

पुछारमाः

अतः ब्रोइलर कुखुराको मासुमा मासुको स्वाद वाहेक अन्य कुनै फाइदा छैन, वेफाइदा नै वेफाइदा छ । हानी नै हानी छ । त्यसैले आफु र आफ्नो परिवारको ब्रेन र बडीलाई स्वस्थ र निरोगी राख्न ब्रोइलरको मासु सेवनबाट बचाऔं र आजै उपभोक्ता तथा व्यवसायीले ब्रोइलरको विकल्प रोजौं । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)



Saturday, April 4, 2020

हेल्थ फर्स्ट /झुटा रोगहरुको ’आतंक’

   झुटा रोगहरुको ' आतंक '
 ओम बानियाँ
विश्वमा दिनहँु रोग र रोगीहरु रकेट गतिमा बढीरहेका छन् । पछिल्लो अध्ययनका अनुसार विश्वका ९५ प्रतिशत मानिसहरुलाई कुनै न कुनै स्वास्थ्य समस्या छ । अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिस मध्य १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन । रोगीको लेबल पाएका ती १९ जना मानिसहरुले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रुपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन् । त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात ७,३०१ खरब पुग्नु कुनै अनौठो कुरा भएन । 

विश्वव्यापीरुपमा यसरी रोग र रोगीहरु बढ्नुको प्रमुख कारण भागदौड र भीडभाडको जीवन, अप्राकृतिक आहारबिहार र प्रदुषित वातावरण त हो नै । यसको अतिरिक्त यसरी रोगहरु बढाउनुको अर्को कारण पनि छ, त्यो हो मेडिकल माफियाको नियन्त्रणमा रहेको मेडिसिन बजार । 


शुरु बालबालिकाहरुको रोगबाट गरौं । चकचकेपना कलिला बालबालिकाको प्राकृतिक स्वभाव हो । तर कतिपय बालबालिका बढी नै चकचके, एक छिन पनि एक ठाउँमा बस्न नसक्ने खालका हुन्छन् । बढी चकचके बालबालिकालाई हाम्रो गाउँघरतिर ’बाख्राको पुच्छर खाएको बालक’ भन्छौं । तर यस्ता बालकलाई मनोचिकित्सकहरुले चाहीं ’एडीएचडी बालक’ भन्छन् र कोकिन जस्तै स्टिम्युलेन्ट ड्रग्स रिटालिन (मिथाइलफेनाडेट) दिन्छन् । ताजा तथ्यांक हेर्ने हो भने अहिले संयुक्त राज्य अमेरिकामा १० मध्य १ बालबालिका एडीएचडीको आतंकमा परेका छन् र ती कलिला बालबालिकाहरुलाई अहिले पनि मनोचिकित्सकहरुले रिटालिन औषधि सेवन गराइरहेका छन् । 

तर, एडीएचडीका पिता मानिने प्रसिद्ध मनोचिकित्सक डा. लियोन ईसेनबर्ग स्वयंले नै सन् २००९ मा, मर्नु भन्दा केही दिन अगाडि, कनफेसन गर्दै भनेका थिए, ’अहिले विश्वका लाखौं बालबालिकाहरुले एडीएचडीका लागि दिइने रिटालिन खाइरहेका छन् । हजारौं बालबालिका रिटालिनका कारण मरेका पनि छन् । त्यसैले जीवनको अन्तिम सासमा मैले यो कुरा स्पष्ट पार्न चाहन्छु, एडीएचडी कुनै मानसिक रोग होइन, यो पुर्णतया काल्पनिक रोग हो । यो रोग मैले पैदा गरेको कल्पनिक रोग हो । रिटालिन बनाउने फार्मासँग रिटालिन नामक औषधि थियो, तर उक्त औषधि कुन रोगका लागि कसलाई दिने भन्ने कुनै आधार थिएन । कम्पनीले मलाई महंगो गाडी दियो, बंगला दियो, पैसा दियो अनि म अमेरिकी साइकेट्रीक डाइग्नोसिस कमिटिको अध्यक्ष हँुदा मैले एडीएचडी नामक मानसिक रोग सृजना गरी उक्त औषधि सिफारिस गरेको हँु । म ठुलो अपराधी हुँ ।’

एडीएचडीको मात्र कुरा होइन, मेडिकल माफियाहरुले यसरी नै वैज्ञानिकदेखि चिकित्सकहरुलाई तथा सरकारी अधिकारीदेखि राजीतिज्ञहरुलाई समेत आर्थिक प्रभोलनमा पारेर अनेक रोगहरु पैदा गरेका छन् । ती झुटा नक्कली रोगहरुबाट मानिसहरु यति आतंकित र भयभित छन् कि रोगबाट मुक्ति पाउने आशामा औषधि सेवन गर्दागर्दै घरखेत त भएकै छ, त्यहीमाथि नयाँ नयाँ स्वास्थ्य समस्याहरु पनि पैदा भएका छन् । एचवान एनवान, निफाह, जिका तथा चिकुनगुन्या आदि जस्ता भाइरसहरुको आतंकको पछाडि पनि यिनै मेडिकल माफियाहरुको हात रहेको विशेषज्ञहरु बताउँछन् । यी भाइरसहरु कहाँबाट आउँछन् ? केही समय आतंक मच्चाइ कहाँ जान्छन् ? फेरि अर्को नामबाट किन आउँछन् ? वास्तवमा यो जनमानसमा आतंक मच्चाएर लुटने षडयन्त्र भएको बुझ्न गाह्रो छैन ।

उहिले नै भारतीय दार्शनिक ओशोले एचआईभी एड्सलाई अमेरिकी प्रयोगशालामा जन्माइएको रोग भनेका थिए । विश्वका कतिपय ईमान्दार स्वास्थ्य विशेषज्ञ तथा अधिकारवादीहरुले पनि यस कुरा जोडतोडका साथ उठाएका थिए । केही वर्ष पहिला एचआईभी भाइरस पत्ता लगाउने मध्यका एक बायोवैज्ञानिक डा. रर्बट ग्यालोले नै जनसंख्या नियन्त्रणका लागि एचआईभी पैदा गरेको भनाई कतिपय पत्रपत्रिकाहरुमा आएको थियो । तर उनले त्यो समाचारको खण्डन गरेता पनि एचआईभी भाइरस पत्ता लगाउने अर्को वैज्ञानिक तथा नोबल पुरस्कार बिजयता डा. ल्युक मैन्टगेनियरले एचआईभी भाइरस मानिसको शरीरमा नपाइएको र एचआईभी भाइरस एड्सको एक मात्र कारण नभएको बताएको छन् । त्यसो त एचआईभी भारइसका कारण एड्स हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण पनि छैन । एचआईभी भारइसका कारण एड्स हुन्छ भन्ने सिद्धान्त वैज्ञानिक इतिहासको एक महाभुल हो र यही महाभुलका कारण एचआईभी एड्स अहिले अरबौं डलरको उद्योग बन्न पुगेको हो भन्ने वैज्ञानिकहरु पनि धेरै छन् ।

हरेक क्षेत्रमा राम्रा मानिसहरु पनि हुन्छन्, खराब मानिसहरु पनि हुन्छन् । विश्वमा आफ्नो सुख र सुविधालाई भन्दा नागरिकको स्वास्थ्य समस्यालाई केन्द्रमा राख्ने डा. गोविन्द केसी जस्ता चिकित्सकहरु पनि छन् । एक दशक अगाडि रोयल कलेज अफ जनरल प्राक्टिसनर्स युकेका चिकित्सकहरुको एक समूहले ठुला फार्मा कम्पनीहरुले औषधि विक्री गर्न र विक्री बढाउन रोगहरु पैदा गर्ने र रोगहरुलाई बढाइचढाइ भयंकर बनाउने गरेको आरोप लगाएका थिए । यो खबर प्रकाशित भएपछि युके स्थित एक फार्मा उद्योगका प्रवक्ताले कडा शब्दमा यसो भनेका थिए, रोयल कलेज अफ जनरल प्राक्टिसनर्स तर्कशील विमारी (आर्गुमेनटेटिभ डिजिज) बाट पीडित छन् र हामीसँग यस रोगको पनि औषधि छ । 

प्रवक्ताको यस भनाइबाट नै फार्मा कम्पनीहरुको मनोविज्ञान सजिलै बुझ्न सकिन्छ । यसरी फार्मा कम्पनीहरूले सामान्य कारणहरुलाई पनि बीमारीको रूपमा परिभाषित गर्छन् र यसलाई रोगको नाम दिन्छन्, अनि मानिसले यस तथाकथित रोगबाट मुक्त हुन औषधि खान थाल्छन् । रेस्टलेस लेग्स सिन्ड्रोम, फिब्रोम्याल्जिया, अस्टोपेनिया तथा सिफ्ट वर्क डिसअर्डर आदि जस्ता रोगहरु ठुला फार्मा कम्पनीहरुले औषधि बिक्री गर्न पैदा गरेका रोगहरुका केही उदाहरण हुन् ।

आज विश्वभर मेडिकल माफियाको जालो यसरी फैलिएको छ कि औषधि उद्योगले विश्वका सबै मानिसलाई रोगीको रूपमा परिभाषित गर्न चाहन्छ र  स्वस्थ र रिस्टपुस्ट मानिसलाई समेत होलबोडी चेक अपसम्म पुराउँछ  र कुनै न कुनै रोगबाट पीडित देखाउँछ । यदि उसले आफु कुनै रोगबाट पीडित भएको अस्वीकार गर्छ भने, यस्ता मानिसहरुलाई उनीहरूले अस्वीकार विकार (डीडी) को लेबल लगाई मनोचिकित्सक पठाउन सक्छन् ।  मानसिक स्वास्थ्य क्षेत्रका केही प्रसिद्ध काल्पनिक रोगहरु जस्तै सामाजिक भय, भाषणको भयको लागि जस्तै मनोचिकित्सकसँग डीडीका लागि पनि पहिलादेखि नै थुप्रै औषधिहरू उपलब्ध छन् । 

यस संसार कुनै यस्तो व्यक्ति छ जसलाई पहिलो चोटि भाषण गर्न डर लाग्दैन ? के भाषण गर्न डराउने कुनै मानिस औषधि खाएर निर्धक्क भाषण गर्न सक्दछ ? वास्तवमा यो मस्तिष्क रसायनको विकार होइन । मानिसको प्राकृतिक भावनाहरुलाई मस्तिष्क रसायन असंतुलनको रुपमा पुनः परिभाषित गर्ने ठूला फार्माहरुको बदनियतपुर्ण चलखेल हो । यो खेल ठुला फार्मा कम्पनीद्वारा खेलिने धेरै खेलहरु मध्य एक हो । 

सामाजिक फोबिया तथा भाषाणको भय लगायतका थुप्रै तथाकतिथ मानसिक रोगहरुलाई या त पैदा गरिएको छ, या त नयाँ ब्राण्डका रुपमा पुनः स्वास्थ्य क्षेत्रमा भित्राइएको छ भने  उच्च रक्तचाप, अस्टियोपोरोसिस, मधुमेह, थाइरोडिज्म, उच्च कोलेस्टोल, चिन्ता तथा डिप्रेसन आदि जस्ता समस्याहरुमाथि चलखेल गरेर औषधि खान नपर्ने व्यक्तिलाई पनि औषधिको लती बनाउने कुकर्म भइरहेको छ ।  

हो, उहिलेदेखि नै जान्ने–बुझ्ने सचेत मानिसहरुले यस्ता झुटा रोगहरु र मेडिकल माफियाको षडयन्त्र विरुद्ध आवाज बुलन्द गरिरहेका छन् । आम नागरिकहरुलाई सजग र सचेत बनाइरहेका छन् । तर पनि आर्थिक र राजनीतिकरुपमा बलिया विश्वका मेडिकल माफियाहरु एकजुट भएर नयाँ–नयाँ रोगहरु जन्माउने र पुनः नयाँ नाम दिएर बजारमा भित्राउने क्रम चलिरहेको छ । जसका कारण मेडिसिनको बजार तीब्र गतिमा बिस्तार भैरहेको छ ।  स्थिति यहाँसम्म बिकराल भैसकेको छ कि यदि मानिसहरु सचेत र शिक्षित भएर स्वास्थ्य र आहारबिहारको सम्बन्ध सही तथ्य जानेर स्वस्थ र निरोग कसरी रहने कलाबाट दीर्घ रोगहरुबाट मुक्त हुन थाले भने, स्वास्थ्यलाई उद्योग बनाउनेहरुमाथि प्रश्न उठाई प्राकृति उपचारतिर लाग्न थाले भने मेडिकल माफियाहरुले एक अर्को नयाँ रोग जन्माउने छन् । त्यस रोगको नाम बे्रन एक्टिभेसन डिसअर्डर वा हाइपर कन्सेसनेस डिसअर्डर हुन सक्नेछ । र, स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध आवाज उठाउने यस्ता मानिसहरु यही रोगबाट पीडित भएको प्राणीत गर्न मेडिकल माफियाहरुले कुनै कसर बाँकी राख्ने छैनन् । 

देशविदेशका मेडिकल माफिया र उनीहरुको नियन्त्रणमा रहेका नेपाली शासकहरुले पनि जनताका डा. गोबिन्द केसीलाई शुरुदेखि यसरी नै मानसिक रोगी प्रमाणित गराउन खोजेको सर्वविदितै छ । यदि गोबिन्द केसीको पछाडि जनसागार हुँदैन्थ्यो भने उहिले नै उनलाई मानसिक अस्पतालका बन्दी बनाइसक्थे, मेडिकल माफियाहरुले ।  (लेखक साइकोथेरापिष्ट हुन् ।)


   




   

Friday, April 3, 2020

हेल्थ फर्स्ट /मान्छेको खान्की

मान्छेको खान्की
ओम बानियाँ
 गाईभैंसी तथा भेडाबाख्रा आदिले घाँसपात खान्छन्, अन्न खान्छन् । हात्तीघोडा जस्ता शक्तिशाली जनवारहरुले पनि घाँसपात तथा अन्न नै खान्छन् । तर कुकुर, बिरालो तथा बाघ आदिले मासु खान्छन् । यस पृथ्वीमा मांसहारी, शाकाहारी तथा सर्वाहारी (मासु तथा घाँसपात दुबै सेवन गर्ने )पशुपंक्षीहरु छन् । तर हरेक पशुपंक्षीहरुले अक्षरस प्राकृतिक नियमको पालना गर्छन्, जे खाना हुने हो, त्यही खान्छन्, केवल आफ्नो स्वाभाविक आहार सेवन गर्छन् र सधैं स्वस्थ रहन्छन्, कथम्कथाचिंत विरामी हुँदा प्राकृतिक घाँसपात नै खाएर आफ्नो उपचार आफैं गर्छन् । हरेक पशुपंक्षीहरु आफ्नो डाक्टर आफैं हुन्, उहिले पनि अहिले पनि ।


तर सृष्टिको सबै भन्दा बुद्धिमान ठानिएको प्राणी मानिस उहिलेदेखि नै एउटा बहसमा अल्झिएको छ, वास्तवमा मान्छेको प्राकृतिक तथा स्वाभाविक खान्की के हो ? मांसहार कि शाकाहार कि सर्वाहार कि भिगन ? सबैका आआफ्ना जोडदार तर्कहरु छन् । यी तर्कहरुमा आम मानिसहरु रनभुल्ल छन् । त्यो किनभने मांसहारीको तर्क सुन्दा मांसाहार ठीक जस्तो लाग्दछ, शाकाहारीको कुरा सुन्दा शाकाहार नै ठीक लाग्छ । अझ भिगनहरुको कुरा सुन्दा त भिगन नै सर्वश्रेष्ठ जस्तो लाग्दछ । तर, संसारमा मांसहारीको संख्या अत्याधिक छ । 

पछिल्लो तथ्यांकलाई हेर्ने हो भने संसारका ८५ प्रतिशत मानिस मांसहारी छन् । मांसहारीलाई सर्वाहारी भन्न ठीक हुन्छ किनकि मांसहार गर्ने मानिसहरुले सिर्फ पशुपंक्षीको मासु मात्र खाँदैनन्, अन्न तथा सागपात पनि सेवन गर्छन् । १२ प्रतिशत मानिस शाकाहारी छन् भने ३ प्रतिशत मानिस भिगन छन्, जसले माछामासु अण्डा मात्र होइन दुःध तथा दुःधजन्य पदार्थ तथा मह समेत सेवन गर्दैन, पूर्णतया वनस्पतिमा मात्र निर्भर रहन्छन् । 

हो, कानूनीरुपमा अहिले विश्व आफ्नो आहार छनौट गर्न स्वतन्त्र छ । मान्छे सर्वाहारी, शाकाहारी या भिगन जे पनि हुन सक्दछ । तर के छुट मानिसलाई प्रकृतिले दिएको छ ? पक्कै दिएको छैन ।

मासु बाघको लागि स्वभाविक आहार हो । तर, माछामासु मानिसको स्वभाविक आहार होइन । मानिसको शरीरको बनौट, दाँत, नंग्रा, छाला, आन्द्रा र पाचन क्रियाका कुनै पनि अंग मांसाहार पचाउन सक्ने प्रकृतिका नै छैनन् । बाघलेझैं सिर्फ मासु खाएर मानिस बाँच्न सक्दैन । यस कुरामा विश्वास लाग्दैन भने केही दिन मासु मात्र खाएर हर्नुहोस् । तस्बिर आफैं छर्लङ हुन्छ । मांसाहारका फाइदा भन्दा बेफाइदा धेरै हुँदाहँुदै पनि स्वादका कारण माछामासु त्याग्न सकेको छैन मानिसले । मांसाहारको सेवनले हृदयाघात, कोलेस्ट्रोल, उच्च रक्तचाप, कलेजो, पेट तथा आन्द्राको क्यान्सर बढेको, मानिसमा क्रोधी, स्वार्थी एवं हिंस्रक, अस्तव्यस्त र तनावपूर्ण लक्षण बढ्दै गएको अनेक अध्ययनले देखाएको छ । मासु मात्र होइन, दुःध र दुग्धजन्य पदार्थहरु पनि मानिसलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवलको दुःध सेवन गर्नुपर्छ ।
के दुःध हानीकारक छ ? 

मानिस बाहेक यस धर्तीका स्तनधारी पशुपंक्षीले बढेसकालसम्म दुःध पिउँदैनन् । अन्य प्राणीको दुःध पनि पिउँदैनन् । मानिस मात्र यस्तो प्राणी हो, जसले जीवनभर नै अर्काको दुःध पिउँछ । यो सरासर प्रकृतिको नियमको उलंगन हो । वैज्ञानिक रुपमा पनि दुःध र दुग्धजन्य पदार्थहरु मानिसको स्वास्थ्यलाई फाइदाजनक छैनन् । एक त अहिले शुद्ध दुःध नै पाइँदैन, अर्को कुरा दुःध बालक, श्रमिक तथा खेलाडीहरुको लागि मात्र उत्तम छ । शारीरिक श्रम कम गर्ने मानिसलाई उपयुक्त छैन । त्यसैले स्वस्थ रहन जनवारजन्य पदार्थ होइन, वनस्पतिजन्य खाद्यपदार्थ (प्लान्ट बेस्ड फुड) सेवन गर्नुपर्छ । माछा, मासु र अण्डाको ठाउँमा चना, भटमास, बदाम तथा ओख्खर, गाईभैंसीको दुःधको ठाउँमा नरिवल तथा भटमासको दुःध सेवन गर्नुपर्छ ।


यहाँ उल्लखनीय अर्को तथ्य के भने कुनै पौष्टिक तत्वहरु नभएका मृत औद्योगिक खाद्यपदार्थहरु मानिसको स्वाभाविक आहार होइनन्, प्रकृतिबाट सिधैं प्राप्त हुने, नमरेका अमृत खाद्यपदार्थ (लिभिंग फुड) नै मानिसको स्वाभाविक आहार हो । अमृत या नमरेका खाद्य पदार्थ भन्नाले प्राण भएका खाद्यपदार्थ हुन्, जो उर्मिन सक्छन् । जस्तो चना, आलु तथा केराउ आदि । तर, बिस्कुट तथा चाउचाउ उर्मिन सक्दैनन् । 

वैज्ञानिकरुपमा नै पष्टि भएको छ कि प्राकृतिक मकैले दिने फाइदा कर्नफलेक्सले दिँदैन । आलुले दिने फाइदा आलुचिप्सले दिँदैन । चना र जौले दिने फाइदा हर्लिक्सले दिँदैन । शुद्ध गहुँको पिठोमा रहेको प्राकृतिक गुण पाउरोटी र बिस्कुटमा पक्कै हुदैन । ताजा फलफूलमा पाइने भिटामिन प्रशोधन गरेर संरक्षक र अध्याधिक चिनी मिलाएर तयार पारिएका जुसमा अवश्य पाइँदैन ।

बिस्कुट, चाउचाउ तथा कुरकुरे जस्ता मृत औद्योगिक खाद्यपदार्थहरुले शरीरमा टक्सिन बढाएर मानिसलाई बिरामी बनाउँछन् भने गेडागूडी, फलपूmल तथा सागपात जस्ता प्राण भएका अमृत पदार्थहरुले शरीरलाई उर्जा दिन्छन्, पोषण दिन्छन्, शरीरबाट रोगहरुलाई खेद्छन् । त्यसैले रोगबाट मुक्त हुन र स्वास्थ्य रहन बिस्कुट तथा चाउचाउको ठाउँमा अंकुरित अनाज, ताजा नरिवल  वा फलपूmलहरु, कोल्डडिं«ग्सको ठाउँमा नरिवलको पानी वा कागती पानी, दालमोठ आदिको ठाउँमा फलपूmल र सागपातको सलाद जस्ता अमृत खाद्यपदार्थ (लिभिंग फुड) खानुपर्छ ।

स्वस्थ रहन तथा रोगहरुबाट मुक्त हुन अमृत खाद्यपदार्थलाई सम्पूर्णरुपमा (होलसम फुड) खानुपर्छ । प्रकृतिले कहिल्यै गल्ति गर्दैन । तर मानिसले प्राकृति खाद्यपदार्थलाई विकृत बनाएर गल्तिगरेका छन् । प्रकृतिले उखु, मकै तथा खजुर बनाएको छ । तर मानिसले चिनी बनाएका छन् । त्यसैले स्वस्थ रहन राइस होइन, ब्राउन राइस, चिनी होइन, भेली, आलुचिप्स होइन, आलु, पाउरोटी होइन, सुक्का रोटी, पकौडा होइन, अंकुरित चना आदि खाने गर्नुपर्छ ।

यस धरतीमा पानीको मात्राको हिसाबमा दुई थरिका फुड्स छन्, रसद्धार फुड्स र कम रस भएका फुड्स । तरभुजा, खरभुजा, मेवा, कागती, सुन्तला, अंगुर आदि फलपूmलहरु तथा टमाटर, सागपात, काँक्रो, लौका, फर्सी आदि भेजिटेबल्स रसद्धार फुड्स हुन भने चामल, गहँु, मकै, गेडागूडी तथा  नट्स रस कम भएका फुडस हुन् । अहिलेका मानिसहरुले रसद्धार खाद्यपदार्थ (वाटररिच फुड) निकै कम र रस कम भएका पदार्थ बढी खाने गर्छन् । शरीर र स्वास्थ्यका हिसाबमा भोजनको यो अनुपात ठीक होइन । त्यो किनभने मानिसको शरीरमा ७० प्रतिशत पानी छ । बाँकी ३० प्रतिशत हाडमासु आदि छ । त्यसैले मानिसले सेवन गर्ने ७० प्रतिशत फुड्स रसद्धार हुनुपर्छ भने ३० प्रतिशत कम रस भएका अन्न हुनुपर्छ ।

अन्तमाः 

हो, रोगमा क्षणिक राहत पाउन र दुखाई कम गर्न औषधि सहायक हुन सक्दछ, तर औषधिबाट कदापि स्वास्थ्य प्राप्त हुदैन । मानिस रोगबाट मुक्त हुन र स्वस्थ रहन आहारबिहार ठीक हुन जरुरी छ । आयुर्वेदमा भनिएको नै छ, खानपीन ठीक भएन भने औषधिले पनि काम गर्दैन, खानपीन ठीक भयो भने औषधिको आवश्यकता नै पर्दैन । त्यसैले आफ्नो खान्कीमा ध्यान देऔं । पशपंक्षीहरुबाट सिकौं, प्रकृतितिर फर्कौ । प्राकृतिक जीवनशैली अपनाऔं, रोगहरुबाट मुक्त होऔं, सुखी, स्वस्थ र दीघार्यु जीवन बाँचौ । (लेखक मनोविद् हुन् ।)





Thursday, April 2, 2020

इम्यूनिटि बढाउने अमला

इम्यूनिटि बढाउने अमला
ओम बानियाँ
 

अमला । नेपाली माटो पनि पाइने एक दिव्य वनस्पति हो । यो बहुगुणी बनस्पति खासगरि नेपालको तराई र तल्लो पहाडी भागमा पाइन्छ । अमलाको जरो, पात र बोक्राको तुलनामा यसको फल नै बढी उपयोगी अंग हो । यो सुपरफल हो । त्यसो त अमलाको जरो, पात र बोक्रा पनि औषधि लगायत विभिन्न कार्यहरुमा प्रयोग गरिन्छ ।
सुपरफल अमलाः
 
अमला एक बहुगुणकारी फल हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । स्वास्थ्यका दृष्टिले अमला अति स्वस्थकर मानिन्छ । अमला एंटी–अक्सिडेंटको एक बेजोड स्रोत हो । अमला भिटामिन सीको अनन्त भण्डार हो । एक दाना अमलामा १६ वटा केरा वा ३ दाना सुन्तलामा जति भिटामिन सी माइन्छ । वास्तवमा अमला एक सुपरफल हो, प्रकृतिको वरदान हो । यो फल जति पौष्टिक छ, त्यत्ति नै औषधीय गुणले भरिपूर्ण छ ।

औषधिका दृष्टिमा अमला त्रिदोषनाशक सुपरफल हो । अमलामा प्रशस्त औषधीय गुण हुन्छ । अनेक रोगहरुमा अमलाले फाइदा गर्छ । यो दिव्य सुपरफलले हाड, दाँत र गिंजालाई मजबुत बनाउँछ, अनुहारको कान्ति बढाउँछ, कपाललाई पाक्न दिँदैन, नेत्रज्योति बढाउँछ, मस्तिष्कलाई ऊर्जा दिन्छ, मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउँछ, बुद्धिलाई तीब्र बनाउँछ तथा शरीरमा बल–वीर्यको बृद्धि गराउँछ । यसले हाई ब्लड–प्रेशर, हृदय रोग, क्यान्सर, नपुंसकता, मन्दाग्नि, कब्जियत, स्नायु रोग, चर्म रोग, आँखाको रोग, कलेजो तथा मिर्गौलाको रोग, रक्त रोग, जण्डिस, टी.बी., पिसाब तथा हड्डीका रोगहरूलाई ठीक पार्न सहयोग गर्दछ । अमलाले आँखा, मस्तिष्क तथा कपाललाई निकै फाइदा गर्दछ । यसलाई रसायनको रूपमा पनि प्रयोग गरिन्छ । वास्तवमा अमला ब्रेन टनिक हो, आई टनिक हो, हर्ट टनिक हो, हेयर टनिक हो ।

*अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहु महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

*अमला कपालका लागि पनि निकै उपयोगी छ । अमलाको दैनिक सेवनले त्वचा लामो समयसम्म जवान हुनुका साथै कपाल पनि फुल्नबाट जोगिन्छ । हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

*प्रत्येक दिन अमला खानाले पेट सफा रहिरहन्छ र कब्जियत लगायत पेटमा देखा पर्ने समस्याहरु हुन पाउदैन साथै ग्यास्ट्रिक पनि केहि हदसम्म कन्ट्रोल हुन्छ । अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ । दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानु अघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।
रगत बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), पाइल्सको रक्तश्राव आदि समस्यामा अमलाको सेवनले निकै फाइदा गर्छ । पाइल्सका कारण रक्तश्राव भएको छ भने एक चम्चा अमला चूर्ण खाने हो भने तुरुन्त रक्तश्राव रोकिन्छ ।

*सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ । अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कोरोनाको रोकथाममा अमला 
 
कोरोना संक्रमणको रोकथाम हरेक मानिसको आफ्नै हातमा छ। त्यसैले कोरोना भाइरस संक्रमणलाई रोकथाम गर्न समाजिक दुरी राख्ने, भीडभाडबाट टाढा रहने, सरसफाइका साथै आहारबिहारमा विशेष ध्यान दिने। योग, प्राणायाम तथा व्यायाम गर्ने, चुरोट, रक्सी, चिसो तथा गुलियो पदार्थ, फास्टफुड्स, जंकफुड्स सेवन नगर्ने, गिलोय, तुलसी, अमला, कागति, अदुवा, प्याज, बेसार तथा लहसुन आदि कुनै न कुनै रुपमा सेवन गर्ने। वैज्ञानिक अध्ययन भन्छ, यदि मानिसको शरीरको रगत प्लाज्मामा लगभग 16 mcmol/L भिटामिन सी हुन्छ भने भाइरस तथा ब्याक्टेरियाले आक्रमण गर्न नसक्ने लगभग ८० प्रतिशत चान्स हुन्छ। यदि गरिहाले पनि शरीरको इम्युनिटिले यस्ता भाइरस तथा ब्याक्टेरियालाई खेदेर शरीर बाहिर फ्याँकिदिन्छन्। भिटामिन सीको प्रमुख स्रोतहरु भनेको अमला, कागति, सुन्तला, मौसमी तथा अन्य अमिलो फलफुल तथा तरकारीहरु हुन्। अतः दैनिक दुई दाना ताजा अमला वा एक चम्चा शुद्ध अमला पाउडर सेवन गर्ने हो भने इम्युनिटि बढाउने मात्र होइन, अनेक स्वास्थ्य लाभ प्राप्त हुन्छ। अर्को महत्वपुर्ण कुरा डरत्रासले पनि मानिसको इम्युनिटि कमजोर बनाउँछ। कोरोनाबाट यतिविधि त्राहीमाम हुन जरुरी छैन। कोरोना खतरनाक छैन, तर लापरवाही गरे खतरनाक हुन सक्दछ।


सधैं तन्नेरी अमलाः   
अमला सेवन गर्ने मानिस बढेसकालसम्म पनि तन्नेरी नै रहन्छ । त्यो किनभने अमलामा पाइने एंटी–अक्सिडेन्ट इन्जाइमले बुढोपनालाई रोक्दछ । अमलामा जति रोग–प्रतिरोधक, रक्त–शोधक तथा बल–वीर्यबद्र्धक तत्वहरू पाइन्छ, त्यति संसारको कुनै पदार्थ तथा औषधिमा पाइ“दैन । वास्तवमा अमला सम्पर्ण शरीरको कल्प(बोडी रिभाइभ) गर्ने यौवनको झरना हो । नियम अनुसार अमलाको सेवन गर्ने हो भने यसले कायाकल्प गर्दछ । पाको उमेरसम्म पनि यौवनलाई कायम राख्दछ । त्यसैले शरीरलाई स्वस्थ, मजबुत र दीर्घायू राख्न कुनै न कुनै रूपमा प्रतिदिन १–२ वटा अमला सेवन गर्नु राम्रो हुन्छ ।
प्रयोग गर्ने तरिकाः
अमलालाई अनेकौं तरिकाले प्रयोग गर्न सकिन्छ । जस्तैः चूर्णको रूपमा, काटेर सलादको रूपमा, जुस, अचार तथा मुरब्बाको रूपमा वा त्यसै पनि सेवन गर्न सकिन्छ । तर बिहानको नास्तामा २–४ वटा अमलाको मुरब्बा(जाम) सेवन गर्नु तथा राती सुत्ने बेलामा एक चम्चा अमलाको चूर्णमा दुई चम्चा मह मिलाएर एक गिलास दूधसँग सेवन गर्नु सर्वोत्तम हुन्छ ।
अमलाको मुरब्बाः
अमला मुरब्बा(जाम) ज्यादै स्वादिलो हन्छ । बालबाबालिका तथा बृद्धबृद्धा सबैलाई मन पर्छ । त्यसैले अमलाको मुरब्बा(जाम) बनाएर वर्षभरि नै अमलाको सेवन गर्न सकिन्छ । अमलाको मुरब्बा बनाउन अति नै सरल छ । अमलाको मौसममा अमला ल्याएर घरमै सजिलै अमलाको मुरब्बा बनाउन सकिन्छ । त्यसैले यहाँ अमलाको मुरब्बा बनाउन आवश्यक सामाग्रीहरू र बनाउने विधि उल्लेख गरिएको छ । सामाग्रीहरूः (अमलाः १ केजी, चिनी वा भेलीः १–२ केजी, साइट्रिक एसिडः  ५ गा«म तथा नूनः अलिकति ।) निमार्ण विधिः अमला थिचेर भित्री गेडा फालिदिने र अलिकति नून हालेको घोलमा केही बेर डुबाइदिने । त्यसपछि अमलाका टुक्राहरूलाई शुद्ध पानीमा धुने र स्टेनलेस स्टीलको काँटामा उनेर उम्लिएको पानीमा दुई मिनेट जति राखेर निकाल्ने । अनि साइट्रिक एसिड हालेर मैला सफा गरेको चिनीको चासनीमा ती टुक्राहरू डुब्ने गरी हालिदिने । र, छोपेर रातभरि राख्ने । अर्को दिन अमलाको टुक्रा राखेको चासनीलाई आगोमा तताउने । जब चासनी मह जस्तो लेदो देखिन्छ, तब उतार्ने र ठण्डा भएपछि त्यसलाई शीशीमा भरेर राख्ने । यसरी राख्दा अमलाको टुक्रा चासनीमा डुबेको हुनुपर्दछ । शीशीको बिर्को हावा नपस्ने गरी राख्ने हो भने यो मुरब्बा वषौेवर्ष तक बिग्रिदैन । यसरी आवश्यकता अनुसार मुरब्बाको मात्र बढाएर वर्षभरि सेवन गर्न सकिन्छ । मात्रा र सेवन विधिः मुरब्बाको १–२ टुक्रा बिहान खाली पेट वा दिउँसो खाना खाएको १ घण्टापछि खाने । तर बिहान खानु सर्वोत्तोम हुन्छ ।
अमलाको जुसः
अमला सेवन गर्ने अर्को तरिका हो, जुसको रुपमा । अमलाको जुस बनाएर खानाले पनि रगत सफा हुन्छ र शरीर स्वस्थ रहन्छ । अमला शरीरको त्वचा र कपालको लागि फाइदाजनक हुन्छ । दैनिक अमलाको जुस अथवा जाम खाएर दुध पिउने गर्नाले शरीरमा कुनै पनि रोगले आक्रमण गर्न सक्दैन । बाबा रामदेवले शरीरलाई स्वस्थ र मजबुत राख्न दिनहँु अमलाको रस, घृतकुमारीको रस तथा गिलोय खाने सल्लाह दिन्छन् । आफुले पनि दिनहु सेवन गर्ने कुरा बताउँछन् ।
अन्तमाः
अतः सुपरफल अमला मानवका लागि प्रकृतिको दिव्य वरदान हो । त्यसैले यस दिव्य फलको उचित सदुपयोग गर्नुपर्छ । बाल्यकालदेखि नै कुनै न कुनै रूपमा यो सर्वशुलम अमृत फलको सेवन गर्ने हो मानिस शारीरिक रुपमा मात्र होइन, मानसिकरुपमा पनि पाको उमेरसम्म पनि हृष्टपुष्ट, तन्दुरुस्त रहन्छ । (लेखक साइकोथेरापिष्ट  हुन् ।)