Tuesday, April 28, 2020

हेल्थ फर्स्ट 
चाउचाउ 'नखाउ'
ओम बानियाँ 
नेपाली समाजमा निकै लोकप्रिय एउटा तयारी खानेकुरा हो, चाउचाउ । तराई, पहाड तथा हिमालका सानाठुला–धनीगरीब अधिकांश मानिसका लागि अहिले चाउचाउ खाजाको पहिलो रोजाइ भएको छ । सानासाना नानीबाबुहरुले त चाउचाउ खुब रुचाउँछन् । त्यसैले मम्मीहरुले आफ्ना नानीबाबुहरुलाई बिहानको नास्तामा पनि चाउचाउ, टिफनमा पनि चाउचाउ तथा साँझको खाजामा पनि चाउचाउ, भोक लाग्यो कि २ मिनेट भन्दै चाउचाउ दिने गर्छन् । आफुहरुले पनि नास्तामा प्रायः चाउचाउ खाने गर्छन् । त्यसैले त नेपालमा चाउचाउको खपत बढ्दो छ । तर चाउचाउ स्वास्थ्यका दृृष्टिले निकै हानीकारक छ, औधी खतरानाक छ भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा छैन, थाहा भएकाहरु पनि यस मन्द विषप्रति गम्भिर छैनन् । 



चाउचाउ र स्वास्थ्यः

चाउचाउ कुनै पोषक तत्व नभएको कवाड भन्दा कवाड खानेकुरा (जंक पूmड) हो । चाउचाउ मैदाले बनाइन्छ । लामो समय सुरक्षित राख्न यसमा प्रिजरभेटिभ मिसाइन्छ, जुन स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । चाउचाउको आर्कषक विज्ञापनमा चाउचाउमा अनेक पोषक तत्वहरु र पर्याप्त प्रोटिन रहेको भनिन्छ, तर सत्य यो हो कि यसमा एक रत्ती पनि पोषक तत्व हुँदैन, फाइबर पनि हुँदैन । यसमा केवल उच्च मात्रामा कार्बोहाइड्रेड हुन्छ । केही कम्पनीहरूले ओट्स र पिठोबाट बनाइएको चाउचाउ भनी प्रचार गर्छन् । तर वास्तविकता भने त्यस्तो छैन । मैदामा अलिकति पिठो र ओट्स मिसाएर ओट्सको चाउचाउ भनेर प्रचार गरिन्छ । केही कम्पनीहरूले आफ्ना चाउचाउका प्याकेटभित्र तरकारीका टुक्रा मिसाएका हुन्छन् । यी तरकारीका टुक्राहरूमा पनि प्रिजरर्भेिटभ मिसाइएको हुन्छ, जसले पाचन क्रियालाई सुस्त बनाउँछ ।

चाउचाउ तयार गर्न टा«न्सफ्याटको प्रयोग गरिएको हुन्छ । ट्रान्सफ्याट स्वास्थ्यका लागि हानिकारक छ । ट्रान्सफ्याट मोटोपनाको प्रमुख कारक हो । मोनोसोडियम ग्लुकोमेट त मन्दविष (स्लो प्वाइजन) नै हो । सेतो रङको चम्किलो मोनोसोडियम ग्लुकोमेट (अजिनो मोटो) एक प्रकारको सोडियम साल्ट हो । यसले खानामा स्वाद ल्याउने काम गर्छ । तर बिस्तारै बिस्तारै स्वाद ग्रन्थीलाई नै निष्क्रिय बनाइदिन्छ । तयारी चाउचाउमा मात्र होइन, अन्य रेडिमेड खाद्य सामग्रीमा पनि एमएसजी, लिड, ट्रान्सफैट र प्रिजरभेटिभ मिसाइएको हुन्छ । जस्तैः चिप्स, कुरकुरे लगायतका समस्त पदार्थ । यस्ता अधिकांश उत्पादनहरुमा स्वाद बढाउन स्वादवद्र्धक रसायन (लेवर इन्हेन्सर) पनि प्रयोग गरिन्छ । यो रसायन माछामासुबाट प्राप्त हुन्छ । त्यसैल फ्लेबर इन्हेन्सर मिसाइएको कुनै पनि चाउचाउ शाकाहारी हुँदैनन् । 

चाउचाउले जिब्रोलाई स्वाद दिने तथा पेट भर्ने काम त गर्छ, तर कुनै स्वास्थ्य फाइदा गर्दैन । शरीरलाई हानी नै हानी गर्छ । चाउचाउले शरीरलाई गर्ने हानीनोक्सानीको फेहरिस्त निकै लामो छ । सबै भन्दा पहिला चाउचाउले प्राचन प्राणाली कमजोर बनाउँछ । भोजन समयमा पच्दैन, जसले पेट दुख्ने समस्या निम्त्याउँछ । चाउचाउको धेरै प्रयोगले रगतको कमी हुन्छ ।  तयारी चाउचाउ खानेलाई जोर्नी दुख्ने समस्या हुन्छ । २ मिनेटमा तयारी हुने विज्ञापनका साथ बजारमा बिक्री गरिने यस्ता उत्पादनले कलेजो तथा किड्नीलाई नराम्रो असर गर्छन् । यस्ता रेडिमेड खाद्य सामग्रीले टाउको दुख्ने रोग निम्त्याउँछ । भोक मार्छन् । छिट्टै तयार गर्न सकिने लोभले प्रयोगमा ल्याइने यस्तो भोजनले अति नै छिटो मोटोपना बढाउँछ । 

विष जस्तै चाउचाउः 
बिहानको खाजामा चाउचाउको प्रयोग गर्नु विषसरह नै हो । यसमा कार्बोहाइड्रेडको उच्च मात्रा रहेको हुन्छ । शरीरले यसलाई समयमा पचाउन सक्दैन । यस्ता उत्पादनहरूमा हानिकारक रसायन मोनोसोडियम ग्लुकोमेट हुन्छ । यो रसायन शरीरका लागि अत्यन्त हानिकारक छ । मोनोसोडियमा ग्लुकोमेटले क्यान्सरको खतरा निम्त्याउँछ । भारतको नयाँ दिल्लीमा केही वर्ष अघि म्यागी चाउचाउको जाँच गरियो । जाँचमा म्यागी चाउचाउमा सिसाको मात्रा १७ पीपीएम पाइयो, जुन स्वास्थ्यका लागि हानिकारक छ । सिसा(लिड) शरीरमा एकत्रित भएर मस्तिष्क, किड्नी र प्रजनन् क्षमतालाई नराम्रो असर पार्छ । मानिसको शरीरका लागि खाद्य पदार्थमा ०.००१ पीपीएम भन्दा बढी सिसाको मात्रा हानिकारक छ । यस्ता सिसायुक्त खाद्य पदार्थले शरीरमा दुष्प्रभाव दिन्छन् । 
विष हो, चाउचाउ 

आयुर्वेद विज्ञ राजीव दीक्षित भन्छन्ः बजारका तयारी खानेकुराहरुमा सबै भन्दा खराब चिज हो, चाउचाउ । सढेगलेको कवाड भन्दा कवाड खानेकुरा हो, चाउचाउ । चाउचाउ एक त मैदाबाट बन्छ भने अर्कोतिर ६–७ दिन सढाएर राखेपछि मात्र चाउचाउ तयार हुन्छ । स्वादको लागि यसमा सुँगुरको मासुको रस, अजिनोमोटो (एसएमजी) आदि हालिन्छ । लामो समय राखी राख्न चाउचाउमा प्रिजर्र्भेिटभ मिसाइएको हुन्छ । यसलाई टीबीएचक्यू भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो । टीबीएचक्यू एक प्रकारको बिष हो । सँुगुरको मासुको रस बिना चाउचाउ बन्नै सक्दैन । ६–७ दिनसम्म सडाएर राखेको सडेगलेको मैदा, सँुगरको मासुको रस, टीबीएचक्यू तथा एमएसजी (अजिनोमाटो) आदिबाट बनाएको चाउचाउ खान कति उपयुक्त हुन्छ आफै बिचार गर्नुस् ।

लामो समय राखी राख्न तयारी चाउचाउमा प्रिजरभेटिभ मिसाइएको हुन्छ । यसलाई टीबीएचक्यू भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो । यसले एन्टिअक्सिडेन्टको काम गर्छ । तर यो कदापि बिर्सनु हुन्न कि यो प्राकृतिक एन्टिअक्सिडेन्ट नभएर एउटा सिन्थेटिक केमिकल हो । यस केमिकलले यो जुन खाद्यवस्तुमा प्रयोग गरिएको हो, त्यसमा रहेको फ्याट र आयललाई प्रिभेन्ट गरेर वस्तुको आयु लम्ब्याउँछ । यस टीबीएचक्यू रसायनको प्रयोग रङ, वार्निस र कीटनाशक औषधिमा गरिन्छ । एफएओ र डब्लूएचओका विज्ञ सम्मिलित १९औँ, २१औँ बैठकले मानवमा खपत हुने टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । ०.५ मिलिग्राम÷केजीको खपतलाई निर्धारण गरेको छ । यसभन्दा बढीको मात्रा शरीरका लागि हानिकारक हुन सक्छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले कुनै पनि खाद्यवस्तुमा रहेको फ्याट र तेलको कुल मात्राको ०.०२ प्रतिशत टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । टीबीएचक्यूको मात्रा यो भन्दा बढी भएमा त्यसलाई खानयोग्य मानिँदैन । टीबीएचक्यू एक प्रकारको बिष हो । यसले शरीरमा प्रवेश नपाएकै उत्तम मानिन्छ । एक अध्ययन अनुसार यसको एक ग्रामको मात्राले शरीरमा ठूलो हानीनोक्सानी पु¥याउँछ ।


चाउचाउ र मस्तिष्कः
चाउचाउले निकै छिटो मोटोपना बढाउँछ । चाउचाउ बढी खाने बालबालिकाहरुमा एडीएचडीको जोमिख बढ्छ । मस्तिष्क शक्ति तथा स्मरण शक्ति ह्रास हुन्छ । बढी चाउचाउ खाने बालबालिका शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छन् । अल्छि तथा चिडचिडे स्वभावका हुन्छन् । चाउचाउले पेट भर्दा बालबालिका कुपोषणको शिकार हुने गर्छन् । चाउचाउ बालबालिकाका लागि सबै भन्दा हानिकारक (अ) खाद्यपदार्थ हो ।

पुछारमाः
अतः चाउचाउ (नुडल्स) एक प्रकारको मन्दविष नै हो । त्यसैले चाउचाउ सेवन कदापि ठीक छैन । आफ्ना बालबालिका तथा परिवारलाई स्वस्थ र निरोगी राख्ने हो भने तुरुन्तै चाउचाउको सेवन बन्द गर्नुपर्छ । आफ्नो घरलाई चाउचाउ मुक्त घर बनाउनुपर्छ ।  खाजानास्तामा चाउचाउ जस्ता तयार खानेकुरा होइन, घरमै बनाएका कोदो, फापर, जौ, ओट्स, मकै तथा गेडागूडी आदिको परिकारहरु तथा मौसमी फलफूलहरुको खाजा-नास्तामा सेवन गर्नुपर्छ ।  

No comments:

Post a Comment