Sunday, April 5, 2020

हेल्थ फर्स्ट
ब्रोइलर, ब्रेन र बडी

ओम बानियाँ

माछामासु पौष्टिक दृष्टिकोणले पोषिलो आहार हो । प्रोटिनको अथाह भण्डार हो । तर माछामासुको स्रोत, प्रकृति, गुणस्तर र मात्रा ठीक र उपयुक्त भएन भने यसले स्वास्थ्यमा नकारात्मक असर पार्न सक्दछ । माछामासुकै कारण सर्यौ प्रकारका रोगहरुको संक्रमण र आक्रमणको खतरा हुन सक्दछ । त्यसैले माछामासुबाट स्वादका साथै स्वास्थ्य लाभ प्राप्त गर्न कस्तो प्रकारको मासु कति खाँदा उपयुक्त हुन्छ भन्ने कुरामा विचार पु¥याउनु आवश्यक छ ।

माछामासुको अनेक स्रोतहरु छन् । साधारणतया संसारभर उपयोग गरिने मासुमा खसी–बोका, राँगा–भैसीं, बँदेल, गाई–गोरु, भेडा–च्यांग्रा, माछा, कुखृुरा, परेवा, हाँस तथा अन्य चराचुरंगीहरु मासुका प्रमुख स्रोतहरु हुन् । स्वास्थ्यका दृेष्टिले चार खुट्टे जनावरको रातो मासुको तुलनामा कुखुरा परेवा आदि जस्ता चराचुरंगीहरुको सेतो मासु स्वस्थकर मानिन्छ । कुखुराको मासुमा प्रोटिन, क्यालशियम, एमिनो एसिड्स, भिटामिन बी ३, भिटामिन बी ६ तथा म्याग्निसियम आदि जस्ता पौष्टिक तत्वहरु पाइन्छन् । त्यसैले पनि संसारभर कुखुरा आदि चराचुरंगीहरुको मासु सेवन गर्नेको संख्या निकै धेरै छ । तर मासुको लागि उत्पादन गरिने ब्रोइलर कुखुराको मासु कति स्वास्थ्यवद्र्धक छ भन्ने कुरामा गम्भिर प्रश्न खडा भएको छ ।

के हो ब्रोइलर कुखुराः

ब्रोइलर सेतो पखेटा तथा हल्का पहेंलो छाला भएको कुखुरा जस्तो देखिने विकासे पंक्षी हो । विशेष गरेर मासुको लागि उत्पादन गरिने यस पंक्षी निकै छिटो बढ्छ । ४५ दिन भित्रै यसको वजन २ केजी भन्दा बढी हुने गर्दछ । स्थानीय (लोकल) कुखुरा भन्दा यो निकै सस्तो  र सर्वसुलभ हुने गर्छ । त्यसैले संसारभर यसको उपयोग गर्नेको संख्या निकै धेरै छ । एक तथ्यांकका अनुसार कुल उपयोग गरिने चिकनको मासुमा ८० देखि ९० प्रतिशत ब्रोइलरको मासुमा रहेको छ ।  

ब्रोइलर र हेल्थः

साधारणतया ब्रोइलरको मासुलाई स्वस्थकर मानिन्छ । त्यसैले पनि हरेक देशहरुमा ब्रोइलर पालन तथा यसको मासु उपयोग हुने गरेको छ । तर ब्रोइलर पैदा गर्ने र पाल्ने तरिका तथा यसले खाने दानापानी आदिलाई हेर्ने हो भने ब्रोइलरको मासु स्वास्थ्यका लागि निकै हानिकारक देखिन्छ । यस कुरालाई अनेक अध्ययनहरुले पनि पुष्टि गरेको छ । कतिपय पोषणविद्ले त ब्रोइलरको मासुलाई विषको डल्लो पनि भन्ने गर्छन् । 

ब्रोइलर पालन अधिक तापक्रम भएको सानो खोर भित्र हुने गर्छ । जहाँ सर्यौ ब्रोइलरहरु कोचाकोच लत्रिदै बाँचेका हुन्छन् । यिनलाई कृत्रिम केमिकल्सयुक्त दानापानी दिइन्छ । रोगबाट बचाउन र छिटो हुर्काउन व्यापकरुपमा एन्टीबायोटिक्स तथा हार्मोन्स दिइन्छ । यसरी ब्रोइलरलाई दिइएको एन्टीबायोटिक्सको अवशेष ब्रोइलरको मासु रहने कुरा अनेक अध्ययनले पुष्टि गरेको छ । एन्टीबायोटिक्सयुक्त यस्तो मासु सेवन गर्दा बे्रेन–बोडीलाई नै असर गर्ने कतिपय वैज्ञानिकहरुको दावी छ । हालै गरिएको एक अध्ययनका अनुसार हप्तामा तीन पटक ब्रोइलरको मासु खानु भनेको तीनवटा एन्टिबायोटिक इन्जेक्सन लगाउनु जस्तै हो। 

पोलेको तथा तारेको वा भुटेको ब्रोइलरको मासु चुरोट भन्दा पनि हानीकारक मानिन्छ । एक रोस्टेट ब्रोइलरको मासु ६० चुरोट बराबर विषालु हुन्छ । नियमति ब्रोइलरको मासु सेवन गर्ने हो भने पेटको क्यान्सर, कोलेन क्यान्सर, प्रोस्टेट क्यान्सर तथा पाठेघर क्यान्सरको खतरा बढ्छ ।

ब्रोइलरको मासुले पूmड पोइजनिंग हुन सक्दछ । एक अध्ययनका अनुसार ब्रोइलरको मासुमा ६७ प्रतिशतसम्म ई.कोली ब्याक्टेरिया पाइएको छ । नियमित रुपमा यस्तो मासु सेवन गर्नाले पुरुषमा नपुंसकता, स्पर्मको अभाव वा कमी, महिलामा पाठेघरको समस्या तथा बालकालिकामा छिटै यौवनका लक्षणहरु देखिने गर्छन् । ब्रोइलरको मासुमा अधिक मात्रामा अस्वस्थरक बोसो हुन्छ, जसको नियमति सेवनले छिट्टै मोटोपना बढाउँछ । मानिसलाई ब्रोइलर जस्तो बनाउँछ । मोटोपनाले मुटुको रोग, उच्च रक्तचाप, मधुमेह, थाइरोडिज्म, कलेजोको समस्या तथा जोर्नीका रोगहरु निम्ताउँछ । कलिला बालबालिकाका लागि त ब्रोइलरको मासु झनै हानीकारक छ ।

ब्रोइलरको बिकल्पः

हुनत माछामासु मानिसको प्राकृतिक तथा स्वभाविक आहार होइन । त्यसैले बे्रन–बडीलाई स्वस्थ र मजबुत राख्न मासु सेवन नगरेको नै उत्तम हो । माछामासुमा पाइने प्रोटिन तथा भिटामिनहरु अन्न, गेडागडी, सागपात र फलपूmलहरुमा प्रशस्त पाइन्छ । त्यसैले स्वास्थ्यका दृष्टिले माछामासु खान आवश्यक छैन । तर मांसाहारीले मासु खानु परेमा ब्रोइलरको मासु होइन, स्थानीय कुखुरा मासु खानु राम्रो हुन्छ । ब्रोइलरको तुलनामा प्राकृतिक रुपमा हुर्किएका कुखुरा मासु निकै स्वास्थ्यकर र पौष्टिक मानिन्छ । 

सर्वश्रेष्ठ माछाः

पौष्टिक र स्वास्थ्यको दृष्टिकोेणले हाँस, कुखुरा तथा खसीबोकाको मासु भन्दा माछा बढी स्वस्थकर तथा पोषिलो हुन्छ । यसमा चिल्लो तथा फ्याटी एसिडको परिमाण कम हुनुको साथै प्रोटिन र भिटामिन जस्ता अति आवश्यक तत्वहरु प्रशस्त पाइन्छ । खासगरी यसमा भिटामिन बी१, बी३, बी६ र भिटामिन डी प्रशस्त हुनुको साथै फसफोरस, आयोडिन, सेलिनियम, पोटासियम जस्ता खनिज तत्वहरु पनि हुन्छन् । यस बाहेक माछामा शरीरलाई अति आवश्यक तत्व ओमेगा थ्री फ्याट्टि एसिड पनि प्रशस्त हुन्छ, जसले रगतमा असल प्रकारको कोलेस्टेरोल बढाएर नराम्रो वा खराब कोलेस्टेरोल कम गरी मुटु स्वस्थ राख्न मद्दत गर्छ । ठूलो र मोटो खालको माछामा फ्याटी एसिड बढी हुन्छ भने सानो र मसिनो माछामा कम हुन्छ । यहाँ अर्को उल्लेखनीय कुरा के भने जुन आहार मुटुकालागि उपयुक्त हुन्छ, त्यो आहार ब्रेनका लागि पनि उपयुक्त हुन्छ । यही कारणले माछालाई बे्रन फुड्स तथा सुपर फुड्स पनि भन्ने गरिन्छ । त्यसैले सकिन्छ भने हप्ताको दुईचोटि खानामा माछा, खासगरी, म्याकेरल, हेरिङ, सार्डिनेज, टुना, सालमन तथा संग्लो खोलाको माछा समावेश गर्दा राम्रो हुन्छ । मासुको तुलनामा माछा श्रेष्ठ भएता पनि यदि माछा काट्दा, पखाल्दा र पकाउँदा सावधानी अपनाइएन भने स्वास्थ्यका लागि हानिकारक हुन्छ । माछा पनि बढी सेवन गर्नु हुँदैन । एक पटकमा सय ग्राम माछा खानु उचित हुन्छ।

पुछारमाः

अतः ब्रोइलर कुखुराको मासुमा मासुको स्वाद वाहेक अन्य कुनै फाइदा छैन, वेफाइदा नै वेफाइदा छ । हानी नै हानी छ । त्यसैले आफु र आफ्नो परिवारको ब्रेन र बडीलाई स्वस्थ र निरोगी राख्न ब्रोइलरको मासु सेवनबाट बचाऔं र आजै उपभोक्ता तथा व्यवसायीले ब्रोइलरको विकल्प रोजौं । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)



No comments:

Post a Comment