Saturday, April 4, 2020

हेल्थ फर्स्ट /झुटा रोगहरुको ’आतंक’

   झुटा रोगहरुको ' आतंक '
 ओम बानियाँ
विश्वमा दिनहँु रोग र रोगीहरु रकेट गतिमा बढीरहेका छन् । पछिल्लो अध्ययनका अनुसार विश्वका ९५ प्रतिशत मानिसहरुलाई कुनै न कुनै स्वास्थ्य समस्या छ । अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिस मध्य १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन । रोगीको लेबल पाएका ती १९ जना मानिसहरुले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रुपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन् । त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात ७,३०१ खरब पुग्नु कुनै अनौठो कुरा भएन । 

विश्वव्यापीरुपमा यसरी रोग र रोगीहरु बढ्नुको प्रमुख कारण भागदौड र भीडभाडको जीवन, अप्राकृतिक आहारबिहार र प्रदुषित वातावरण त हो नै । यसको अतिरिक्त यसरी रोगहरु बढाउनुको अर्को कारण पनि छ, त्यो हो मेडिकल माफियाको नियन्त्रणमा रहेको मेडिसिन बजार । 


शुरु बालबालिकाहरुको रोगबाट गरौं । चकचकेपना कलिला बालबालिकाको प्राकृतिक स्वभाव हो । तर कतिपय बालबालिका बढी नै चकचके, एक छिन पनि एक ठाउँमा बस्न नसक्ने खालका हुन्छन् । बढी चकचके बालबालिकालाई हाम्रो गाउँघरतिर ’बाख्राको पुच्छर खाएको बालक’ भन्छौं । तर यस्ता बालकलाई मनोचिकित्सकहरुले चाहीं ’एडीएचडी बालक’ भन्छन् र कोकिन जस्तै स्टिम्युलेन्ट ड्रग्स रिटालिन (मिथाइलफेनाडेट) दिन्छन् । ताजा तथ्यांक हेर्ने हो भने अहिले संयुक्त राज्य अमेरिकामा १० मध्य १ बालबालिका एडीएचडीको आतंकमा परेका छन् र ती कलिला बालबालिकाहरुलाई अहिले पनि मनोचिकित्सकहरुले रिटालिन औषधि सेवन गराइरहेका छन् । 

तर, एडीएचडीका पिता मानिने प्रसिद्ध मनोचिकित्सक डा. लियोन ईसेनबर्ग स्वयंले नै सन् २००९ मा, मर्नु भन्दा केही दिन अगाडि, कनफेसन गर्दै भनेका थिए, ’अहिले विश्वका लाखौं बालबालिकाहरुले एडीएचडीका लागि दिइने रिटालिन खाइरहेका छन् । हजारौं बालबालिका रिटालिनका कारण मरेका पनि छन् । त्यसैले जीवनको अन्तिम सासमा मैले यो कुरा स्पष्ट पार्न चाहन्छु, एडीएचडी कुनै मानसिक रोग होइन, यो पुर्णतया काल्पनिक रोग हो । यो रोग मैले पैदा गरेको कल्पनिक रोग हो । रिटालिन बनाउने फार्मासँग रिटालिन नामक औषधि थियो, तर उक्त औषधि कुन रोगका लागि कसलाई दिने भन्ने कुनै आधार थिएन । कम्पनीले मलाई महंगो गाडी दियो, बंगला दियो, पैसा दियो अनि म अमेरिकी साइकेट्रीक डाइग्नोसिस कमिटिको अध्यक्ष हँुदा मैले एडीएचडी नामक मानसिक रोग सृजना गरी उक्त औषधि सिफारिस गरेको हँु । म ठुलो अपराधी हुँ ।’

एडीएचडीको मात्र कुरा होइन, मेडिकल माफियाहरुले यसरी नै वैज्ञानिकदेखि चिकित्सकहरुलाई तथा सरकारी अधिकारीदेखि राजीतिज्ञहरुलाई समेत आर्थिक प्रभोलनमा पारेर अनेक रोगहरु पैदा गरेका छन् । ती झुटा नक्कली रोगहरुबाट मानिसहरु यति आतंकित र भयभित छन् कि रोगबाट मुक्ति पाउने आशामा औषधि सेवन गर्दागर्दै घरखेत त भएकै छ, त्यहीमाथि नयाँ नयाँ स्वास्थ्य समस्याहरु पनि पैदा भएका छन् । एचवान एनवान, निफाह, जिका तथा चिकुनगुन्या आदि जस्ता भाइरसहरुको आतंकको पछाडि पनि यिनै मेडिकल माफियाहरुको हात रहेको विशेषज्ञहरु बताउँछन् । यी भाइरसहरु कहाँबाट आउँछन् ? केही समय आतंक मच्चाइ कहाँ जान्छन् ? फेरि अर्को नामबाट किन आउँछन् ? वास्तवमा यो जनमानसमा आतंक मच्चाएर लुटने षडयन्त्र भएको बुझ्न गाह्रो छैन ।

उहिले नै भारतीय दार्शनिक ओशोले एचआईभी एड्सलाई अमेरिकी प्रयोगशालामा जन्माइएको रोग भनेका थिए । विश्वका कतिपय ईमान्दार स्वास्थ्य विशेषज्ञ तथा अधिकारवादीहरुले पनि यस कुरा जोडतोडका साथ उठाएका थिए । केही वर्ष पहिला एचआईभी भाइरस पत्ता लगाउने मध्यका एक बायोवैज्ञानिक डा. रर्बट ग्यालोले नै जनसंख्या नियन्त्रणका लागि एचआईभी पैदा गरेको भनाई कतिपय पत्रपत्रिकाहरुमा आएको थियो । तर उनले त्यो समाचारको खण्डन गरेता पनि एचआईभी भाइरस पत्ता लगाउने अर्को वैज्ञानिक तथा नोबल पुरस्कार बिजयता डा. ल्युक मैन्टगेनियरले एचआईभी भाइरस मानिसको शरीरमा नपाइएको र एचआईभी भाइरस एड्सको एक मात्र कारण नभएको बताएको छन् । त्यसो त एचआईभी भारइसका कारण एड्स हुन्छ भन्ने कुनै वैज्ञानिक प्रमाण पनि छैन । एचआईभी भारइसका कारण एड्स हुन्छ भन्ने सिद्धान्त वैज्ञानिक इतिहासको एक महाभुल हो र यही महाभुलका कारण एचआईभी एड्स अहिले अरबौं डलरको उद्योग बन्न पुगेको हो भन्ने वैज्ञानिकहरु पनि धेरै छन् ।

हरेक क्षेत्रमा राम्रा मानिसहरु पनि हुन्छन्, खराब मानिसहरु पनि हुन्छन् । विश्वमा आफ्नो सुख र सुविधालाई भन्दा नागरिकको स्वास्थ्य समस्यालाई केन्द्रमा राख्ने डा. गोविन्द केसी जस्ता चिकित्सकहरु पनि छन् । एक दशक अगाडि रोयल कलेज अफ जनरल प्राक्टिसनर्स युकेका चिकित्सकहरुको एक समूहले ठुला फार्मा कम्पनीहरुले औषधि विक्री गर्न र विक्री बढाउन रोगहरु पैदा गर्ने र रोगहरुलाई बढाइचढाइ भयंकर बनाउने गरेको आरोप लगाएका थिए । यो खबर प्रकाशित भएपछि युके स्थित एक फार्मा उद्योगका प्रवक्ताले कडा शब्दमा यसो भनेका थिए, रोयल कलेज अफ जनरल प्राक्टिसनर्स तर्कशील विमारी (आर्गुमेनटेटिभ डिजिज) बाट पीडित छन् र हामीसँग यस रोगको पनि औषधि छ । 

प्रवक्ताको यस भनाइबाट नै फार्मा कम्पनीहरुको मनोविज्ञान सजिलै बुझ्न सकिन्छ । यसरी फार्मा कम्पनीहरूले सामान्य कारणहरुलाई पनि बीमारीको रूपमा परिभाषित गर्छन् र यसलाई रोगको नाम दिन्छन्, अनि मानिसले यस तथाकथित रोगबाट मुक्त हुन औषधि खान थाल्छन् । रेस्टलेस लेग्स सिन्ड्रोम, फिब्रोम्याल्जिया, अस्टोपेनिया तथा सिफ्ट वर्क डिसअर्डर आदि जस्ता रोगहरु ठुला फार्मा कम्पनीहरुले औषधि बिक्री गर्न पैदा गरेका रोगहरुका केही उदाहरण हुन् ।

आज विश्वभर मेडिकल माफियाको जालो यसरी फैलिएको छ कि औषधि उद्योगले विश्वका सबै मानिसलाई रोगीको रूपमा परिभाषित गर्न चाहन्छ र  स्वस्थ र रिस्टपुस्ट मानिसलाई समेत होलबोडी चेक अपसम्म पुराउँछ  र कुनै न कुनै रोगबाट पीडित देखाउँछ । यदि उसले आफु कुनै रोगबाट पीडित भएको अस्वीकार गर्छ भने, यस्ता मानिसहरुलाई उनीहरूले अस्वीकार विकार (डीडी) को लेबल लगाई मनोचिकित्सक पठाउन सक्छन् ।  मानसिक स्वास्थ्य क्षेत्रका केही प्रसिद्ध काल्पनिक रोगहरु जस्तै सामाजिक भय, भाषणको भयको लागि जस्तै मनोचिकित्सकसँग डीडीका लागि पनि पहिलादेखि नै थुप्रै औषधिहरू उपलब्ध छन् । 

यस संसार कुनै यस्तो व्यक्ति छ जसलाई पहिलो चोटि भाषण गर्न डर लाग्दैन ? के भाषण गर्न डराउने कुनै मानिस औषधि खाएर निर्धक्क भाषण गर्न सक्दछ ? वास्तवमा यो मस्तिष्क रसायनको विकार होइन । मानिसको प्राकृतिक भावनाहरुलाई मस्तिष्क रसायन असंतुलनको रुपमा पुनः परिभाषित गर्ने ठूला फार्माहरुको बदनियतपुर्ण चलखेल हो । यो खेल ठुला फार्मा कम्पनीद्वारा खेलिने धेरै खेलहरु मध्य एक हो । 

सामाजिक फोबिया तथा भाषाणको भय लगायतका थुप्रै तथाकतिथ मानसिक रोगहरुलाई या त पैदा गरिएको छ, या त नयाँ ब्राण्डका रुपमा पुनः स्वास्थ्य क्षेत्रमा भित्राइएको छ भने  उच्च रक्तचाप, अस्टियोपोरोसिस, मधुमेह, थाइरोडिज्म, उच्च कोलेस्टोल, चिन्ता तथा डिप्रेसन आदि जस्ता समस्याहरुमाथि चलखेल गरेर औषधि खान नपर्ने व्यक्तिलाई पनि औषधिको लती बनाउने कुकर्म भइरहेको छ ।  

हो, उहिलेदेखि नै जान्ने–बुझ्ने सचेत मानिसहरुले यस्ता झुटा रोगहरु र मेडिकल माफियाको षडयन्त्र विरुद्ध आवाज बुलन्द गरिरहेका छन् । आम नागरिकहरुलाई सजग र सचेत बनाइरहेका छन् । तर पनि आर्थिक र राजनीतिकरुपमा बलिया विश्वका मेडिकल माफियाहरु एकजुट भएर नयाँ–नयाँ रोगहरु जन्माउने र पुनः नयाँ नाम दिएर बजारमा भित्राउने क्रम चलिरहेको छ । जसका कारण मेडिसिनको बजार तीब्र गतिमा बिस्तार भैरहेको छ ।  स्थिति यहाँसम्म बिकराल भैसकेको छ कि यदि मानिसहरु सचेत र शिक्षित भएर स्वास्थ्य र आहारबिहारको सम्बन्ध सही तथ्य जानेर स्वस्थ र निरोग कसरी रहने कलाबाट दीर्घ रोगहरुबाट मुक्त हुन थाले भने, स्वास्थ्यलाई उद्योग बनाउनेहरुमाथि प्रश्न उठाई प्राकृति उपचारतिर लाग्न थाले भने मेडिकल माफियाहरुले एक अर्को नयाँ रोग जन्माउने छन् । त्यस रोगको नाम बे्रन एक्टिभेसन डिसअर्डर वा हाइपर कन्सेसनेस डिसअर्डर हुन सक्नेछ । र, स्वास्थ्य क्षेत्रका विकृति विरुद्ध आवाज उठाउने यस्ता मानिसहरु यही रोगबाट पीडित भएको प्राणीत गर्न मेडिकल माफियाहरुले कुनै कसर बाँकी राख्ने छैनन् । 

देशविदेशका मेडिकल माफिया र उनीहरुको नियन्त्रणमा रहेका नेपाली शासकहरुले पनि जनताका डा. गोबिन्द केसीलाई शुरुदेखि यसरी नै मानसिक रोगी प्रमाणित गराउन खोजेको सर्वविदितै छ । यदि गोबिन्द केसीको पछाडि जनसागार हुँदैन्थ्यो भने उहिले नै उनलाई मानसिक अस्पतालका बन्दी बनाइसक्थे, मेडिकल माफियाहरुले ।  (लेखक साइकोथेरापिष्ट हुन् ।)


   




   

No comments:

Post a Comment