Monday, May 4, 2020

ब्रेन बाइट्स

ध्यानको मनोविज्ञान 
ओम बानियाँ 

ध्यान के हो ? ध्यानं निर्विषयं मनः अर्थात् मन (विचार) रहित अवस्था नै ध्यान हो । ध्यानको अवस्थामा मन हुँदैन, अमन हुन्छ । त्यसैले शब्दिक अर्थमा भन्नु पर्दा अमनको अवस्था नै ध्यान हो । ध्यानको अर्थ ज्यादै गहन र व्यापक छ, व्यवहारमा कुनै कार्य एकाग्रपर्वक गर्नुलाई ध्यान भनिन्छ । जस्तो कि शिक्षकहरूले विद्यार्थीलाई भन्ने गर्दछन्ः ध्यान दिएर पढ । ए १ तेरो ध्यान कहाँ छ ? त्यसैले व्यवहारमा एकाग्रता नै ध्यान हो । वसन्त कुमार शर्मा नेपालको नेपाली शब्द सागरमा ध्यानको अर्थ यस्तो छ, अद्वितीय वा अलभ्य वस्तुप्रति एकत्व भएर लाग्ने काम, त्यस्तो चित्त वृत्ति, चिन्तना, विचार मग्नता, कुनै एक चिजमा मन तल्लीन तुल्याएर लाग्ने काम वा भाव अवस्था, विचार गर्ने वा स्वीकार गर्ने मानसिक शक्ति, स्मृति, तल्लीनता, एकाग्रता, योगदर्शन अनुसार समाधिको पर्व अंग वा स्थिति ।

योगदर्शनका स्रष्टा महर्षि पतञ्जलिका अनुसार ध्यान योगको चौथो अंग हो । पतञ्जलि योगदर्शनमा उल्लेख छः “तत्र प्रत्ययैकतानता ध्यानम् ।।२।।” केवल ध्येय विषयको एउटै वृत्तिको प्रवाह रहनु, बीचमा अरू कनै वृत्ति नउठ्नु ध्यान हो । यस तथ्यबाट प्रष्ट हुन्छः

    अमन (स्टेट अफ नोमाइण्ड)को स्थितिमा रहनु ध्यान हो ।
    कार्यवृत्ति(वर्किङ स्टेट) मा काम गर्नु पनि ध्यान हो ।
    अध्ययन वृत्ति(लर्निङ स्टेट)मा पढ्नु पनि ध्यान हो ।

ध्यानको मनोविज्ञानः
मन र मस्तिष्क अलग अलग अंगहरु हुन् । मन मस्तिष्क जस्तो दृश्य छैन, अदृश्य छ । वास्तवमा मस्तिष्क हार्डवेयर हो भने मन सटवेयर हो । बे्रन बोस हो भने मन मालिक । तर ध्यानको अवस्थामा मन मालिक हँुदैन, या त मन नै हँुदैन या त मन दास हुन्छ वा एउटै कुरामा लागिरहन्छ । तपाईं अर्थात् तपाईंको चेतना मालिक हुन्छ । तपाई मालिक भएपछि मनलाई हलो जोताउन पनि सक्नुहुनेछ, किताब पढाउन पनि सक्नुहुनेछ, मनबाट टाढा परम चेतना (सपर कन्ससनेस)मा पनि पुग्न सक्नु हुनेछ । तर एउटा तथ्य प्रष्ट छ, कोही पनि मनको गाडी चढेर ध्यानमा पुग्न सक्दैनन्, पुग्छन् त विचार सागरमा पुग्छन्, स्मृतिको संग्रहमा जाकिन्छन् । यति मात्र कहाँ हो र ? मनले त निद्रामा पनि मानिसलाई सपना लोकमा पु¥याउँछ । यो अध्यानको अवस्था हो । यसको ठीक उल्टो स्थिति नै ध्यान हो । वास्तवा ध्यान सहज अवस्था हो, मन असहज अवस्था हो । मन आकाशको कालो बादल हो, ध्यान निलो आकाश हो । ध्यान स्वर्ग हो, मन नर्क हो । वास्तवमा मनदेखि माथि उठ्नु नै ध्यान हो ।

ध्यानको विधिः
भृकुटिमा होशलाई टिकाउनु ध्यानको एक सरल विधि हो । कुनै शब्द वा मन्त्रलाई मानसिकरूपमा उच्चारित गर्दै, विचार तरंगहरूलाई (भ्यालुसिटी अफ माइण्ड) कम गर्दै शून्य अवस्थामा पुग्नु पनि ध्यान हो । केही नगरी मौन बस्नु पनि ध्यान हो । ध्यानका सयौं विधिहरू छन् । विज्ञान भैरवतन्त्रमा ध्यानका ११२ विधिहरू उल्लेख छन् । विश्व चर्चित केही ध्यानका विधिहरू यस प्रकार छन्ः महर्षि महेश योगीको भावातीत ध्यान(टीएम) । श्री श्री रविशंकरको सुदर्शनक्रिया । ओशोको सक्रिय ध्यान । महात्मा बुद्धको विपश्यना ध्यान । डा. हरबर्ट बेंसनको द रिलेक्सेशन रिस्पोन्स आदि । 
  
ध्यानका फाइदाः
ध्यानका अनेक फाइदाहरु छन्, लाभै लाभहरू छन् । महर्षि महेश योगीले त भावातीत ध्यानद्वारा भावातीत चेतना(ट्रान्सिडेन्टल कन्ससनेस)मा सबै कुरा सम्भव हुने बताउँछन् । वास्तवमा ध्यानले मानिसलाई आफ्नो स्वाभाविक स्थिति (नर्मल लाइफ)मा पु¥याउँछ । तर संसारका ९९.९९ प्रतिशत मानिस आफ्नो सामान्य स्थितिमा जीउन सकेका छैनन् । त्यसैले त मानिसले आफ्नो मस्तिष्क शक्ति केवल ५–१० प्रतिशत सदुपयोग गर्न सकेका छन् । हुन त ध्यानको लक्ष्य भनेको परम चेतना (सुपर कन्ससनेस वा कस्मिक कन्ससनेस) को प्राप्ती हो, तर यो लामो प्रक्रिया हो । तर ध्यानले तुरून्तै फाइदा पनि दिन्छ, ध्यान गर्ने बित्तिकै मानिस गहन विश्राममा उत्रिन्छ, जब मानिसको मन–मस्तिष्कले विश्राम पाउँछ, शरीर पुनः रिचार्ज हुने गर्दछ । त्यसैले त महर्षी महेश योगीले भनेका नै छन्, हरेक  दिन ध्यान गरेर हेर, तिम्रो आन्तरिक शक्ति तथा मस्तिष्क शक्ति, दुवै अदभुतरूपमा बढ्ने छ । ध्यानद्वारा निश्चितरूपमा मानवीय सामथ्र्य बढ्छ नै, तर यसका थुपै्र स्वास्थ्य फाइदाहरू पनि छन् ।


ध्यानबाट शारीरिक, मानसिक तथा आध्यात्मिक लाभहरू प्राप्त हुन्छन् । ध्यान शारीरिक तथा मानसिक, थुप्रै रोगहरूको औषधि पनि हो । ध्यानबाट हुने केही लाभहरू यसप्रकार छन्ः तन–मनलाई गहन विश्राम प्राप्त हुन्छ । शारीरिक तथा मानसिक ऊर्जा बढ्दछ । मानिसले जीवन पर्यन्त ओजस्वी–तेजस्वी जीवन जिउन सक्दछ । स्नायु रसायनहरूको उत्पादन तथा क्रियाशिलता सन्तुलित हुन्छ । तनाव कम हुन्छ, चिन्ता तथा डिप्रेसन घट्दछ । राम्रो निद्रा लाग्दछ, जसले गर्दा बिहान उठ्दा शरीरमा एकदमै स्पूmर्ति आउँछ । आन्तरिक शान्ति, खुसी तथा आत्मविश्वास बढ्छ । सामाजिक सक्रियता बढ्छ, आपसी सम्बन्धहरू प्रगाढ हुन्छ । उमेर बढे पनि शरीर हट्टाकट्टा र जवान नै रहन्छ । शारीरिक तथा मानसिक, दुवै स्वास्थ्य ठीक रहन्छ । आन्तरिक संघर्षहरूबाट मुक्त समीकृत व्यक्तित्वको विकास गराउँछ । आत्मा–अनूभति गराउँछ । ध्यान मस्तिष्क शक्ति, स्मरणशक्ति तथा बौद्धिक शक्ति बढाउने सर्वोत्तम माध्यम हो । ध्यान नै ज्ञान हो । ध्यान बिना ज्ञान प्राप्त हुनै सक्दैन । यी कुराहरु वैज्ञानिकरुपमा नै पुष्टि भैसकेका छन् । 
ध्यानको शक्ति

ध्यानले मानिसलाई आफ्नो स्वाभाविक स्थिति (नर्मल लाइफ)मा पु¥याउँछ । तर संसारका ९९.९९ प्रतिशत मानिस आफ्नो सामान्य स्थितिमा जीउन सकेका छैनन् । त्यसैले त मानिसले आफ्नो मस्तिष्क शक्ति केवल ५–१० प्रतिशत सदुपयोग गर्न सकेका छन् । हुन त ध्यानको लक्ष्य भनेको परम चेतना (सपर कन्ससनेस वा कस्मिक कन्ससनेस) को प्राप्ती हो, तर यो लामो प्रक्रिया हो । तर ध्यानले तुरून्तै फाइदा पनि दिन्छ, ध्यान गर्ने बित्तिकै मानिस गहन विश्राममा उत्रिन्छ, जब मानिसको मन–मस्तिष्कले विश्राम पाउँछ, शरीर पुनः रिचार्ज हुने गर्दछ । त्यसैले त महर्षी महेश योगीले भनेका नै छन्, हरेक  दिन ध्यान गरेर हेर, तिम्रो आन्तरिक शक्ति तथा मस्तिष्क शक्ति, दुवै अदभुतरूपमा बढ्ने छ ।

पुछारमाः
अतः आधुनिक मानवीय जीवनमा ध्यानको ठूलो महत्व छ । ध्यानको यो महत्वलाई हृदयांग गर्दै हरेक दिन, बालबालिकादेखि बृद्धबृद्धाहरु सबैले, ध्यान गरेर ध्यानको ऊर्जालाई सदुपयोग गर्नु भनेको उच्च चेतनामा आनन्दमय जीवन जीउनु हो । त्यसैले योग–ध्यान गरौं, स्वस्थ र ज्ञानी बनौं । (लेखक मनोविद् हुन् ।)





No comments:

Post a Comment