Sunday, April 26, 2020

हेल्थ फर्स्ट 

सेतो नूनदेखि सावधान
ओम बानियाँ  
नून मानव शरीरका लागि अति नै आवश्यक तत्व हो । तर, मानव शरीरमा नून निर्माणको कुनै जैविक प्रक्रिया नहुने हँुदा खाना मार्फत यसको परिपूर्ति आवश्यक हुन्छ । नून (सोडियम) सागपातगेडागूडी, फलफूल तथा अन्नहरुमा पनि प्रशस्त पाइन्छ । तर सदियौंदेखि स्वाद र स्वास्थ्यका लागि समुद्रि लवण (नून)लाई प्रयोग गर्ने प्रचलनले गर्दा हाम्रो मनमस्तिष्क यस्तो भएको छ कि नून बिना खानाको स्वाद नै हँुदैन । नून बिनाको दालतरकारी खाना कति गाह्रो हुन्छ भन्ने सबैलाई थाहा छ । त्यसैले अहिले नुन हाम्रो खानाको अभिन्न र अपरिहार्य अङ्ग बन्दै आएको छ । तर हिजोआज हामीहरुले व्यायाकरुपमा प्रयोग गर्दै आएको सेतो नूनको समुचित प्रयोग नगर्ने हो भने यो नून स्वास्थ्यका लागि निकै खतरनाक पनि हुन सक्दछ । तर, स्वास्थ्यको लागि कुन नून, दैनिक कति र कसरी खाने भन्ने विषयमा जनसाधारणमा अद्यापि प्रशस्त भ्रम र अन्यौल कायम रहेको छ ।


के हो सेतो नूनः
शरीरमा पोषक तत्व र उर्जाको सञ्चार, द्रवहरुको मात्रात्मक सन्तुलन, मस्तिष्क, फोक्सो, हृदय, कलेजो र मांशपेशी लगायतका शरीरका सबै अङ्गहरुका स्थुल र हजारौं सुक्ष्म कार्यमा प्राथमिक भूमिका खेल्ने नून निश्चित रुपले हाम्रो स्वस्थ जीवनको आधार पनि हो । तर, हामीहरुले दैनिक प्रयोग गर्ने सेतो नून प्रकृतिले हामीलाई सग्लो खाद्य पदार्थको रुपमा उपलब्ध गराएको ८४ ट्रेस मिनरल र माइक्रो न्यूट्रिएण्ट सहितको प्राकृतिक स्वास्थ्यवद्र्धक नून चाहीँ होइन । वास्तवमा भन्ने हो भने यो कृत्रिम नून हो । नक्कली नून हो । 

कसरी बन्छ सेतो नूनः
समुद्रको पानी वा प्राचिन नूनखानीबाट उत्खनन गरिएको सामुद्रिक लवणलाई कारखानामा १२०० देखि १५०० डिग्री फरेनहाइटको तापक्रममा सघन प्रसोधन र सेतो तुल्याउन व्लिचिङ् गर्ने क्रममा मानव शरीरलाई अत्यावश्यक म्याग्नेशियम, क्याल्सियम, पोटासियम, व्रोमाइड र रुविडियम समेतका सबै खनिज र पोषक तत्वलाई पन्छाएर केवल सोडियम (३९ दशमलव ५ प्रतिशत) र क्लोराइड (६० दशमलव ५ प्रतिशत) को संयोजनद्वारा यस्तो सेतो नून उत्पादन हुने गर्दछ । 

शुद्धता (रिफाइण्ड)को नाममा प्रकृति प्रदत्त सग्लो खाद्य वस्तुमा हुने कुनै पनि प्रकारको प्रशोधन आफैँमा प्राकृतिक नियमको विरुद्ध र मानव स्वास्थ्यको लागि निकै अहितकारीे हुन्छ, चाहे त्यो सेतो नून होस् वा चाहे त्यो सेतो चिनी वा अत्यधिक सेतो चामल वा मैदा होस् । प्रशोधनका अतिरिक्त यस्तो नूनमा आद्र्रता नआओस् वा नपग्लियोस् भन्नाका लागि अल्मुनियम हाइड्रोक्साइड र फेरो सायनाइड जस्ता एन्टी केकिङ्ग रसायनहरु मिलावट गरिन्छ जो स्वास्थ्यका लागि निकै घातक छन् । यस्तो नून अजैविक त हुँदै हो प्रकृतिले हाम्रो शरीर अनुकुल हुने गरी दिएको शुद्ध र प्राकृतिक स्वरुपको नभएर नक्कली वा कृत्रिम पनि हो । बितेका केही दशकदेखि संसारभर यही सेतो नून ज्यादै चल्तिमा छ । यही कारण संसारभर अनेक रोगहरु पनि बढ्दै गएको विषेशज्ञ बताउँछन् ।
 
खतरनाक सेतो नूनः 

हिजोआज उच्च रक्तचाप, ब्लड सुगर, आथ्र्राइटिस, मुटुको अनियमित चाल, विविध ≈दय रोग, दम, ब्रोङ्काइटिस र अन्य श्वास प्रश्वासका रोग, दीर्घ ग्यास्ट्राइटिस, महिलाहरुमा महिनावारी गडबडी (पी एम एस), अस्टियोपोरोसिस, डिप्रेसन, हृदयाघात, ऐड्रिनल फेटिग, कलेजोको रोग, मिर्गौला र पित्त थैलीमा पथ्थरी जस्ता रोगहरु अभुतपूर्व बढ्दै गएका छन् । यस्ता रोगहरु बढ्नुमा सेतो नूनको अत्याधिक सेवन पनि एक प्रमुख कारण भएको विशेषज्ञहरु बताउँछन् ।

नूनको सोडियम घटकको हाइड्रोफिलिक स्वभावले गर्दा यसले आफ्नो तौलको २० गुणा सम्म बढी पानी सञ्चय गर्न शरीरका कोषिकाहरुबाट पानीको मात्रा तानेर लिने हुँदा बढि नूनको सेवन पछि प्यासको स्वाभाविक अनुभुति साथै रक्त प्रवाहमा अत्यधिक जलसंचयले हृदयका धमनीहरुमा अतिरिक्त दवाव पर्न गई रक्तचापमा बृद्धि हुन सक्दछ । सोडियम अधिकताको कारण अनावश्यक पानी छानेर पेशावबाट निस्काशन गर्ने मृगौलाको कार्य क्षमतामा कमी आउन थाल्दछ र मृगौलाका समस्या हुंदै शरीर फुल्ने सम्म स्थिति बन्छ । त्यसमाथि सेतो नूनमा सोडियमलाई सन्तुलनमा राख्न प्रकृतिले दिई पठाएको म्याग्नेसियमलाई नूनको प्रशोधन र धुलाइकै बखत मिल्काइने र यस्तो नूनमा शरीरमा बचेखुचेको म्याग्नेसियमलाई समेत निषेध गर्ने रसायन हुने हुँदा धमनीहरुमा संकुचन आई रक्तचापमा अरु जटिलता थपिन्छन् । त्यसैले पनि यस्तो नूनको उपयोगलाई यथासक्य न्यूनतम गर्न सन् २००५ देखि डब्लु एएसएच(वास) कार्यक्रम थालनी भएको छ । र, हालसम्म ९५ देशका ५२७ संगठनहरु यस अभियानमा संलग्न छन् ।

कुन नून राम्रो ? 
जति पनि नूनका प्रकारहरु छन्, कुनै न कुनै समय समुद«कै पानीबाट तयार हुने समुद«ी लवण नै हुन् । सेतो नूनलाई जस्तो व्यापक धुलाई, प्रशोधन र केमिकल ट्रिटमेन्ट नगरी सामुद्रिक नूनलाई सिधै समुद्रको पानीलाई सुकाएर वा प्राचिन समुद्र सतह पुरिएर २५ देखि ५० करोड वर्ष पूर्व बन्न गएका भौगोलिक पकेटहरुबाट उत्खनन गरेर जस्ताको तस्तै उपभोक्ता बजारमा पु¥याइन्छ । यसर्थमा सबै समुद्री लवण प्राकृतिक लवण नै हुन् । यसमध्य पनि हिमालयको कराकोरम श्रृंखला अन्तर्गत हाल पाकिस्तानको पञ्जाव प्रान्तको खेवरा नूनखानीबाट उत्पादित सिधे नून गुणवत्ताको हिसावमा सबैभन्दा उच्च कोटिको नून मानिएको छ । सिन्ध क्षेत्रमा उपलब्ध हुने हुनाले यस नूनलाई सैन्धव वा सिधे नून भनिएको हो । यो नून मानव समाजको उत्पत्ति अघिकै उत्पादन हुनाले हालका हानीकारक औद्योगिक र अन्य रसायन, रेडियोधर्मी तत्व र प्रदुषणबाट सर्वथा मुक्त हुने कुरा एकातिर छ भने सोडियम क्लोराइडको मात्राको हकमा सेतो नूनको ९९ दशमलव ५ प्रतिशतको अपेक्षा यसमा ८७ प्रतिशत र बाँकी अवयव संरचनामा मानव शरीरलाई चाहिने २१ प्रकारका अनिवार्य र ३० प्रकारका सहायक खनिज तत्व सहित हाम्रो खानामा दुर्लभ हुँदै गएका फलाम, तामा, चाँदी, सुन र लिथियम जस्ता धातु वोनसको रुपमा मिल्ने हुँदा मानव स्वास्थ्यको लागि यो अत्यन्तै गुणकारी सावित हुन्छ । 

सिधै नूनमा सेतो नूनको तुलनामा सोडियमको मात्रा कम हुनाले मात्र श्रेष्ठ होइन कि यस्तो सोडियम हाम्रो शारीरिक आवश्यकता अनुरुप प्राकृतिक स्वरुपमा हुने हुँदा बायो एक्सेसिवल अर्थात् सहज ग्रहणयोग्य पनि हुन्छ । शरीरका बात, पित्त, कफ जनित त्रिदोषलाई समन गरी सात्विक भाव र स्वास्थ्य प्रवद्र्धन गर्ने हुँदा यसलाई नूनलाई नूनको राजा भनेर महर्षी सुश्रुतले इशापूर्व छैठौ शताब्दीमै आफ्नो संहितामा यसको उल्लेख गरेका छन् । त्यस्तै इ.पू. पाचौ शताब्दीको वौद्ध ग्रन्थ विनयपिटक र इ.पु. चौथौ शताब्दीको चरक संहितामा पनि यसको प्रशस्त गुणगान पाइन्छ ।  समुद्र लवणको रङ्ग उपलब्ध हुने स्थान र घटक खनिजको प्राधान्यताबाट प्रभावित हुन्छ । सिधेनून आइरन अक्साइडको प्राधान्यताले हल्का गुलावी, एट्लान्टीकको व्रिटानी समुद्र तटमा उपलब्ध फ्रेन्च (केल्टिक) समुद्र लवण हल्का खरानी वा वालुवाको रङ्गको, हवाइयन एलि नून रातो र अर्को हवाइयन कालो नून कोइलाको प्रभावले कालो रङ्गमा पाइने गर्दछ । समुद्र लवणका लाभहरुको पुरापुर आनन्द उठाउन यसलाई नपकाई भोजनका बखत दाल वा तरकारीमा मिश्रण गर्ने र एक पटकमा ३ औलाको चिम्टीमा आउने (१ चौथाई चिया चम्चा) वरावरको मात्रा उचित हुने वताइएको छ तापनि समुद्र लवणमा सोडियमको तह सेतो नूनमा भन्दा कम हुने हुदा शारिरीक अवस्था र स्वाद अनुसार थोरै मात्रात्मक हेरफेर गर्न भने सकिन्छ ।

नूनको राजा

महर्षी सुश्रुतले सिधे नूनलाई नूनको राजा भनेका छन् । उनका अनुसार सिधे नूनले शरीरको त्रिदोष ( बात, पित्त र कफ )लाई समन गरी सात्विक भाव र स्वास्थ्य प्रवद्र्धन गर्ने हुँदा यस नूनलाई उनले नूनको राजाको उपाधि दिएका हुन् । अमेरिकाका चर्चित चिकित्सक डा. डेविड व्राउन्स्टीनले पनि सिधे नूनलाई सर्वश्रेष्ठ नून भनेका छन् । उनका अनुसार सिधे नूनले उच्च र न्युन दुवै रक्तचाप सुधार गर्ने, रगतमा चिनीको मात्रालाई सन्तुलनमा  ल्याउने, कोषिकाको अम्लियता र खास गरी मस्तिस्क कोषिका (न्युरोन) मा सञ्चीत अम्ललाई हटाई शरीरलाई क्षारीय तुल्याउने, शरीरका यावत विकारहरुलाई निस्कासन गरी शरीरलाई शुद्ध तथा निर्मल गर्न सर्वोत्तम भुमिका निर्वाह गर्ने बताउँछन् । सिधे नूनले मुटुको चाललाई सामान्य गर्ने, शरीरका अन्तश्रावी ग्रन्थीहरुलाई दुरुस्त गर्ने, मस्तिष्कको कार्य कुशलता वृद्धि गर्ने, ब्याक्टेरियाको संक्रमणहरु रोक्ने, शरीरको रोगप्रतिरोध क्षमता मजबुत गर्ने, शरीरमा उर्जा, उत्साह र शौर्य ल्याउने, दम र व्रोङ्काईटिस जस्ता समस्याहरुमा आराम पु¥याउने, सेरोटोनिन र ट्रिप्टोमाइन जस्ता स्नायुरसायनहरु उत्पादन गरी स्नायुप्रणाली अनि मन र मस्तिष्कलाई समेत शान्ति र सितलता प्रदान गर्ने जस्ता अनेकौ स्वास्थ्य लाभ हुने कुरा नविनतम अध्ययन अनुसन्धानले पनि बताएको छ । त्यसैले सेतो नूनको ठाउँमा सिधे नून सेवन गर्ने हो भने अनेक रोगहरुबाट बच्नुको साथै अनेक स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।



पुछारमाः
सेतो नूनको लाभ अति नै न्यून छ । तर यसबाट स्वास्थ्यका लागि हानी भने धेरै छ । यसमा राखिएको आयोडिन पनि नेपालका सबै ठाउँ र मानिसहरुका लागि आवश्यक छैन । त्यसैले यस नूनको ठाउँमा सिधे नून प्रयोग गर्ने वा दैनिक ३ ग्राम भन्दा बढी यस नूनको सेवन नगर्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव देखिने पक्का छ । थाइरोइडिज्म, मुटुको रोग, हाइब्लड प्रेसर, मोटोपना, सुगर तथा किड्नी फेलियर आदिको समस्याहरु स्वतः कम हुनेछन् । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 








No comments:

Post a Comment