Tuesday, April 14, 2020

 हेल्थ फर्स्ट 

सुपरफूड कुरिलो

ओम बानियाँ  

कुरिलो (एस्पैरागस अफिसिनैलिस, संस्कृतमा शतावारी) एक दिव्य वनस्पति हो । परापूर्वकालदेखि नै यसलाई एक आदर्श खाद्य पदार्थका रूपमा लिइदै आएको छ । कुरिलो नेपालको पहाडी क्षेत्रमा प्रशस्त्र मात्रामा पाइन्छ । हिजोआज यसको माग ह्वात्तै बढेकाले व्यावसायिक खेती गर्ने क्रम बढ्दो छ । कुरिलो खेतीबाट मनग्य आम्दानी पनि हुने गरेको छ ।


सुपरफूड कुरिलोः 

कुरिलो पोषक तत्वहरुको पावरहाउस हो । कुरिलो पौष्टिक, स्वास्थ्यवद्र्धक तथा शक्तिवद्र्धक हुनुको साथै औषधीय गुणहरुले भरिपूर्णको छ । सय ग्राम कुरिलोमा कार्बोहाइडेटः ३.८८ ग्राम, चिनीः १.८८ ग्राम, रेशाः २.१ ग्राम, बोसोः ०.१२ ग्राम, प्रोटिनः २.२० ग्राम, थाइमिनः ०.१४३ एमजी, राइबोफ्लेबिनः ०.१४१ एमजी, नायसिनः ०.९७८ एमजी, पैंटोथैनिक एसिडः ०.२७४ एमजी, भिटामिन बी ६ः ०.०९१ एमजी, फोलेटः ५२ युजी, भिटामिन सीः ५.६ एमजी, क्यालसियमः २४ एमजी, फलामः २.१४ एमजी, म्याग्नेसियमः १४ एमजी, फस्फरोसः ५२ एमजी, पोटासियम २०२ एमजी, जिंकः ०.५४ एमजी, म्यानिजः ०.१५८ एमजी पाइन्छ । त्यसैले यो सुपरपूmड हो । कुरिलो बालकदेखि बृद्धसम्म सबैलाई उपयोगी भएता पनि महिलाहरुको लागि बढी उपयोगी छ । वास्तवमा यो महिलाहरुको स्वास्थ्यका लागि अमृत हो । 

कुरिलो मेडिसिनः 
आयुर्वेदमा कुरिलोलाई बुद्धिबर्धक, अग्नीबर्धक, बात, पित्त, शोक अनि शुक्र दुर्वलता निवारक मानिन्छ । कुरिलो अनेकौं रोगहरुका लागि उपयोगी औषधि हो । औषधिका लागि कुरिलोको जरोलाई उपयोगमा ल्याइन्छ । हिन्दीमा कुरिलोलाई शतावरी भनिन्छ । शतावरीकै नामबाट बजारमा कुरिलोका औषधिहरु पाइन्छन् ।

महिलाको टनिकः 
कुरिलो महिलाको टनिक हो । स्त्री रोगहरुको प्रभावकारी औषधि हो । महिलाहरुको रक्त प्रदर, श्वेतप्रदर तथा महिनावारी गडबडी र स्तनजन्य रोग र स्त्री पुरुष दुबैमा यौन दुर्बलता हटाउन यसको जरा सुकाएर बनाएको चुर्ण दुधसंग सेवन गर्नाले अप्रत्यासित लाभ हुन्छ । कुरिलोको जराको चुर्ण दुधसंग सेवन गर्नाले सुत्केरीको दूःध उत्पादनमा बृद्धि हुन्छ । गर्भवती तथा सुत्केरी महिलाको लागि यो निकै उपयोगी हुन्छ ।

शतावरीको शक्ति

आयुर्वेद विशेषज्ञ राजिव दीक्षित भन्छन्ः महिलाहरुको जति पनि स्वास्थ्य समस्याहरु छन् । २३ । २४ । जति पनि छन् । ती सबै समस्याहरु एउटै औषधिले ठीक हुन्छन् । यस्तो अद्भूत औषधि हो, शतावरी (कुरिलो) । कुनै पनि गाइनो समस्याहरुमा शतावरीको चूर्ण गुढ वा बुरा वा मह वा दूःधसँग सेवन गरेर रामबाँण लाभ प्राप्त गर्न सकिन्छ । शतावरी नेत्रज्योति बढाउनका लागि पनि निकै उपयोगी छ । त्यसैले कमजोर आँखा भएका व्यक्तिले दिनहुँ दिनको दुई पटक, बिहानसाँझ भोजन पछि ५ देखि १० ग्राम शताबरी चूर्ण सेवन गर्ने हो भने नेत्रज्योति बढ्छ, चस्माबाट छुटकरा मिल्छ ।


ग्यास्ट्रो टनिकः
कुरीलोमा इनुलिन नामक एक प्रमुख कार्बोहाइड्रेट पाइन्छ । यो कार्बोहाइड्रेट आमाशय वा सानो आन्द्रामा नटुक्रिइकन सिधै ठूलो आन्द्रामा पुग्दछ र केही उपयोगी ब्याक्टेरियाहरूको लागी राम्रो पोषण तत्वको रूपमा कार्य गर्दछ । जसले गर्दा धेरै पोषण तत्व शरीले शोषण गरी लिन सक्ने हुन्छ । यसबाट एलर्जीको जोखिम कम हुने र कोलोन क्यान्सरको जोखिम कम हुने चिकित्सकहरु बताउँछन । कुरिलो फाइबर र प्रोटिनमा पनि धनी छ । यसमा समावेश भएको फाइबरमा अघुलनशील फाइबरको मात्रा २ भाग र  घुलनशील फाइबरको मात्रा १ भाग हुन्छ । फाइबर र प्रोटिन दुवैले हाम्रो पाचन प्रणालीलाइ स्वस्थ राख्न र मललाई बाहिर फ्याँक्न मद्दत गर्छ ।  

हर्ट टनिकः 

कुरिलो हृदय स्वस्थ राख्न र मधुमेह नियन्त्रणका लागी निकै उपयोगी हुने देखाएको छ । कुरीलो भिटामिन—बीहरूको श्रोत हो । यो फोलिक एसिड, भिटामिन बी १ र भिटामिन बी २ को एक उत्कृष्ट स्रोत हुनुका साथै नायसिन, क्लोरिन भिटामिन बी ६ र पान्टोथेनिक एसिडको पनि धेरै राम्रो स्रोत हो । यसले स्वस्थ रगतमा चीनी व्यवस्थापनका लागि महत्वपूर्ण भूमिका खेल्छ । भिटामिन बीले शरीरमा भएको सुगर र स्टार्चको मेटाबोलिजममा प्रमुख भूमिका खेल्ने मात्र हैन यसले होमोसिस्टीनको नियन्त्रणमा पनि प्रमुख भूमिका खेल्छ । त्यसैले यो हृदय स्वास्थ्यमा महत्वपूर्ण मानिन्छ । त्यो किनभने होमोसिस्टीन एक यस्तो एमिनो एसिड हो जुन हाम्रो रगतमा अत्यधिक मात्राका भएमा हृदय रोगको जोखिम निम्त्याउँछ । यसमा रहेको घुलनशील फाइबरको कारणाले हृदय रोगको जोखिम कम गर्नुका साथै एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट एजेण्टले टाइप २ मधुमेहलाई पनि कम गराउँदछ ।

एंटीक्यान्सर एजेण्टः

कुरिलोमा एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट पोषक तत्वको संरचना हुने हुँदा यसलाइ क्यान्सरको जोखिम कम गर्ने पदार्थको रूपमा लिइन्छ । पुरानो, अत्याधिक सुनिंने र औक्सीडेंटीभ तनावहरू अनेक प्रकारको क्यान्सरहरूको कारण बन्न सक्दछन् । त्यस्ता कारणहरूबाट हुने क्यान्सरको जोखिम यसको सेवनले कम गर्छ । विभिन्न समयमा मुसाहरूमा गरिएका अनुसध्यानहरूले पनि यसको पुष्टी गरिसकेको छ ।

एंटीइन्फ्लामेटोरी एजेण्टः
कुरिलो एंटीइन्फ्लामेटोरी र एंटीऔक्सीडेंट जस्ता तत्वहरूको भएको औषधिजन्य वनस्पति हो । अत्यधिक र अनावश्यक रूपमा सुनिंने रोगहरूको जोखिम कम गर्न समेत महत्वपूर्ण भूमिका खेल्दछ । यसले एंटीइन्फ्लामेटोरी तत्वहरूको अलावा भिटामिन सी, बिटाक्यारोटिन, भिटामिन ई र खनिजहरू (मैंगनीज र सेलेनियम) सहित एंटीऔक्सीडेंट पोषक तत्वहरू प्रदान गर्दछ । 

बालबालिकाको टनिकः

कमजोर, दुब्लोपातला बालक, नेत्रज्योतिको कमी, शारीरिक तथा मानसिक विकासमा कमीमा कुरिलो निकै उपयोगी छ ।  

बडीबिल्डर कुरिलो

कुरिलोले कमजोरीलाई भगाउँछ । ताकत बढाउँछ । तौल बढ्न सहयोग गर्दछ । जब कुरिलोलाई बुरासँग मिलाएर अश्वगन्धासँग सेवन गरिन्छ तब त्यो शरीरको लागि स्वभाविकरुपमा भन्दा एकदमै फाइदाजनक सावित हुन्छ । विशेषगरी आफ्नो शरीर बनाउन जिम जाने व्यक्तिको लागि यो नभई नहुने खाद्य तत्व हो ।  कुरिलो र अश्वगन्धमा धेरै मात्रामा प्रोटिन पाइन्छ जुन माशंपेशीलाई मजबूत बनाउन एकदमै सहयोगी हुन्छ र त्यसमा भएको जिङ्क तत्वले छालालाई निखार्ने काम गर्छ । यी दुई तत्व एकै साथ सेवन गर्नाले शरीरमा मेटाबोलिजमको मात्रा बढ्छ र यसले शरीर सुडौल बनाउन र लम्बाइ बढाउन सहयोग पुराउँछ । 



सेवन विधिः
कुरिलोलाई दुई तरिकाले सेवन गर्ने गरिन्छ । तरकारीका रुपमा र औषधिका रुपमा । तरकारीका लागि यसको टुसालाई उपयोगमा ल्याइन्छ भने औषधिका लागि विशेष गरेर जरो र पातलाई उपयोगमा ल्याइन्छ । कुरिलोको क्याप्सुल, टेबलेट, चुर्ण तथा सिरप बजारमा पाइन्छ ।

पुछारमाः
अतः कुरिलोलाई मानिसको लागि प्रकृति दिव्य बरदान हो । यो बहुगुणी कुरिलो पौष्टिक र औषधीय गुणहरुले भरिपूर्ण छ । त्यसैले उचित तरिकाले कुरिलो सेवन गरेर शरीरलाई स्वस्थ र मजबुत बनाउन सकिन्छ । अनेक रोगहरुलाई टाढा भगाउन सकिन्छ । हरेक मानिसको चाहना पनि त यही हो । यसतर्फ सबैको ध्यान जाओस् । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद हुन् ।) 












Monday, April 13, 2020

ब्रेन बाइट्स

सक्षम नेताका गुण
ओम बानियाँ 

कुनै पनि राष्ट्र वा संघसंस्थाको प्रगति तथा समृद्धिका लागि सक्षम नेतृत्व आवश्यक हुन्छ । सक्षम नेतृत्व त्यस्तो नेताले दिन सक्छ, जसको हृदयमा ईमानदारीता र मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता हुन्छ । यस्ता गुणहरु भएका नेता नै सक्षम नेता हुन् ।  सक्षम नेता नै हरेक राष्ट्र वा संघसंस्थाको आवश्यकता हो । त्यसैले नागरिक तथा संघसंस्थाका सदस्यहरुले नेता चुन्दा नेतामा यि दुई गुणहरु छ कि छैन हेर्नुपर्छ ।



के हो भावनात्मक बुद्धिमत्ताः
आफ्नो क्षमता र अरुको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकुल परिस्थितिहरुमा पनि होशह्वास नछोडिकन दूरदर्शी निर्णय गर्न सक्ने, कठिनाइहरुमा औसर खोज्न सक्ने, आफूलाई आफैंले उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धको भावनाहरूको तालमेल गर्नसक्ने खूबी नै भावनात्मक बुद्धिमत्ता हो। 

प्रसिद्ध लेखक तथा जीवनमा भावनात्मक बुद्धिमत्ताको  विषयमा वर्षौदेखि शोध गर्दै आएका शोधकर्ता प्रा. डेनियल गोलमैनको भनाइ छ, बुद्धिमत्ता समर्थता त्यो अश्वशक्ति हो, जसले मानिसको मस्तिष्कलाई सफलताको चुचुरोमा पुग्ने आत्मविश्वास, शक्ति र सामथ्र्य दिन्छ । बुद्धिलब्धी (आई. क्यू.) ठूला–ठूला शैक्षिक योग्यता तथा प्राविधिक विशेषताहरूभन्दा बढी महत्वपूर्ण हुन्छ, भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) ।  कठिन, असहज तथा विषम परिस्थितिमा बुद्धिको भन्दा पनि भावनात्मक समर्थताको महत्वपूर्ण भूमिका हुन्छ, जुन मस्तिष्कले भावनात्मक समर्थता प्रर्दशन गर्न सक्छ, उसले जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाल्न सक्दछ । विगत लामो समयदेखि वैदेशिक नांगो हस्तक्षेप र समस्या नै समस्याहरुको चक्रव्यहूमा परेको हाम्रो देश नेपाललाई चाहिएको नेता पनि यस्तै होइन र ?

आई. क्यू. र ई. क्यू.:
बुद्धिलब्धी (आई. क्यू.) र भावनात्मक बुद्धिमत्ता (ई. क्यू.) फरक फरक मानसिक क्षमताहरु हुन् । साधारणतया जुन व्यक्तिको स्मरणशक्ति तथा आई.क्यु. बढी हुन्छ, त्यो व्यक्तिले पढाइलेखाइमा राम्रो गर्न सक्छ । तर आई.क्यु. बढी भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गरेका सबै व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका प्रर्दशन गर्छन् भन्ने छैन । डा. बाबुराम भट्टराई यसको ज्वलन्त उदाहरण हुन् । यसको ठीक विपरित आई.क्यु. कम भएका तथा उच्च शैक्षिक सफलता प्राप्त गर्न नसकेका कतिपय व्यक्तिले उच्च पेशागत दक्ष्यता वा प्रभावकारी नेतृत्वदायी भूमिका निभाउन सक्दछन् । हाम्रो वरिपरि यस्ता हजारौं उदाहरणहरु छन् । यसको कारण के हो ? यसको प्रमुख कारण हो, आई.क्यु. भन्दा बढी महत्वपुर्ण हुन्छ, ई.क्यु. (इमोसनल कोसेन्ट अर्थात् भावनात्मक बुद्धिमत्ता), स्मरणशक्ति भन्दा बढी महत्वपुर्ण हुन्छ, बौद्धिक स्मरणशक्ति (इन्टेलिजेन्स मेमोरी ।)

बौद्धिक स्मरणशक्तिः
मानिसको सामान्य स्मरणशक्ति उसको चेतन प्रक्रियासँग सम्बन्धित हुन्छ, जसको मानिसलाई प्रत्यक्ष अनुभव हुन्छ, विशेषतः यो स्मरणशक्तिले कार्य नगर्दाको अवस्थामा ! यो हाम्रो सामान्य स्मरणशक्ति हो, जसले ठीकसँग कार्य गरेन भने बिहान राखेको पर्स वा चाबी कहाँ राखियो भन्ने कुरा बिर्सन सकिन्छ । यसप्रकारको स्मरणशक्तिको दैनिक जीवनमा महत्व त हुन्छ, तर यो भन्दा पनि बढी महत्वपूर्ण छ, मानिसको बौद्धिक स्मरणशक्ति !

किन मानिसले आफुले जति छिटो र तर्कपूर्ण ढंगले सोच्न सक्थें, त्यसरी सोच्न नसकेको गुनासो गर्छन् ? किन मानिसले साथीसंगी तथा आफन्तलेझैं सवालजवाफ गर्न, समस्या समाधान गर्न, चुटकिला भन्न तथा तर्क अगि सार्न पछि परेको महसुस गर्छन् ? अरुले जवाफ दिएपछि ए, हो त नी, यो कुरा मलाई पहिला किन आएन ? मैले किन यस्तो अनुमान गर्न सकिनँ ? मैले किन यस्तो सोच्न सकिनँ ? भन्ने पछुतो गर्छन् ? अतः उपर्युक्त सबै कुराहरू बौद्धिक स्मरणशक्तिसँग सम्बन्धित छन् ।

बौद्धिक स्मरणशक्ति, यस्तो स्मरणशक्ति हो, जसले सृजनात्मक विचार र सामान्य स्मरणका अंशलाई सँगसँगै, एकाकार बनाएर स्मृतिमा ल्याउँछ । बौद्धिक स्मरणशक्ति विचार तथा जुक्तिका साथसाथ एक मानसिक प्रक्रिया हो, जसलाई सृजनशील वा बौद्धिक सोच भन्ने गरिन्छ । बौद्धिक स्मरणशक्तिले मानिसको बृद्धिमत्ताका लागि ऊर्जाको कार्य गर्छ । यसले मानिसलाई छिटो समस्या समाधान गर्न तथा सृजनात्मक ढंगले सोच्न सहयोग गर्छ । वास्तवमा यही स्मरणशक्तिले नै मानिसलाई स्मार्ट र सफल बनाउँछ । त्यसैले बौद्धिक स्मरणशक्तिलाई सफलताको मुटु मान्न सकिन्छ । 

अतः मस्तिष्कमा भावनात्मक बुद्धिमत्ता र बौद्धिक स्मरणशक्ति तथा हृदयमा इमानदारीता भएको व्यक्ति नै जस्तोसुकै परिस्थितिमा पनि समस्याहरूको निक्र्याैल निकाल्न सक्ने एक सक्षम नेता बन्न सक्दछ । राष्ट्रलाई समृद्धशाली बनाउन यस्तै नेतृत्वको आवश्यकता पर्छ । त्यसैले जुन व्यक्तिसँग भावनात्मक बुद्धिमत्ता तथा बौद्धिक स्मरणशक्ति कम छ, त्यो व्यक्ति नेता बन्नु नै हुदैन । नागरिकले यस्ता व्यक्तिलाई नेता मान्नु नै हँुदैन । त्यो किनभने यदि नेतासंग इमानदारीता भएन भने राजनीति बेइमान हुन्छ, राजनीतिमा अपराधिकरण बढ्छ, राष्ट्रियता कमजोर हुन्छ, देशको स्थिति सुकेनाशेले खाएको विरामी जस्तो हुन्छ । अर्को शब्दमा भन्ने हो भने देशको स्थिति नेपालको जस्तो हुन्छ । 

नेताको परीक्षाः
राजनीतिमा नेताको वास्तविक परीक्षा भनेको नै सत्ता हो । विद्रोह वा प्रतिपक्षको आन्दोलन भनेको सेन्टअप जस्तै हो । जव कुनै पार्टी विद्रोह, आन्दोलन वा प्रतिपक्षबाट सत्तामा पुग्छ, अनि उसको फाइनल परीक्षा शुरु हुन्छ । अतः सेन्ट अपमा जतिसुकै धेरै अंक ल्याएको भएता पनि नेपालका हरेक नेता यही फाइनल परीक्षामा फेल भएको लामो इतिहास छ । यसरी नेतृत्व असफल हुनुको प्रमुख कारण भनेको नै इमानदारीता र भावानात्मक बुद्धिमत्ताको अभाव हो । पटक पटक फेल भएका नेतालाई पुनः पुनः सत्तामा पराउनु नागरिकको भयानक कमजोरी हो ।


सुधार सम्भवः
मनोविज्ञानमा एउटा प्रविधि छ, जसलाई मोडलिङ भनिन्छ । यस प्रविधि रामले कुनै कार्य गर्न सक्छ भने श्यामले पनि त्यो गर्न सक्छ भन्ने सिद्धान्तमा आधारित छ । यसैको आधारमा भावनात्मक सक्षमताहरू सिक्न र आफूमा विकास गर्न सकिन्छ । यसका लागि सम्बन्धित पेशामा उच्च दक्षता प्राप्त गर्नका लागि कस्तो किसिमको सक्षमताहरू आवश्यक हुन्छ, सो अवगत गर्न सर्वप्रथम त्यो पेशामा संलग्न प्रसिद्ध मानिसहरूलाई हेर्नुपर्दछ । उनीहरूले आफ्नो पेशामा कस्तो सक्षमता प्रदर्शन गरेका छन्, त्यो निर्धारण गर्नुपर्दछ । र, त्यो सक्षमता आफुमा विकास गर्न अग्रसर हुनुपर्दछ ।  तर नेपाल र नेपाली नागरिकको बिडम्बना नेपालका कुनै पनि नेता यस दिशातर्फ अग्रसर भएको देखिदैन । त्यसैले जुन नेता जति पटक सत्तामा पुगे पनि उही अक्षम शेर बहादुर सावित हुन्छन् । 

अन्तमाः
अतः कुनै पनि महान् कार्य गर्न वा सफलतापुर्वक सत्ताको नेतृत्व गर्न इमानदारिता र भावनात्मक समर्थता आवश्यक हुन्छ । र, एक समर्थ नेतृत्वको सत्ताले नै सफलतापुर्वक राष्ट्रको नेतृत्व गर्न सक्दछ र देशलाई चमत्कारिक ढंगले जमिनबाट अकाशमा पुराउँछ । थुप्रै राष्ट्रहरु यसरी नै समृद्धिशाली भएका छन् । त्यसैले सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नेहरूले आफूमा तनमनकासाथ यस्तो भावनात्मक समर्थता विकास गर्नेतिर लाग्नु पर्दछ । इमानदार राजनीति गर्नुपर्छ वा यस्ता गुणहरु भएका व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । यहाँ जनसाधारणले बुझ्नु पर्ने कुरा के भने भीडमा चर्का छेपारे नारा दिने, जोड्न भन्दा तोड्नतिर लाग्ने, सधैँ होचुवा ठूला–ठूला कुराहरू गर्ने, रीस उठ्ने बित्तिकै गोलीको भाषा बोल्ने, समस्याको दूरदर्शी समाधान खोज्ने होइन, झन् समस्या थप्ने, जसरी भएपनि सत्तामा पुग्ने अभिष्ट राख्ने, सत्तामा पुगेपछि जसरी भए पनि टिकीरहने, पावर र पैसालाई सबकुछ ठान्ने व्यक्ति बेइमान र अक्षम नेता हो । यस्तो सोच, शैलीको अक्षम नेताहरुबाट सुन्दर, शान्त र समृद्ध नेपालको परिकल्पना गर्नु बेकार छ । (लेखक मनोविद् हुन् ।)

















Sunday, April 12, 2020

हेल्थ फर्स्ट 
हेल्थ फर्स्ट 
नयाँ वर्ष २०७७ को संकल्प
ओम बानियाँ

मानिसको सबै भन्दा ठुलो धन भनेको नै स्वास्थ्य हो । स्वास्थ्य भए सबकुछ छ, स्वास्थ्य नभए केही पनि छैन । यो कुरा कोरोना भाइरसको महामारीले पनि पुष्टि गरिदिएको छ । त्यसैले हरेक व्यक्तिले मात्र होइन, संसारका हरेक राष्ट्रले समेत 'हेल्थ फर्स्ट' भावनालाई व्यबहारमा उर्तानु पर्ने खाँचो देखिएको छ । त्यसैले नयाँ वर्ष २०७७ साललाई हेल्थ फर्स्टको संकल्पका रुपमा मनाऔं । नयाँ वर्ष- २०७७ को मंगलमय शुभकामना । 



नेक वैज्ञानिक अध्ययनहरुबाट प्रमाणित भैसकेको छ कि मानिसको स्वास्थ्यमा आहारबिहार अर्थात् जीवनशैलीको महत्वुपर्ण भुमिका रहन्छ । खराव जीवनशैली अनेक रोगहरूको प्रमुख कारण हो भने स्वस्थ जीवनशैली आरोग्य जीवनको आधार मात्र नभएर रोगहरूको औषधि पनि हो । त्यो किनभने खराब जीवनशैलीका कारण ९० प्रतिशत रोगहरू पैदा हुन्छन् भने स्वस्थ जीवनशैलीबाट नै ९० प्रतिशत रोगहरू ठीक हुने गर्छन् । मधुमेह, उच्च रक्तचाप, मुटुका रोग तथा मानसिक रोग(नकारात्मक सोचका कारण) जस्ता डरलाग्दा रोगहरु अनुचित जीवनशैलीकै उपज हुन् । र, यस्ता रोगबाट मुक्त हुन आफ्नो जीवनशैली परिवर्तन गर्न आवश्यक छ । औषधि विकल्प हुन सक्दैन ।

चना र मकैझैं मुठीभरि औषधि खाएर मात्र कुनै हालत्मा पनि यस्ता रोगहरुबाट मुक्त हुन सकिदैन । त्यसैले स्वस्थ र निरोगी जीवनकालागि आफ्नो जीवनशैली ठीक राख्न अत्यन्तै जरुरी छ । महत्वपूर्ण कुरा के भने स्वस्थ जीवनशैलीकालागि एक पैसा पनि खर्च गर्नु पदैन् । आहार–विहार ठीक राखे पुग्छ । तर यहाँ आहारको अर्थ व्यापक छ । मुख र जिब्रोले लिने खाद्य पदार्थलाई मात्र आहार मान्नु हुदैन  । आहारको अर्थ हुन्छ, बाहिरको चिज शरीर भित्र लिनु । जेसुकै कुरा पनि हामीले बाहिरबाट भित्र लिन्छौं भने त्यो आहार हो । भोजन आहार हो,  जसलाई हामीले मुख र जिब्रोद्वारा भित्र लिन्छौं । तर आँखाद्वारा पनि हामीले बाहिरको दृश्यहरू भित्र लिन्छौं । दृश्य पनि आहार नै हो । कानले लिने आवाज, त्वचाले लिने स्पर्श तथा मनले सीधै ग्रहण गर्ने विचार र कल्पना पनि आहार नै हो । 
 नसर्ने रोगको महामारी

नेपालमा अस्पतालमा भर्ना भएका सय जना विरामी मध्य ८५ जना नसर्ने रोगबाट पीडित भेटिन्छन् । नसर्ने रोग हाम्रै जीवनशैली, आचार र व्यवहारसँग सम्बन्धित छ । मद्यपान तथा धुम्रपान गर्ने, सन्तुलित आहार नखाने, व्यायाम नगर्ने तथा बेला बेलामा स्वास्थ्य परीक्षण नगर्ने कारणले गर्दा नै नेपालमा नसर्ने रोगको महामारी फैलिएको हो । नेपालमा मद्यपान र धुम्रपानको स्थिति निकै कहालीलाग्दो छ । नेपालका ५० प्रतिशत पुरुषले धुम्रपान गर्छन् भने सात जना नेपाली महिला मध्य एक जनाले धुम्रपान गर्ने गर्ने तथ्यांक छ । नेपालमा एकातिर खाना नपुगेर तीन मध्य एक मानिसको शारीरिक विकास हुन सकेको छैन भने अर्कोतिर २० प्रतिशत मानिस बढी खाएर तथा व्यायाम नगरेर मोटाएका छन् । यी दुवै थरिका मानिसहरुमा नसर्ने रोगहरुको प्रकोप छ । विश्व स्वास्थ्य संगठनले गरेको एक सर्वेक्षणमा नेपालमा फलफूल र सागपात खाने जम्मा एक प्रतिशत भेटिए । अर्थात् एक प्रतिशतले मात्रै सन्तुलित आहार खान्छन् नेपालमा । यो नपुगेर मात्र होइन, नचाहेर पनि हो । यसरी खानुपर्ने चिज नखाने, नखानुपर्ने चिज धेरै खाने हो भने कसरी भइन्छ स्वस्थ ?

गलत विचारको आहारले नै अधिकांश मानसिक रोगहरु पैदा हुन्छ । त्यसैले त भनिन्छ, जस्तो खान्छौं, उस्तै हुन्छौं । त्यसैले आहारको यो महत्वलाई ह्दगंम गर्दै स्वस्थ जीवनकालागि निम्नलिखित चार कुराहरूमा विशेष ध्यान दिनु अनिवार्य छ । ती हुन्, (क) सन्तुलित भोजन (ख) शुभाचरण (ग) निद्रा–विश्राम (घ) शुभविचार ।  यो नै स्वस्थ जीवनशैली हो । यस्तो स्वस्थ जीवनशैलीलाई व्यवहारमा उर्तान निम्नलिखित स्वस्थकर नियमहरुको पालना गर्नुपर्छ । 

पहिलो नियमः 

बिहान सुर्योदयपूर्व वा ब्र≈म मुहूत्र्तमा उठ्ने बानी बसाल्ने । उठ्नासाथ एकदुई गिलास शुद्ध पानी (कब्जियतले दिसा खलास हुदैन भने मनतातो पानी) पिएर बाथरुम जाने । दिसापिसाब तथा स्नान गर्ने । दैनिक रुपमा, नसके कम्तिमा पनि सप्ताहको एक दिन स्नान गर्नुपूर्व तोरीको तेल या तिलको तेल या जैतुनको तेलले सम्पूर्ण शरीर मालिस गर्ने । अनि सफासुग्घर लुगा लगाएर शान्त, सफा र खुल्ला ठाउँमा बसेर प्राणायाम, ध्यान तथा योग आसनहरू गर्ने । सकिन्छ भने दिनहु ५ किलोमिटर हिँड्ने या दौडिने । कम्तिमा पनि महिनाको एक पटक उपवास बस्ने । 

दोस्रो नियमः 
आफ्नो काम पूरा लगनकासाथ गर्ने । परिश्रम अनुसार विश्राम गर्ने । अति भोगविलास नगर्ने । बिबाहित भए सप्ताहमा एकदुई पटक सहवास गर्ने । समयमै सन्तुलित भोजन खाने, समयमै सुत्ने र समयमै उठ्ने बानी बसाल्ने । गहिरो र पर्याप्त निद्रा लिने । सधैँ सत्य, प्रिय र हितकारी वचन बोल्ने । फटाहा कुरा नगर्ने, कटुवचन नबोल्ने । अरुबाट जस्तो विनम्र व्यवहारको अपेक्षा गरिन्छ, अरुलाई पनि त्यस्तै विनम्र व्यवहार गर्ने । फजुलखर्च नगर्ने, जुवातास नखेल्ने, व्यभिचार तथा अनावश्यक फेसनमा धन र समय खेर नफाल्ने । 

तेस्रो नियमः 
घुस खाने तथा भ्रष्टाचार गर्ने जस्ता कुकृत्यहरू नगर्ने । जस्तोसुकै आपत्–विपत्मा पनि मनको धैर्यतालाई कहिल्यै टुट्न नदिने, हिम्मत र हौसला बनाइराख्ने । ठूलाको आदार, असलको संगत र सानालाई  माया गर्ने । सदैव सत्य, अनुशासन र न्यायको मार्गमा हिँड्ने । अन्याय र असत्यका अगाडि कहिल्यै नझुक्ने । जातपात, भेषूभषा मत–सम्प्रदाय, लिंग, वर्ण र पेशा आदिको आधारमा कसैसँग पनि भेदभाव तथा पक्षपातपूर्ण व्यवहार नगर्ने । 

चौथो नियमः
देशको संविधान र कानूनको पालना गर्ने । देशलाई अहित हुने कुनै काम नगर्ने । सरल र सरस जीवन जिउने ।  घर सफासुग्घर राख्ने । घरको वरिपरि फलफूलहरू रोप्ने । घरलाई फूलवारी बनाउने । घर बनाउँदा यसरी बनाउने कि बिहान सूर्यको प्रकाश घरभित्र छिरोस् । बेडरुममा अनावश्यक सामाग्रीहरू नराख्ने । भित्तामा उत्तेजक तस्विर तथा धेरै भित्तेपात्रोहरू नझुण्डाउने । बिछयौना सधैँ सफासुग्घर राख्ने । लुगाहरू जताभावि नफाल्ने, मिलाएर राख्ने । च्यात्तिएका लुगालाई नष्ट गर्ने भने अनावश्यक लुगाफाटाहरू अरुलाई दिने । अध्ययन कोठामा किताबहरू मिलाएर राख्ने । च्यात्तिएका किताबहरूलाई पुनः बाइण्डिङ गरेर राख्ने । नचाहिने किताबहरू अरुलाई दिने । टुटेफुटेका कुनै पनि सामाग्रीहरू कोठामा नराख्ने । पत्रपत्रिकाहरूलाई यत्रतत्र नफाल्ने । सधँै हलुका यात्रा गर्ने । 

पाँचौ नियमः
जीवनको एक महान् लक्ष्य बनाउने र त्यो लक्ष्यमा अर्जुनदृष्टि साँधी अगाडि बढ्ने । मेहनतको पसिना बगाउने र अनि चैनको निद सुत्ने । बेला बेलामा स्वास्थ्य परीक्षण गराउने । यो नै स्वस्थ जीवनशैली हो । यस्तो जीवनशैली अपनाउने मानिसको जीवन नै स्वस्थ र सुखी हुन्छ । नागरिक स्वस्थ, सवल र सुखी भएमा नै देश शान्त र समृद्धिशाली बन्दछ । (लेखक मनोविद् तथा पोषणविद् हुन् ।)





Saturday, April 11, 2020

हेल्थ फर्स्ट
मोरिंगा मेडिसिन
ओम बानियाँ 

मोरिंगा अर्थात सितलचिनी । बहुउपयोगी वनस्पती हो । यो दिव्य वनस्पति हिजोआज संसारका विकसित मुलुकहरुमा निकै चर्चित छ । तर, नेपालमा भने निकै अपहेलित । नेपाली समाजमा यदाकदा मात्र यसको कोशालाई तरकारीका रुपमा प्रयोग गरिन्छ । सितलचिनीको वनस्पतिक नाम मोरिंगा ओलिफेरा हो भने यसको कोसा ड्रम पिट्ने लट्ठी जस्तो भएकोले अंग्रेजीमा यसलाई ड्रम स्टिक भनिन्छ । मोरिंगा पनि भनिन्छ । मोरिंगालाई विभिन्न ठाउँ र समाजमा विभिन्न नामहरुले चिनिन्छ । नेपालको तराईतिर यसलाई सहजन, सोहिजन, सैजन तथा मुनगा आदि नामले चिनिन्छ भने मध्य पहाडी भेगमा सितलचिनीको नामले चिनिन्छ । 

सुपरफूड मोरिंगाः
मोरिंगा औषधीय गुणले भरिपूर्ण बहुउपयोगी वनस्पती हो । यसको फूल, पात, फल, बोक्रा, डाँठ तथा जरा सबैथोक जीवन उपयोगी हुन्छन् । त्यसैले मोरिंगालाई संसारभर एक चमत्कारी तथा निकै जिवन उपयोगी जडिबुटिको रुपमा लिने गरिन्छ । मोरिंगामा मानव शरिरलाई आवश्यक पर्ने ९० भन्दा बढि किसिमका पोषण तत्वहरु र ४६ किसिमका एन्टी अक्सिडेन्ट पाइन्छ । मोरिंगा अण्डा ,दुध, माछा जस्ता धेरै पोषणयुक्त भनिएका खाद्यपदार्थहरु भन्दा पनि धेरै पोषण र खाद्यपदार्थले भरिएको हन्छ । यसको पातमा गाँजरमा पाइने बीटाकेरोटीन भन्दा बढी, सुन्तलामा भन्दा बढी भिटामीन सी, दूधमा भन्दा बढी क्यालसीयम, पालुङोमा भन्दा बढी फलाम एबं केरामा भन्दा पोटासियम पाइन्छ । मोरिंगा संसारको बढी पोषिलो वनस्पतीहरु मध्य एक हो । वास्तवमा मोरिंगा पौष्टिकताको पावरहाउस हो । यसमा प्रचुर मात्रामा औषधीय गुणहरु समेत हुने हँुदा यो विश्व कै एक प्रमुख सुपरफूड मानिन्छ । 

मोरिंगाको उपयोगः 
संसारको सबैभन्दा तागतिलो पूरक आहार मोेरिंगालाई अनेक तरिकाले उपयोगमा ल्याएको पाइन्छ । परंपरागत रुपमा संसारका धेरै ठाउँहरुमा यसका कलिलो नरम फल (कोसा) तथा पात तरकारीका रुपमा खाने गरिन्छ । कलिलो गेडा हरियो केराउको परिकार बनाएझैं प्रयोग गरिन्छ । यसको पाकेको बीउबाट उत्तम किसिमको तेल निकालिन्छ, जुन खाना पकाउन तथा सिंगारमा प्रयोग गरिन्छ । बोक्रा तथा जरा मसालाको रुपमा प्रयोग गरिन्छ । ताजा अथवा सुकाएको फूल चिया बनाउन प्रयोग गरिन्छ । हिजोआज मोरिंगाको पूmलबाट बनाइएको मोरिंगा चिया संसारभर निकै चर्चित छ । 

मोरिंगा मेडिसिनः

मोरिंगा मेडिसिन पनि हो । दक्षिण एसियामा पाइने यो वनस्पति हजारौँ वर्षदेखि घरेलु औषधिका रूपमा प्रयोग हुँदै आएको छ । आयुर्वेदमा मोरिंगालाई तीन सयजति रोगहरुको उपचारमा उपयोगी भनिएको छ । त्यसैले त विकसित देशहरुमा मोरिंगा क्याप्सुल निकै महँगोमा विक्री हुने गरेको पाइन्छ ।

पेट रोगको औषधिः 

मोरिंगा पेटसम्बन्धी सबै प्रकारका विकारहरुबाट छुटकारा पाउन निकै उपयुक्त मानिन्छ । यसले पाचन क्रियालाई बलियो बनाउँछ । यो एन्टिबायोटिकको गुणले भरिपूर्ण हुन्छ । यसको सेवनले कपाल झर्ने समस्याबाट मुक्ति पाइन्छ । यसको फलको तेलले कपाललाई टुट्न नदिने र सिल्की बनाउने कार्य गर्छ । यसको फललाई पानी शद्ध गराउन पनि प्रयोग गरिन्छ । यसको बोक्राले शरीरमा भएका विभिन्न एलेर्जीहरु जस्तैः दादखाज, खुजली तथा लुतो आदिमा पिसेर लगाउदा फाइदा गर्छ । यसको पात नियमित रुपमा खाली पेटमा सेवन गर्नाले पेट सम्बन्धि दीर्घ रोगहरु सन्चो हुने र यसले अनुहारमा चमक ल्याउनुका साथै कालो पोतो र डंडीफोर हटाउन निकै उपयोगी मानिएको छ ।

पावर टनिकः 

मोरिंगालाई वीर्यवद्र्धक तथा संभोगशक्तिबद्र्धक मानिन्छ । यसले शरीरलाई निकै फुर्तिलो र तागतिलो बनाउँछ । त्यसैले मोरिंगा यौन रोगहरु हटाउन तथा सेक्स पावर बढाउन निकै उपयोगी मानिएको छ । छिप्पेको फललाई उमालेर नियमित साँझ सुत्ने बेला निरन्तर प्रयोग भर्ने हो भने सेक्स पावर बढ्ने विज्ञहरुको भनाइ छ । यसको फल दूधमा उमालेर पिउने हो भने पनि सेक्स पावर बढ्छ । मोरिंगाको जराको बोक्राको चूर्ण सेवन गर्ने हो भने नपुंसकता, शीघ्रपतन जस्ता समस्याहरुमा फाइदा हुन्छ । यो महिलाहरुको यौन समस्याहरुका लागि पनि उत्तिकै उपयोगी छ । 

मोटोपना र मोरिंगाः 

मोरिंगा मोटोपना घटाउन निकै उपयोगी हुन्छ । यसमा पाइने फस्फोरसले शरीरको अतिरिक्त क्यालोरी तथा बोसो कम गर्छ । त्यसैले यसको पातको एक कप रसमा एक चम्चा मह र आधा कागतीको रस हालेर बिहान खाली पेटमा सेवन गर्ने हो भने बोसोको मात्रा घट्छ । बिस्तारै बिस्तारै वजन कम हँुदै जान्छ । मोरिंगा जिम गर्ने युवाहरुलाई पनि निकै उपयोगी मानिएको छ । गठिया र मोटोपनाले पीडितहरूको लागि त यो झनै उपयोगी छ । यो वायुनाशक हुन्छ । त्यसैले गर्दा यसको सेवनले बोसो कम हुन्छ । बोसो कम हुँदा मोटोपना कम हुन्छ, गठिया निको हुन्छ । यो पीडानाशक प्राकृतिक औषधि पनि हो । यसले शरीर सुन्निएको पनि कम गर्छ । 

महिलाको मेडिसिनः

मोरिंगा महिलाको मेडिसिन हो । यो महिलाहरुको माहिनावारी गडबडीमा निकै फाइदाजनक हुनका साथै पाटेघर सम्बन्धी रोगहरुलाई समेत उपयोगी छ ।  मोरिंगाले हेमाग्लोबिन बढाउँछ । आयूर्वेदमा यसको फुलले दाल झान्नाले शरीरमा आइरनको मात्रा बढाउने कार्य गर्छ भनिएको छ । मोरिंगा गर्भवती महिलाका लागि झनै उत्तम टनिक हो । यसको पातको तरकारी तथा पातको रसले गर्भवती महिलाहरुलाई आवश्यक क्यालशियम, फलाम, भिटामिन्स उपलब्ध गराउँछ । यसको सेवनले प्रसवपीडा कम हुन्छ । मोरिंगको पातको तरकारी सेवन गर्ने हो भने शिशु जन्मिएपछि आमाको दुःध पर्याप्त मात्रामा आउँछ । 

बेबी फूड 
मोरिंगा बालबालिकाहरुका लागि निकै उत्तम आहार हो । यसले कुपोषित बालबालिकाहरुलाई स्वस्थ बनाउन सहयोग गर्छ ।  मोरिंगालाई पाउडर बनाएर बालबालिकालाई दिँदा उनीहरूको शरीरमा पौष्टिक तत्व पुग्छ । भिटामिन ए को कमीले बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ, अनि राति आँखा नदेख्ने समस्यासँगै झाडा–पखाला लाग्ने, श्वासप्रश्वासको समस्या हुने गर्छ । यसरी झाडापखाला र श्वासप्रश्वासको समस्या भएपछि बच्चालाई खान मन नलाग्ने, कुपोषण बढ्दै जाने र अन्तमा मृत्यु नै हुन्छ । तर मोरिंगाको सेवनले कुपोषण हुन दिँदैन भने कुपोषण भइसकेका बालबालिका वा वयस्कका लागि सञ्जीवनीको काम गर्छ । त्यसैले आफ्ना शिशुलाई र परिवारलाई विभिन्न प्रकारका कुुपोषणबाट बचाउन मोरिंगाको प्रयोग गर्न सुरु गर्नु बुद्धिमानी हो । मोरिंगा नहुने ठाउँमा पनि यसको पातलाई सुकाएर तरकारीमा वा दालमा हालेर उपयोग गर्न सकिन्छ । यस्तो दिव्य वनस्पति पाइने नेपालका बालबालिका कुपोषण हुनु भनेको त घरआँगनमा सुनखानी भएर दरिद्र जीवन बिताउनुजस्तै हो भन्ने डा. अरुणा उप्रेतिको भनाइ छ ।

रोग प्रतिरोधकः

मोरिंगामा शरीरको प्रतिरक्षात्मक प्रणालीलाई मजबुत बनाउने क्षमता भएकोले छिटै निको नहुने संक्रमणित रोग जस्तैः एड्स वा एचआइभीको आधुनिक औषधी बनाउन प्रयोग गरिन्छ । यसको प्रयोग कलेजोको रोगी समेत विभिन्न अरु रोगहरु उपचार गर्ने परम्परागत औषधी बनाउन प्रयोग गरिन्छ । यसले फोक्सोको रोगमा पनि सहयोग गर्छ ।

आई टनिकः
मोरिंगाको सेवनले आँखाको ज्योति बढाउँछ । यसमा भिटामिन ए पर्याप्त मात्रा हुने भएकोले रतान्धो रोग लाग्दैन । रतान्धो भिटामिन ए कै कमीले गर्दा हुने रोग हो । मोरिंगाको बीउबाट बनाइएको तेल ओलिभ तेल जत्तिकै राम्रो हुन्छ भनेर अनुसन्धानले देखाएको छ ।
जादुको रुखको सुप

हिजोआज अमेरिका र युरोपमा समेत मोरिंगाको लोकप्रियता निकै बढेकै छ । मोरिंगलाई कतिपय ठाउँहरुमा जादुको रूख पनि भन्ने गर्छन् । सायद यस वनस्पती पौष्टिकता र औषधीय गुणको पावर हाउस भएका कारण यसो भनिएको होला । मोरिंगालाई विभिन्न तरिकाले सेवन गर्न सकिन्छ । यसको सुप बनाएर पिउँदा अनेक स्वस्थ फाइदा हुन्छ । सुप बनाउने विधिः मोरिंगालाई साना साना टुक्रा बनाएर काट्ने र दुई कप पानीमा हालेर उमाल्ने । यसमा मोरिंगाको पात पनि हाल्न सकिन्छ । जब पानी खिल्टिएर आधा हुन्छ तब थोरै बिरेनुन र मरिचको धुलो हाल्ने । मोरिंगा सुप तयार भयो । यस सुपको नियमित सेवनले सेक्स पाउव राम्रो हुन्छ । रोगप्रतिरोधक क्षमता बढ्छ । पाचन प्रणाली मजबुत हुन्छ । कब्जियत हट्छ । रगत सफा हुन्छ । मधुमेह नियन्त्रणमा सहयोग गर्छ ।

पुछारमाः
मोरिंगा अर्थात सितलचिनी अनेक प्रकारमा भिटामिन र सूक्ष्म पोषण तत्वहरु राखेर प्रकृतिले सित्तैमा दिएको पौष्टिक उपहार हो । तर नेपाली समाजमा उपहार नै अपहेलित अवस्थामा छ । त्यसैले मोरिंगाको महत्व बझौं र मोरिंगाको क्याप्सल होइन, पात तथा कोशाको तरकारी आदि सेवन गरेर स्वस्थ जीवन बाँचौं । व्यावसायिक रुपमा यसको खेतीतिर लागौं । मोरिंगाको जरालाई कम पानी भए पुग्ने हुँदा थोरै पानी पर्ने ठाउँमा समेत यसलाई लगाउन सकिन्छ । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 














हेल्थ फर्स्ट
सुपरफूड हो, कोदो  

ओम बानियाँ 

केही वर्ष अघिसम्म कोदोलाई गरिबको खानाको रुपमा लिइन्थ्यो । कुअन्न भनिन्थ्यो । कोदोको रोटी र ढिँडो खाने गरिबले मात्र हो भन्ने भनाई थियो । कोदो जाँडरक्सी बनाउन मात्र काम लाग्ने भन्ने मान्यताले कोदोको खेती समेत कम हुन थालेको थियो । तर अहिले सूचनाप्रविधिको विकाससँगै कोदो खेती र कोदोको परिकारहरुमा आकर्षण बढ्न थालेको छ ।  वास्तवमा कोदो कुअन्न होइन, सुअन्न हो । कोदो सुपरपूmड्स हो, ब्रेनफूड्स हो । कोदोमा प्रोटिन, आइरन तथा क्याल्सियम प्रशस्त मात्रामा पाइने हुनाले स्वास्थ्यका लागि निकै उपयोगी छ । कोदोलाई खाद्यतत्व र पोषणको आधारमा अन्य अन्नबालीको तुलनामा उच्च स्थानमा राख्न सकिन्छ । कोदोमा चामल र मकैमा भन्दा ३५ गुणा र गहुँमा भन्दा ८.७३ गुणा बढी क्यालसियम पाइन्छ । यसमा चामल भन्दा २.३ गुणा, गहुँभन्दा १.५ गुणा र मकै भन्दा ३.७ गुणा बढी आइरनको मात्रा पाइन्छ । मासुमा पाइने पौष्टिक तत्व कोदामा पाउन सकिने तर चिल्लो नहुने र पचाउन पनि गाह्रो नहुने हुनाले कोदो बालबालिकादेखि बृद्धबृद्धा र विरामीहरुलाई समेतलाई ज्यादै लाभलायक हुन्छ ।


कोदोको परम्रागत परिकारः



परम्परागत रुपमैँ कोदोको ढिंडो, रोटी, पुवा र खोले बनाएर खाईन्छ । थोरै चामलको भातसँग बिहान र बेलुका ढिंडो खाईन्छ । रोटी भने दिउँसोको खाजा र बेलुकाको खानाको रुपमा गुन्द्रुकको झोल वा साँधेको गुन्द्रुकसँग खाईन्छ । जाडो याममा मरमसला वा मासु मिसाएर खोले खाने चलन छ । कोदोले तातो दिने हुँदा बढी जसो कोदोको परिकार जाडो याममैं खाईन्छ। कोदोको रक्सी सबैभन्दा राम्रो मानिन्छ । खनिज र शुद्ध अल्कोहलको मात्रा राम्रो भएकाले स्वास्थ्यका हिसाबले पनि कोदोको रक्सीले अरु रक्सीको तुलनामा सबैभन्दा कम असर गर्ने वैज्ञानिकहरुको दावी छ ।  

कोदोको आधुनिक परिकारः

नेपाली आम जनमानसमा कोदो भनेपछि रोटी, ढिंडो र खोले जस्ता परिकारहरु बनाएर गाउँमा खाने कुअन्न भनेर बुझिन्छ । तर, अहिले शहरबजारमा पनि कोदोको माग बढ्न थालेपछि खोलेलाई सुप भन्न थालिएको छ र कोदो खानेहरुको संख्या बढ्दै गएको छ । कोदोबाट बिस्कुट तथा पाउरोटी जस्ता बेकरी परिकारहरु पनि बन्न थालिसकेका छन् । तर पछिल्लो समय कोदोको केक, हर्लिक्स र सेलरोटी बन्न थालेपछि यसको माग निकै बढेको छ । कोदोको हर्लिक्स मधुमेह (सुगर) र उच्च रक्तचाप (हाई ब्लडप्रेसर) का बिरामीहरुका लागि समेत राम्रो मानिन्छ । 

ब्रेन फूड कोदो

कोदो बालबालिकाको सबैभन्दा उत्तम खाद्यान्न हो । वास्तवमा कोदो बालबालिकाको ब्रेनफुड हो । त्यो किनभने कोदोको परिकार खाएका वालवालिकाको मस्तिष्कको विकास तीव्र गतिमा हुन्छ । कोदोले बालकालिकाको मस्तिष्क शक्ति तथा स्मरण शक्ति बढाउऊँछ । त्यत्ति मात्र होइन, हड्डी मजबुत बनाउन र सम्पुर्ण शरीरको संरचना विकासमा कोदोको परिकारहरुले महत्वपूर्ण भुमिका खेल्दछ । कोदोमा पाइने प्रोटिनमा दुःधमा पाइने जस्तै मिथियोनिन र सल्फरयुक्त एमिनो एसिड जस्ता सन्तुलित एमिनोएसिडहरू पाइन्छन् । तसर्थ बिश्व स्वास्थ्य संगठनले समेत कोदोलाइ बच्चाहरूको उत्कृष्ट ठोस आहारको रूपमा सिफारिस गरेको छ । त्यसैले बालबालिका तथा गर्भिणी माहिलाहरुलाई कुनै न कुनै रुपमा कोदोको परिकारहरु खुवाउने शारीरिक तथा मानसिक स्वास्थ्यको दृष्टिले निकै उत्तम हुन्छ । 



मेडिसिन कोदोः
कोदो सुपरफूड तथा ब्रेनफूड मात्र होइन, मेडिसिन पनि  हो । कोदोले अनेक रोगहरुमा औषधिको काम गर्छ । मधुमेह र रक्तचापका विरामीहरुलाई समेत कोदोको सेवनबाट उल्लेख्य फाइदा पुग्ने बैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ । कोदोको सेवनले रगतमा बोसो र कोलस्टेरोल घटाऊँछ । कोदोमा आइरन प्रचुर मात्रामा पाइने हुँदा मानिसलाई रक्तअल्पता हुनबाट बचाउ“छ, क्यालसियम बढी पाइने हुँदा हाड र दाँतको विकास र स्वास्थ्यमा मद्दत गर्दछ । कोदोमा प्रसस्त मात्रामा पाइने रेसा पदार्थले कब्जीयतको समस्या निदान गरेर पेट सफा राख्न मद्दत गर्दछ । रूघाखोकी र चिसो लागेको बेला घरेलु उपचारको रूपमा कोदोको सुप वा खोले प्रयोग गर्दा फाइदा पुग्छ । चिल्लो नहालिकन बनाइएको कोदोको खोलेले घाँटीको टनसिल तथा मुखको खटिरा निको पार्छ । पुरानो घाउ वा एलर्जीले सताएमा पनि कोदोको लेप लगाउनाले ठिक हुने गर्छ । जाडो याममा कोदोको खोलेले वृद्धवृद्धालाई निकै फाइदा गर्छ । 

कोदोको लिटो

बालबालिका लागि जन्मदेखि २ वर्षसम्मको अवधि शारीरिक तथा मानसिक वृद्धिविकासको दृष्टिले अत्यन्तै संवेदनशील तथा महत्वपूर्ण हुने भएकाले यस अवधिमा बालबालिकालाई न्यूनपोषण र विरामी हुनवाट बचाउनका लागि निरन्तर स्तनपानका साथै ६ महिना पुगेपछि विभिन्न प्रकारका खाना मिलाएर बनाइएको पोषणयुक्त थप तथा पूरक खाना खुवाउन विशेष जोड दिनुपर्दछ । यस सन्दर्भमा बालबालिकाका लागि विभिन्न खाद्यपदार्थ मिसाएर बनाएको कोदोको लिटो सर्वोत्तम हुन्छ । कोदोको पोषिलो लिटो बनाउन आवश्यक सामग्रीहरु ः १ टेवल चम्चा थिचेको गाजर वा पाकेको फर्सी । २ टेवल चम्चा पिंधेकोको स्याऊ । ३ टेवल चम्चा कोदोको पिठो । ४ कप पानी । स्वादको लागि आवश्यकता अनुसार चिनी वा सख्खर ।) कोदोको पोषिलो लिटो बनाउने तरिकाः एउटा भाँडोमा कोदोे, टुक्रा पारेको वा किच्चाएको गाजर वा पाकेको फर्सी तथा किच्चाएको स्याउ र पानी राख्ने । पहिले उमाल्ने र उम्लिसकेपछि कम आगोमा छोपेर वीस मिनेट सम्म पकाउने । पकाइ सकेपछि बालबालिकालाई ताजा र पोषिलो लिटो खुवाउने ।


पुछारमाः

निचोडमा भन्नु पर्दा कोदो हामीले सुअन्न भन्ने गरेका खाद्यान्नहरु भन्दा अब्बल गुण भएको अन्न हो, सुपरफूड हो भन्ने कुरा बैज्ञानिक परीक्षणबाट पुष्टि भइसकेको हुदा कोदोमा पाइने पौष्टिक पदार्थ र यसका औषधीय गुणहरूको प्रचारप्रसार गर्ने हो भने कोदोको खोजी र उपयोग झनै बढ्ने देखिन्छ । विश्वमा जलवायु परिवर्तनको समस्या विकराल बन्दै गएको वर्तमान सन्दर्भमा भविष्यमा कोदोवाली समस्त मानव जगतकै प्राण रक्षा गर्ने अन्न सावित हुन सक्छ । तसर्थ कोदोलाइ सबैैले खाने सुपरफूडको रुपमा परिभाषित गर्नु र यसको खेती एवं उपयोग बढाउनु आजको खाँचो हो । (लेखक साइकोथेरापिष्ट तथा सुलभ हेल्थ फूड्सका प्रमुख हुन् ।)







हेल्थ फर्स्ट 

सपरफूड सिस्नो
ओम बानियाँ 

नेपालको पहाडी माटोमा प्राकृतिक रुपमा पाइने अर्को नेपाली सपरफूड हो, सिस्नो । सिस्नोलाई अंगे्रजीमा नेटल स्टिंग भनिन्छ । सिस्नोसँग परिचित भएका मानिसले यसलाई पोल्ने घाँसका रुपमा चिन्दछन् ।  अट्रिक्यसी परिवारको यो पोल्ने दिव्य वनस्पतिमा प्रशस्त औषधीय गुण रहेको हुन्छ र हरियो सिस्नोलाई सागका रूपमा तथा छायाँमा सुकाएर, कुटेर धूलो बनाएर खान सकिन्छ । यसलाई झोल बनाएर खानासँगै प्रयोग गर्न पनि सकिन्छ र उमालेर खान सकिन्छ । 

सिस्नोमा हुने रौँ जस्तो झुसमा हुने फर्मिक अम्लले पोल्ने र हिस्टामाइनले सुन्निने भएकोले पीडादायक हुन्छ । तर पानीमा उमालेपछि ती तत्वहरू नास भएर जान्छन् । कतिपयले सिस्नोबाट चिया समेत बनाएर खाने गर्छन् ।  हामीले खाने सागहरु मध्ये सिस्नो एक उत्कृष्ट साग हो । यो शाकाहरीहरूको लागि अति उत्तम भोजन हो । 

सुपरफूड सिस्नोः
सिस्नो पोषणहरुको पावरहाउस हो । सिस्नोमा प्रशस्त मात्रामा प्रोटिन, भिटामिन ए, भिटामिन सी, भिटामिन डी, आइरन, पोटासियम, म्यागानिज तथा क्याल्सियम जस्ता पौष्टिक पदार्थहरु पाइने र यसमा अनेक रोगहरु ठीक पार्ने औषधीय गुण समेत भएकाले यो सुपरपूmड हो । यसले मस्तिष्क शक्ति समेत बढाउने हुँदा यो ब्रेन फूड पनि हो । सिस्नो बालबालिकादेखि बृद्धबृद्धा समेतका लागि उपयोगी छ, अझ महिलाहरुका लागि त निकै उपयोगी छ । सिस्नो पोषिलो हुनुका साथै यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने भएकाले हप्ताको एक दिन सिस्नोको धुलोलाई दाल, ढिंडो, तथा सुप आदिको रूपमा वा हरियो सिस्नोको मुन्टा तरकारीको रूपमा खानु शारीरिक तथा मानसिक स्वास्थ्यका दृष्टिले पनि निकै उत्तम हुन्छ ।

सिस्नो स्वास्थ्य फाइदाः

सिस्नोका अनेक स्वास्थ्य फाइदाहरू छन् । जस्तैः शरीरका अङ्गहरू दुखाइमा सिस्नोको सेवनले आराम दिन्छ । त्यस्तै हड्डी र जोर्नीको दुखाइ तथा शरीरमा आएका बिबिराहरु हटाउनमा समेत यसको भूमिका रहन्छ । महिलाहरुका लागि सिस्नो एकदमै उपायोगी छ किनभने यसमा पर्याप्त आइरन हुन्छ जसले रक्तअल्पता र कमजोरी हटाउन सहयोग गर्छ । यसले कलेजो र महिलाको हर्मोनको संरक्षण गर्न सहयोग पुरायाउँछ । यति मात्र होइन यसले गर्भिणी महिलाको पेटको बच्चालाई मजबुत पार्न र रक्तश्राव रोक्न सहयोग गर्छ । सिस्नोले महिलाको दूध उत्पादन बढाउँछ, छिटै रजनोवृत्ति हुनबाट समेत रोक्छ । त्यसैले सिस्नोलाई महिलाहरूको योनीमा आउने बिबिरा हटाउन र मासिक धर्म नियमत होस् भन्ने प्रयोजनका लागि समेत प्रयोग गर्ने गरिन्छ । कपाल झर्ने समस्याहरुमा र छालाको रोगमा समेत यो उत्तिकै उपयोगी हुन्छ । डन्डीफोरको समस्या हटाउन र टाउकोको छालामा हुने अन्य समस्या हटाउन यो वनस्पति उपयोगी छ । पाचन क्रियामा सिस्नो निकै लाभदायक हुन्छ ।  

रुघाका कारण घाँटी बसेको अवस्थामा, गुद्धद्वार सुन्निँदा, नाथ्री फुट्दा र मुख दुख्ने रोगमा पनि सिस्नुको सेवन लाभदायक हुन्छ । त्यस्तै मुत्रनलीमा हुने अवरोध हटाउनमा पनि सिस्नो सहायक रहन्छ । अपचमा पनि सिस्नो सेवन लाभकारी छ । यसमा रहेको रेसाले आन्द्रामा अड्केका बिकारलाई सहजै तानेर मलद्वारतर्फ खिच्छ ।
सिस्नोको नियमित प्रयोगबाट किड्नीको समस्या, पिसाब पोल्ने, दम, बाथ रोग, रगतमा हेमोग्लोबिनको मात्रा बढाउने काम गर्छ । यसका साथै सिस्नोको मेहन्दी बनाएर कपालमा लगाउँदा कपाल झर्नबाट रोक्छ भने कपालको चायाँ पनि हटाउँछ । त्यसैले हिजोआज महिनावारी अनियमीत हुने, ग्यास्ट्रिक, स्त्रीरोग, बाथ, खाना नरुच्ने, मधुमेह, उच्च रक्तचाप, सुगर, जण्डिस, प्यारालाइसिस, पथरी, बाथ, अल्सर, कब्जियत, पायल्स, मधुमेह, जुका, युरिक एसिड, मुत्ररोगी, रक्तअल्पता, नपुसंकता, बाझोपन, भाँचिएको र मर्केको हाडहरुलाई जोडन, आँखालाई तेजिलो र अनुहारलाई चम्किलो, शरिरलाई फुर्तिलो, छरितो र आकर्षक बनाउन, ढाँड दुख्ने, घुँडा र जोर्नी दुख्ने जस्ता रोग निको पार्न सिस्नोको पाउडर प्रयोग हुने गरेको छ ।

पशपंक्षीलाई पनि उपयोगीः
हालैको एउटा अनुसन्धानले गाउँघरमा पाइने सिस्नु मानव स्वास्थ्यका लागि मात्रै नभई जीवजन्तुको लागि पनि बहुउपयोगी रहेको देखाएको छ । सिस्नोको मुन्टालाई दानाका रूपमा खुवाएको कुखुराले तुलनात्मक रूपमा धेरै अण्डा पार्ने, मासु स्वादिलो हुने र अण्डासमेत गुणस्तरीय हुने देखिएको छ । साथै सिस्नोबाट तयार पारेको दाना खाएको कुखुराले साधारण दाना खाएको कुखुराले भन्दा दोब्बर बढी अण्डा दिने गरेको पनि अनुसन्धानबाट खुलेको छ । सिस्नो खुवाएको बंगुरको तौल नखुवाएको भन्दा धेरै भएको र मासु समेत स्वस्थ्य रहेको पाइएको छ । त्यसैगरी सिस्नोलाई दानाको रूपमा खुवाइएको गाईको दूधको परिणाम र दूधमा चिल्लो पदार्थको मात्रा समेत उल्लेख्य बृद्धि हुने गरेको अनुसन्धानले प्रमाणित गरेको छ । 

सिस्नोः पेटको मैला बढार्ने कुचो
मानिस स्वस्थ रहनका लागि पनि भित्री पेटको सफाई अनिवार्य हुन्छ यसको लागि सिस्नो भन्दा उत्तम विकल्प अरु केही हुन सक्दैन । शरीरका भित्री अंगहरुको सफाइ गर्ने उपाय सजिलो छ । शरीरका बाहिरी अंगको सफाइका लागि पानी, श्याम्पु र साबुनले नुहाए जस्तै भित्री अंगको सफाइका लागि सिस्नो खानु पर्ने वैज्ञानिकहरुले बताएका छन् । नियमित रुपमा हप्तामा एकपटक सिस्नो खाने ग¥यौं भने शरिरका भित्री अंग पनि सफा हुने बैज्ञानिकहरु दावी छ । हप्ताको एकपटक सिस्नो खानाले पेटमा रहेका सबै बिकार दिसाको माध्यमबाट बाहिर जाने तथा पेट सफा हुने बिज्ञहरु बताउँछन् । यति मात्र होइन, हप्तामा एकपटक सिस्नो खाने मान्छेसँग जुनसुकै प्रकारका रोगहरुसँग लड्ने क्षमता पनि बढी हुन्छ । सामान्यतया यस्ता मान्छेलाई कुनै पनि रोगले छुँदैन ।


सिस्नोको माग बढ्दोः
कुनै बेला गाउँघरमा दुई छाक खानाको जोहो गर्न नसक्नेहरूले समेत तुच्छ खानाको रूपमा लिने गरेको सिस्नोको महत्व बिस्तारै बढ्दै छ । माग पनि बढ्दै छ । त्यसैले सिस्नो अहिले शहरका ठूला–ठूला डिपार्टमेण्ट स्टोर, तारे होटल, रेष्टुराँहरूमा महँङ्गो खानाको परिकार मध्येमा पर्न थालेको छ । पछिल्लो समयमा सिस्नोको महत्वलाई बुझेर यसको कारोबारमा ओइरिने सङ्घसंस्थाहरूको पनि लर्को लागेको छ । त्यसमा गाउँघरमा विभिन्न आमा समुह, सहकारीहरूले सिस्नोको प्रशोधनमा जुटेका छन् भने शहरमा दर्जनौं सङ्घसंस्था र कम्पनीहरुले विभिन्न ब्राण्डबाट सिस्नोको कारोबार गरिरहेका छन् । खेती गर्न र स्याहारसुसार गर्न नपर्ने जंगल, भीर र पाखामा त्यत्तिकै खेर गइरहेको सिस्नोबाट बनेको धुलो राम्रो मूल्यमा बिक्री हुनुका साथै विदेश समेत निर्यात हुन थालेपछि सिस्नो उत्पादन र प्रशोधनमा लागेकाहरू पनि हौसिन थालेका छन् । यो निकै सकारात्मक कुरा हो । तर गर्नु पर्ने कुरा निकै धेरै छ । वास्तवमा सिस्नोको सही बजारीकरण हुन सकेको छैन ।

सिस्नोको प्रयोग गर्ने एक विधि
१० ग्राम सिस्नोको धुलोलाई २ सय मिलिलिटर तातो पानीमा मिसाएर रातभरि भिजाएर छोडिदिने र बिहान खाली पेटमा (जाडोयाममा तातो बनाएर) खाने । यसरी नियमित रुपमा प्रयोग गर्दा छोटो समयमै यसबाट अनेक स्वास्थ्य फाइदा लिन सकिन्छ ।




सिस्नोको बजारः
सिस्नो सुपरफुड हो । औषधि पनि हो । त्यसैले बहुगुणी सिस्नोका बारेमा थप वैज्ञानिक अनुसंधान गरेर सुपरफुडको रुपमा र औषधिको रुपमा बजारमा ल्याउन सकिन्छ । मुलुकका पहाडी क्षेत्रमा जहिंतहीं सजिलै पाइने र जुनसुकै ठाउँमा पनि उत्पादन गर्न सकिने सिस्नोलाई यसरी विभिन्न तरिकाहरुबाट प्रयोग ल्याउन सकियो भने मात्रै पनि यसैबाट स्वास्थ्य फाइदा मात्र होइन, विदेशमा समेत निर्यात गरी मनग्य आम्दानी प्राप्त गर्न सकिन्छ ।

पुछारमाः
प्राकृतिक सौंदर्यले ढक्कपक्क जैविक विविधाको हाम्रो देशमा अथाह मात्रामा अनेक बहुमूल्य जडिबुटीहरु छन् । तर अझसम्म पनि यस्ता जडिबुटीहरुको सही पहिचान हुन नसक्नु हाम्रो दुर्भाग्य हो । अमेरिका तथा बेलायत जस्ता देशहरुमा सिस्नो सुप, तरकारी, चिया, जुस तथा औषधि आदि विभिन्न रूपमा प्रयोग हुँर्दै आइएको छ । तर हामीकहा“ भने जहाँ कही पनि पाइने सुपरफूड सिस्नो अहिलेको अवस्थामा पनि गाईवस्तुको खोलेको रुपमा प्रयोग भईरहेको देखिन्छ । त्यसैले यस्तो बहुगुणी वनस्पति सिस्नोलाई सुपरपूmड र अनेक रोगहरुका लागि दिव्य औषधिका रुपमा स्वदेशी बजार चिनाउन मात्रै सकियो भने यसको उपयोगिता बढेर आर्थिक क्रियाकलाप बढ्ने छ । यसको माग बमोजिम विदेशमा निकासी गर्न सक्यौ भने नेपालले अहिले झेल्दै आएको व्यापारघाटाबाट बनेको घाउमा मल्हम लगाउन सक्ने छ । (लेखक साइकोथेपिष्ट तथा सुलभ हेल्थ फूड्सका प्रमुख हुन् ।)










Friday, April 10, 2020

ब्रेन बाइट्स

‘म’ को मात  
ओम बानियाँ 

आई अर्थात् म । वी अर्थात् हामी । यी दुई मानवीय भावनाहरु आआफ्ना ठाउँमा निकै शक्तिशाली छन् । निकै महत्वपुर्ण छन् । गहिएर सोच्ने हो भने म र हामी शब्दहरुमा नै मानव समाजको सम्पूर्ण मनोविज्ञान टिकेको छ । मनोवैज्ञानिक दृष्टिमा म नकारात्मक मनोविज्ञान हो भने हामी सकारात्मक मनोविज्ञान हो । म रोग हो भने हामी निरोग हो । म दुःख र विनाश हो भने हामी सुख र समृद्धि हो । म नर्क हो भने हामी स्वर्ग हो।

मानव समाजको मनोविज्ञान यति सरल हँुदा पनि धेरै पढेलेखेका मानिसहरुले समेत यो बुझ्न सकेका छैनन् । वा बुझेर पनि व्यवहारमा लागु गर्न सकेका छैनन् । उल्टो, धेरै पढेलेखेका र धनड्या मानिसहरुमा नै मको मात झनै बढी छ । पढेलेखेको मानिसमा पढाइको मात । धनी व्यक्तिमा धनको मात । बलशाली व्यक्तिमा बलको मात । सुन्दरताको मात । यौवनको मात । यही मातको कारण मानिसहरु अनेक समस्याहरुमा पर्छन् । आफै आफ्नो विनाश निम्ताउँछन् । गीतामा श्रीकृष्णाले दम्भ, घमण्ड, अभिमान तथा क्रोधलाई आ्सरी सम्पदा भनेका छन् । यिनै दुर्गुणले मानिसलाई अधोगति लान्छ, मानिसको विनाश गर्छ भनेका छन् ।

रावणकी पत्नी मन्दोदरीले रावणसँग सीतालाई ससम्मान रामलाई फिर्ता दिई माफी माग्न हजार विन्ती गरेकी थिइन् । तर रावणले पत्नीको प्रस्ताव ठाडै अस्किार गरेका थिए । रावणमा विश्व विजेताको अहंकार थियो कि ब्रह्माण्डको कुनै पनि शक्तिले उसलाई हराउन सक्दैनन् । रावणको यही अहंकारका कारण लंका नै ध्वस्त भयो । रावणको पतन भयो । 

कृष्णाले ध्रृतराष्ट्रको दरवारमा दूर्योधनको उपस्थितिमा पाडण्वको तर्फबाट संधीको प्रस्ताव राखेका थिए । यदि पाण्डवलाई पाँच गाउँ दिने हो भने यूद्ध रोकिन्छ भनेका थिए । तर अहंकारी दूर्योधनले कृष्णाको प्रस्ताव ठाडै अस्विकार गरे । नतिजा महाभारतको यूद्ध भयो । कौरबको विनाश भयो ।

म अर्थात् अहंकार यस्तो नकारात्मक मानविय भावना हो जसको कारण मानिसले आफुलाई जीवनको हर क्षेत्रहरुमा उत्कृष्ट मान्न थाल्छन् । अरुलाई निचो देखाउने प्रयास गर्छन् र अरुलाई निचो देखाएर नै अगाडि बढ्ने सोच्दछन् । उचाईमा पुगे पछि अहंकार झनै बढ्छ ।  अनि मदोन्मत्त हुन्छन् । अहंकारको मातमा मानिसले अरुको ज्ञान र अनुभव ठीकसँग उपयोग गर्न पाउँदैनन् । अहंको कारण नै उसको पतन हुन्छ । त्यसबेला उसलाई साथ दिने कोही हदैनन् । यसरी मानिसको व्यक्तित्व नष्ट हुन्छ । अनेक मानसिक रोगहरु यही अहंकारका कारण नै पैदा हन्छन् । अंहकारकै कारण मानिसले पाप तथा अपराध गर्छन् । अहंकार कारण नै जीवनमा दुःखद घटनाहरु पैदा हुन्छन् । वास्तविकता के हो भने संसारमा हरेक व्यक्ति चाहे कति नै कमजोर वा खराब किन नहोस्, उसमा कुनै न कुनै गुण अवश्य हुन्छ भने मानिस जति नै शक्तिशाली वा असल किन नहोस् उसमा कुनै न कुनै अवगुण अवश्य हुन्छ । भनिएको नै छ, गुण नभएका राक्षस हुँदैनन, अवगुण नभएका देउवा हँुदैनन् । 

'म' को जन्मः

मानिसमा म अर्थात अहं यस कारण पैदा भएको होइन कि उसले कुनै काम शानदार तरिकाबाट सम्पन्न गर्याे या धनी भयो वा धेरै पढ्यो वा बहुत सुन्दर भयो वा आफ्नो शरीरलाई बलवान बनायो । जब मानिस पहिलो चोटि आमाको पेटमा खुट्टा चलाउन थालेको थियो, त्यतिखेरदेखि नै अहंको जन्म भएको थियो । म छु भन्ने पहिचान बनाउनुको मतलब हो, अहंको जन्म ।  त्यसै बेला नै मको जन्म भएको हो । 

म अर्थात् अहंकारको जन्म आत्म प्रशांसाको बिजबाट पैदा हुन्छ । स्वयंको सर्वोच्चता मान्ने भावनाले पैदा हुन्छ ।  तर, यो एक झुटो सत्य हो । त्यो किनभने जसलाई मानिसले आत्मविश्वास भन्छन्, त्यो एक झुट हो, जो मानिसले आफै निमार्ण गरेको हुन्छ । वास्तवमा अहं मानिसको छायाँ जस्तै हो । जस्तो कि शरीर छ भने छाँया पनि हुन्छ । छाँया न त राम्रो हुन्छ, न त नराम्रो । न सानो रहन्छ न ठुलो रहन्छ । यदि सूर्य माथि हुन्छ भने छाँया सानो हुन्छ, सूर्य ढल्दै गयो भने छाँया अग्लो हुन्छ । 

अहंकारले मानिसलाई लक्ष्यको बाटोबाट भटकाउँछ । वास्तवमा अहंकार एक मृगतृष्णा जस्तै हो, जसबाट न त आफ्नो तिर्खा मेटिन्छ, न त अरुको । आफुलाई हर क्षेत्रमा पूर्ण मान्ने मानिसको अहंले आफ्नो कमजोरी तथा दोष छुपाउने कोशिश गर्छ । अहंकारी व्यक्तिले आफनो कमजोरी तथा दोष जानेर पनि अहंकारका कारण अरुको अगाडि स्वीकार गर्दैन । जो हमेशा अरुको निन्दामा नै लागिरहन्छ । निन्दामा नै उसलाई निकै आनन्द आउँछ । तर ऊ मानसिक रोगहरु नाश गर्ने औषधि क्षमा, दया, करुणा, प्रेम, धैर्य, नम्रता, शान्ति र सादगीबाट हमेशा बन्चित रहन्छ । 


परिवार, समाज तथा राष्ट्रमा यही अंहकारको कारण वादविवाद, झैझडा, लडाई तथा यूद्ध समेत हुन्छ । दूर्योधनले राज्यसत्ताको अंहकार नगरेर पाण्डवलाई पाँच गाउँ दिएको भए न त महाभारत हुन्थ्यो, न त कौरवको विनाश । पारिवारिक वादविवाद, झैझडा तथा लडाईंको एक प्रमुख कारण पनि यही अहंकार हो । पतिमा पुरुषत्वको अहंकार । पत्नीमा माइतीको अहंकार । बुहारीमा आधुनिकताको अहंकार । सासुमा म सासु हँु भन्ने अहंकार । यिनै अहंकार कारण घर घरमा कुनै न कुनै वादविवाद, झैझडा तथा लडाईं हुने गर्छ । 

मानिसले आफ्नो गल्तिलाई हृदयदेखि स्वीकार गर्ने हो भने मात्र अहंकारको पुनरावृतिबाट जोगिन सक्दछ । वास्तवमा क्षमा माग्ने र क्षमा दिने व्यक्ति परम मानसिक आनन्दको अनुभव गर्छन् । यहाँ मनन योग्य कुरा के भने अहंकारको नास भएपछि मात्र विनम्रताको भावना पैदा हुन्छ । विनम्रताले ज्ञानको ज्योति जल्दछ । ज्ञानको ज्योतिले अज्ञानको अध्यारो नस्ट गर्छ । मानिसक रोग पनि निर्मूल हुन्छ । तर, मको नकारात्मक ऊर्जाले मदोन्मत्त मानिसले यो मनोविज्ञान बुझ्न सक्दैनन् । त्यसैले अहंकारको उपचार आवश्यक छ ।

पुछारमाः 

अतः सकारामत्मक मनोविज्ञानले म होइन हामीलाई महत्व दिने गर्छ । जोड दिने गर्छ । त्यो किन भने हामी मध्य कोही पनि हामीहरु भन्दा राम्रो, स्मार्ट र बलियो छैनौं । महान साहित्यकार तथा समाजसेवी हैलेन केलेर भनेकी नै छिन्ः एक्लै हामीले थोरै (कार्य) मात्र गर्न सक्छौं, आपसमा मिलेर हामीहरूले धेरै (कार्य) गर्न सक्छौँ । अतः स्वस्थ जीवन जिउन तथा जिवनमा कुनै महान् कार्य गर्न म होइन हामीको भावनालाई आत्मसात गरौं, मानिसको जीवन निकै सुन्दर छ । (लेखक मनोविद् तथा मेमारी ल्याब प्रमुख हुन् ।)