Thursday, April 16, 2020


 हेल्थ फर्स्ट 
विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस 
ओम बानियाँ 

त्तरी पाकिस्तानको हिमाली काखमा प्राकृतिक छटाहरुले सिंगारिएको एउटा निकै सुन्दर उपत्यका छ, हुन्जा । हुन्जा उपत्यका पाकिस्तानको एक प्रमुख पर्यटकीय गन्तव्य पनि हो । यस हुन्जा उपत्यका जति सुन्दर छ, त्यत्ति नै सुन्दर यस उपत्यकामा बसोबास गर्ने लगभग ८७ हजार बुरुसो आदिवासी छन् । विभिन्न स्रोतका अनुसार यस मनमोहक उपत्यकामा बस्ने बुरुसो आदिवासीहरु विश्वकै स्वस्थ, सुन्दर र सुखी मानिस मानिन्छन् । 


यहाँका मानिसहरु निकै सुन्दर छन्, उत्तिकै स्वस्थ र दीर्घायु पनि । धेरैलाई अचम्म लाग्ने कुरा के भने ६० वर्षपार गरेका यहा“का महिलाहरुले समेत बच्चा जन्माउन सक्छन् । ९० सालका मानिसहरु समेत बाबु बन्छन् । ७०, ८० वर्ष कटेका मानिसहरु ४०, ५० वर्षका जस्ता देखिन्छन् । यहा“का मानिस शारीरिक रुपमा मात्र होइन मानसिकरुपमा पनि निकै शक्तिशाली छन् । सामान्यतया यहा“का मानिसहरु १२० वर्षसम्म बा“च्ने गर्छन् । यस जातीमा अझसम्म कसैलाई पनि क्यान्सर रोग देखा परेको छैन । यहा“का मानिसहरु बिरलै विरामी हुने गर्छन् । त्यसैले अब पश्न उठन सक्दछ, हुन्जा आदिवासीको स्वास्थ्य र सुन्दरताको रहस्य के हो त ? यो धेरैका लागि जिज्ञासाको विषय हो । 

वातावरण र जीवनशैलीः
छोटो शब्दमा भन्ने हो भने हुन्जा उपत्यकाको वातावरण र हुन्जाको जीवनशैली नै उनीहरुको स्वस्थ तथा दीर्घायुको रहस्य हो । त्यो किनभने चिसो स्वच्छ वातावरणमा प्राकृतिकमैत्रिय रहनसहनमा बस्ने तथा उही वातावरणमा पैदा भएका अग्र्यानिक अन्न तथा फलफूलहरु सेवन गर्ने मानिसहरु स्वस्थ तथा दीर्घायू हुने कुरा वैज्ञानिकहरु बताउंछन् ।

हुन्जा वातावरणः
हिमालको काखमा अवस्थित हुन्जा उपत्यकाको वातावरण चिसो र स्वच्छ छ । यहाँको मौसम गर्मीयाममा १० देखि २६ डिग्री सेल्सियस र जाडोमा २ देखि २३ डिसेसम्म रहन्छ । मे महिनादेखि अक्टुबरसम्म यहाँ पर्यटकहरुका भिड लाग्ने गर्छ ।


हुन्जा जीवनशैलीः
हुन्जा आदिवासी स्वस्थ मात्र होइन, शिक्षित पनि छन् । यहा“को साक्षरता ९० प्रतिशत छ । प्रायः सबै युवायुवतीहरुले कम्तिमा पनि १० पास गरेका छन् । यस आदिवासीहरुमा अहिले पनि पाश्चात्य संस्कृतिको प्रभाव परेको छैन । अहिलेका नवयुवाहरु पनि पुर्खाहरुले अपनाएको पराम्परागत जीवनशैली अपनाउ“छन् । यहा“का मानिसहरु बिहान सबेरै उठ्छन् । आआफनो कामधन्दामा लाग्छन् । उकालो ओरालो खुब पैतल घुम्छन् । दिनमा औसत १५ किमी हिड्छन् । वसन्त ऋतुमा उपवास बस्छन् । प्राणायाम, ध्यान तथा विश्राम विधिहरुको अभ्यास गर्छन् । उनीहरुले खानपिनमा विशेष ध्यान दिन्छन् । थोरै खान्छन्, पोसिलो खान्छन् । युवाहरुले पनि दिनमा औसत १९ सय क्यालोरी मात्र खाने गर्छन् । हुन्जाहरुले त्यही खाना खान्छन्, जसको पैदावार उनीहरु स्वयं गर्छन् । खेतीपातीमा पेस्टिसाइडको प्रयोग यस समाजमा प्रतिबन्धित छ । हुन्जाहरुलाई निद्रा सम्बन्धि कुनै समस्या छैन । हुन्जाहरुले स्वच्छ, ताजा र पोसिलो खाना खान्छन्, दिनभरि काम गर्छन्, अनि राती मस्तस“ग चैनको निद्रा सुत्छन् ।

के के खान्छन् हुन्जाः 
हुन्जाहरुले आफै उब्जाएका मौसमी सागपात, अन्न तथा फलफुलहरु प्रशस्त मात्रमा खाने गर्छन् । उनीहरुले टमाटर, प्याज, लहसुन, पालक, गाजर, फर्सी, फूलगोपी, बन्दगोपी तथा सलगम आदि नियमित खाने गर्छन् । यहा“ आरुको बोटहरु यत्रतत्र पाइन्छन् । आरु, आरुको गुठली, गुठलीको तेल तथा खट्टु (सुकाएको आरु), आलस तथा ओक्खर आदि उनीहरुको प्रमुख खाद्य पदार्थ हो । गर्मीयाममा उनीहरुले चेरि, नासपाती, स्याउ आदि प्रशस्त मात्रामा खाने गर्छन् । उनीहरुले भोक लाग्यो भने रुखमा चढेर फलहरु टिपेर खाने गर्छन् । खाजामा पनि उनीहरुले फलफल नै खाने गर्छन् ।

अन्नमा उनीहरुले कोदो, फापर, गहु, जौ तथा मकै आदिका परिकारहरु खाने गर्छन् । गहुलाई अंकुरण गरेर बनाएको रोटी उनीहरुको स्वादिलो खाना हो । टुसा पलाएको गहुमा ग्लुटिन कम हुन्छ, जसले गर्दा यस्तो गहुको परिकार सुपाच्य हुन्छ । हुन्जा आदिवासीहरुले सिमीलाई अंकुरण गरेर सलादका रुपमा खान्छन् भने मसुरोलाई दालका रुपमा । घरपालुवा गाई, याक, भेडा र बाख्राहरुको मासु थोरै मात्रामा उसिनेर खाने गर्छन् । त्यस्तै गरी थारै थारै मात्रामा यस्ता घरपालुवा जनावरहरुको दुधबाट बनेको मख्खन र घिउ खाने गर्छन् । घिउलाई भुटनको रुपमा पयोग गर्छन् । पिउन र निहाउन हिमनदीको पानी पयोग गर्छन् । हिमनदीको उमालेको पानी र टुमुरु नामक जडीबुटीबाट बनाएको हर्बल चिया खाने गर्छन् । 

संक्षेपमा भन्ने हो भने हुन्जाहरुको आहारविहार सात्विक, सन्तुलित र सकारात्मक छ । यो नै उनीहरु स्वस्थ, सुन्दर र सुखी हुनुको मूल कारण हो । 

हुन्जाबाट हामीले के सिक्ने त ?   

स्वस्थ, तन्दुरुस्त र दीर्घायु हुन हुन्जाहरुबाट धेरै कुराहरु सिक्न सकिन्छ । तर सबै भन्दा पहिला मनन गर्नु पर्ने कुरा के भने स्वस्थ, तन्दुरुस्त र दीर्घायु हुनका लागि हुन्जाहरुले जे जे खान्छन् त्यही त्यही खानु पर्छ भन्ने होइन । स्वस्थ र दीर्घायु रहनका लागि खानेकुरा त्यही खानु पर्छ, जुन आफ्नो आसपासका क्षेत्रहरुमा उत्पादन हुने गर्छ । रासायनिक होइन प्रांगारिक मल हालेको खेतवारीमा उब्जिएका सात्विक र सन्तुलित खाद्य पदार्थहरुको भोजन गर्नुपर्छ । सन्तुलित भोजन त्यो हो, जसमा प्रोटिन, भिटामिन, कार्वाेहाइडे«ट तथा खनिज पदार्थहरू उपलब्ध हुन्छन् । चामल, गहु, मुग, मकै आदि अन्न, लौका, फर्सी, करेला, टमाटर, काँक्रो, आलु, मूला आदि तरकारी, सिमी, बोडी, भटमास, केराउ आदि गेडागुडी तथा हरियो सागपात र फलफलहरू आदि सात्विक भोजन हुन् । ताजा, सुपाच्य र हल्का प्रकृतिका पदार्थहरूको शुद्ध र ताजा भोजन सात्विक भोजन हो । अत्याधिक चिल्लो, अमिलो, पिरो तथा मसालेदार भोजन राजसिक भोजन हो भने बासी, सडे–गलेको, दुर्गन्धयुक्त नशालु पदार्थहरूबाट बनेको भोजन तामसिक भोजन हो । तर ख्याल गर्नु पर्ने कुरा के भने उचित विधिविधान र नियमले सेवन नगर्ने हो भने सात्विक भोजन नै आफ्नो प्राकृतिक गुण गुमाएर राजसिक तथा तामसिक बन्न पुग्दछ । जस्तो कि शुद्ध चामलको ताजा भात सात्विक भोजन हो । तर बासी भात तामसिक भोजन हो । त्यस्तै हरियो सागपात सात्विक हो । तर बढी खुर्सानी तथा मसला हालेर बनाएको तरकारी राजसिक भोजन हो । 

 अर्को कुरा भोजन धेरै होइन, शरीरको आवश्यकता अनुसार खानु पर्छ । कोचीकोची खानु हुदैन । सफा पानी प्रशस्त मात्रामा पिउनु पर्छ । चियाकफी होइन, हर्बल पेय वा ग्रिनटी पिउने गर्नुपर्छ । चियापत्ती हालेको कालो चियाले पनि शरीरलाई फाइदा गर्दैन । यसको साथै बिहान सबेरै उठने कुनै न कुनै काम धन्दामा लागेर श्रमको पसिना बगाउने र राती चैनको गाढा निद्रामा सुत्ने हो भने मानिस स्वस्थ, तन्दुरुस्त र दीर्घायू हुने कुरा पक्का छ । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)

No comments:

Post a Comment