Wednesday, July 1, 2020

ब्रेन बाइट्स 
मुभि, मानव र मस्तिष्क
ओम बानियाँ

न् १९०३ मा बनेको चलचित्र ‘द गे्रट टे«न रबरी’ लाई पहिलो चलचित्र मान्ने हो भने विश्व चलचित्र संसारले अहिले ११७ वर्ष पार गरेको छ । यस अवधीमा लाखौँ चलचित्रहरू बनिसकेका छन् । तर ती मध्य आँैलामा गन्न सकिने चलचित्रहरू मात्र कालजयी भएका छन् । नयाँ पिंढीका बौद्धिक दर्शकहरूको मनमस्तिष्कमा समेत अझैँ जीवित छन् । वास्तवमा यस्ता चलचित्रहरूले कुनै देशको सयौं राजदूतहरूले भन्दा पनि बढी काम गरेका छन् । आकिरो कुरोसुवाको कालजयि जापानीज चलचित्र रशोमनले विश्वभरि नै जापानी झण्डालाई फर्फरायो । अझ पनि रसोमनले जापानलाई चिनाउँछ । 


सन् १९५५ मा निर्मित भारतमा निर्मित बंगाली चलचित्र ‘पाथर पाञ्चाली’ ले पनि विश्वको ध्यान तान्यो । पाथर पाञ्चालीका कारण नै भारतलाई लाखौं विदेशी दर्शकहरूले सत्यजित रेको देश भनेर सम्झिन थाले । वास्तवमा भारतका कुनै राजदूतले गर्न नसकेको कार्य सत्यजित रेको चलचित्र पाथर पाञ्चालीले ग¥यो । लोकतान्त्रिक मुलुक भारत र तत्कालिन कम्यूनिष्ट मुलुक रूसको आपसी सम्बन्ध प्रगाढ बनाउन पनि भारतीय चलचित्रहरूको ठूलो भूमिका रहेको जगजाहेर नै छ । उति वेला राज कपूर तथा नरगिस दत्तका चलचित्रहरू रूसमा ज्यादै नै लोकप्रिय हुने गर्थे रे । अझ पनि भारतलाई रसियनहरूले राज कपूर तथा नरगिसको देश भनेर चिन्ने गर्छन् । भारतीयहरूलाई न्यानो माया गर्छन् । मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव कति र कस्तो हुन्छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ ।


हो, मानव मनमस्तिष्कमा चलचित्रको प्रभाव ज्यादै अद्भूत हुने गर्छ । चलचित्रले दर्शकको मनमस्तिष्कलाई मात्र होइन कि चलचित्रमा अभिनय गर्ने कलाकारहरुको मनमस्तिष्कमा समेत गहिरो प्रभाव पार्दछ । यस्तो प्रभाव सकारात्मक तथा नकारात्मक दुवै हुने गर्छ । त्यसैले नै सृजनशिल हातहरूले मन र मुटुको तारताम्य मिलाएर मानवीय संवेदनशिलताको गहिराइमा गोता लगाइ मानव–मानव बीचको अन्तर्सम्बन्ध, त्यो सम्बन्ध भित्रको माया–ममता, प्रेम–भाइचाराको साथै स्वार्थ, अहंकार, वितृष्णा, अन्याय, अत्याचार, भ्रष्टचार, शोषण, तथा थिचोमिचोहरूलाई मौलिक र सटीकरूपमा पर्दामा उर्ताछन् भने निश्चितरूपमा यस्ता चलचित्रहरूले मानिसहरूको मन र मुटुलाई छुन्छन् । मस्तिष्कमा बस्छन् । र, नै त कालजयी बन्छन् । कालजयी चलचित्रले त कुनै देशको राजदूतले गर्न नसक्ने कार्य गर्छन्, गरिरहेका छन् ।


तर, नेपाली चलचित्रको कथा–व्यथा ज्यादै विचित्रको छ । नेपालको चलचित्र बजार त हिन्दी सिनेमा उद्योगद्धारा बेस्सरी थिचिएको छ, किचिएको छ । त्यहीमाथि नेपाली सिनेकर्मीहरूमा चोर प्रवृत्ति हाबी छ । वास्तवमा भन्ने हो भने अधिकांश नेपाली चलचित्र हिन्दी चलचित्रका नेपाली संस्करण नै हुन् । यो कुरा राजेश हमाल जस्ता बौद्धिक कलाकारहरूले स्वीकारेका पनि छन् । त्यसैले त नेपाल चलचित्र प्राविधिक संघद्वारा महानायकको उपाधि पाएका राजेश हमालले भन्ने गर्छन्, मैले अहिलेसम्म उल्लेखनीय एउटा पनि चलचित्र खेल्न पाएको छैन । नेपाली चलचित्र जगतका महानायकको यो भनाइबाट नेपाली चलचित्रको स्तर कस्तो रहेछ भन्ने स्वतः प्रष्ट हुन्छ । त्यसैले त नेपाली चलचित्र जगत ५० वर्षको उमेरमा पनि नेपालको लोकतन्त्रझै भएको छ, कहिल्यै उठ्न सकेको छैन । 

हिजोआजका जति पनि नेपाली सिनेकर्मीहरू छन्, ती सबै प्रायः हिन्दी चलचित्रहरू हेरेर नै हुर्के बढेका हुन् । हिन्दी चलचित्रहरूबाट नै उनीहरूले धेरै कुराहरू सिकेका हुन् । च्यानल टीभीमा पनि हिन्दी चलचित्र तथा कार्यक्रम हेर्नेहरूको संख्या नेपालमा धेरै छ । त्यसैले नेपाली मनमस्तिष्कमा हिन्दी चलचित्रको प्रभाव पर्नु कुनै अनौठो कुरा होइन । वास्तवमा हामी धार्मिक–सांस्कृतिक तथा राजनीति सबै कुराबाट प्रभावित छौँ । तर हिन्दी चलचित्रहरू एक से एक राम्रा पनि छन्, त्यत्ति नै खराब पनि छन् । धेरै हिन्दी चलचित्रहरू पनि हलिउड र दक्षिण भारतीय भाषाका चलचित्रहरूको नक्कल गरेर बनाउने गरिन्छ । तर उहिलेका हिन्दी चलचित्रहरू अहिलेका भन्दा धेरै राम्रा थिए ।

 २०२२ सालमा हिरासिंह खत्रीको निर्देशिनमा बनेको आमा (२००७ सालमा भारतबाट नेपाली भाषाको चलचित्र सत्य हरिशचन्द्र बनेको थियो ।) लाई पहिलो नेपाली चलचित्र मान्ने हो भने नेपाली चलचित्रले पनि ५२ वर्ष पार गरिसकेको छ । यस अवधिमा हजारौँ नेपाली चलचित्रहरू बनिसकेका छन् । तर नेपालमा एउटा पनि कालजयी चलचित्र बन्न सकिरहेका छैन । करिब एक दशक पहिला डोल्पेली भाषाको ‘क्याराभान’ बन्यो । यो चलचित्रले नेपालको डोल्पालाई अमेरिका तथा युरोपका देशहरूमा पुरायो । विश्व चर्चित भयो । तर विडम्बना के भने यो फ्रान्सिली निर्देशक एरिक भ्यालीको फिल्म बनेर रह्यो ।


वर्षौ पहिला निर्देशक प्रताप सुब्बाले एउटा सार्थक प्रयास गरेका थिए, परालको आगो बनाएर ! तर त्यसपछि उनले परालको आगोहरू बनाउन सकेनन् । चट्याङ बनाए । भीष्म प्रतिज्ञा बनाए । कहीँ अँध्यारो कहीँ उज्यालो बनाए । र, आफैँ अँध्यारोमा हराए । अर्का निर्देशक नीर शाहले वासुदेव बनाएर ठÒलो प्रशंसा बटुलेका थिए । तर उनले बासुदेवबाट कमाएको बौद्धिक साख २५ वसन्तमा लिलामी गराए । वसन्तीबाट उनले आफ्नो घुमेको प्रतिष्ठा पुनर्जीवित गरे । 

हो, निर शाहसँग चलचित्र निर्माणको राम्रो ज्ञान छ, क्षमता पनि छ । निर शाह राम्रा कलाकार हुन् । तर त्यो भन्दा राम्रा निर्देशक हुन् । त्यसैले उनले मिनी स्कर्ट लगाई नाइटो देखाएर चलचित्र हिट गराउन खोज्ने रेखा थापाहरूको चलचित्रहरूमा हल्काफुल्का भुमिकाहरूमा अभिनय गरेर आफ्नो श्रम र समय नष्ट गर्नु भन्दा राम्रो टिम बनाएर, गहन अध्ययन तथा अनुसंधान गरेर स्तरीय नेपाली चलचित्रको निर्माणमा आफ्नो ज्ञान, सीप र क्षमतलाई सदुपयोग गर्नु नै नेपाली चलचित्र जगतकालागि सार्थक योगदान ठहरिनेछ । 

अर्का वरिष्ट निर्देशक तुलसी घिमिरेका तीन–तीन नेपालीहरूले रजत जयन्ती नै मनाए । तर उनको दक्षिणा मात्र बौद्धिक मनमस्तिकमा बस्यो । दक्षिणाले तुलसी घिमिरेलाई नाम पनि दियो । दाम पनि दियो । तर करिव १०–१५ वर्ष पूर्व निर्देशक तुलसी घिमिरेले पहाड बनाउने कुरा गर्दै थिए । त्यसताका तुलसी घिमिरेले भनेका नै थिए, “पहाड मेरो ड्रिम प्रोजेक्ट हो । यो अति नै रिस्की पनि छ । पहाड बनाएपछि ममा चलचित्र बनाउने तिर्खा बाँकी रहन्छ वा रहँदैन भन्न सक्दिनँ । टीमसँग कुरा चलिरहेको छ । श्रावणलाई भनिदिएको छु, पहाडले ठूलो आर्थिक घाटा पनि पु¥याउन सक्दछ ! तर यसले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्ने छ ।” 

तर यत्तिका वर्ष बितिसक्दा पनि पहाड पर्दामा देखिएन । बरु तुलसी घिमिरेका मितज्यु, रहर, बलिदान, दर्पण छाँया, दुई किनारा, देश तथा दृष्टिकोणहरू देखिए, पहाड भने देखिएन् । दक्षिणा तथा बलिदान जस्ता कृतिहरूले गर्दा तुलसी घिमिरेबाट केही आशा गर्न त सकिन्छ । तर अब त तुलसी थाकिसके जस्तो छ । निश्चितरूमा दक्षिणा, बासुदेव, परालको आगो, बसन्ती, नुमाफुङ, मसान तथा उमा आदि राम्रो प्रयास हुन् । तर यतिले पुग्दैन । मन र मुटु जोडेर बौद्धिक मस्तिष्कले सोच्ने हो भने सृजनशिल हातहरूका लागि नेपाली सिनेमा संसारमा केही गर्न सक्ने धेरै सम्भावाना छ । स्तरीय नेपाली सिनेमाका लागि बजार नभएको पनि होइन । राम्रा नेपाली सिनेमाले ८, १० करोडको बजार बनाउन कुनै गाह्रो पनि छैन । 


हामीसँग ‘स्तरीय सिनेमा’ बनाउने कथावस्तुहरूको कुनै कमी छैन । हामीसँग भीमसेन थापाको विषय छ । अंग्रेज युद्धको विषय छ । गौतम बुद्धको विषय छ । नेपाल एकीकरणको विषय छ । कोतपर्वको विषय छ । जंग बहादुरको विषय छ । चार शहीहदको विषय छ । वी.पी. कोइरालाको विषय छ । यी अन्तर्राष्ट्रिय चाँसोका विषय हुन सक्छन् । त्यसैले यस्ता विषयहरूलाई सस्ता हातहरूबाट लिलामी हुन दिनु हुँदैन । 

२०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गीय गणेशमान सिंहको जीवनमा आधारित चलचित्र ‘वीर गणेशमान’ विषय राम्रो थियो । तर सस्ता हातहरूले गर्दा वीर गणेशमान नेपाल भित्र नै चल्न सकेन । वास्तवमा गणेशमान सिंह फाउण्डेशनले झारा टार्ने काम मात्र ग¥यो । कुशल सष्ट्रालाई सुम्पिएर गणेशमान सिंहको कथाब्यथालाई पर्दामा सजिव पार्नु पथ्र्यो । तर त्यही हुन सकेन । त्यसैले जुन नियति वीर गणेशमानले भोग्नु प¥यो, त्यो नियति वी.पी कोइराला आदिले भोग्न नपरोस् । वी.पी कोइरालाई नेपाली राजदूत सिनेमा बनाउनुपर्छ । र, नेपाल भित्र मात्रै होइन अन्तर्राष्ट्रिय बजारमा पु¥याउनुपर्छ ।

आँटे पछि नहुने केही छैन । कालजयी सिनेमा बनाउन ठूलो लगानी गर्नुपर्छ भन्ने छैन । सानो बजेटमा पनि राम्रो सिनेमा निमार्ण गर्न सकिन्छ । सत्यजित रेले ‘पाथर पाञ्चाली’मा करोडौं लगानी गरेका थिएनन् । तत्कालिन समयमा एउटा नेपाली सिनेमाको बजेटमा नै ‘पाथर पाञ्चाली’ बनाएका थिए । सानो बजेटको ‘पाथर पाञ्चाली’मा सत्यजित रेले भारतीय सिनेमाको सृजनशिलता र श्रेष्ठताको नमूनाको छाप छोड्न सफल भएका थिए । सा“च्चै, यो सिनेमामा सत्यजित रेले पुरोहित हरिहर रायको छाप्रो भित्रको दुःख, पीडा, वेदना र छटपटीलाई सजीवताका साथ पर्दामा उतारेका छन् । बालक अप्पु र दुर्गाले पहिलो पटक रेल देख्दाको दृश्य तथा गरीबीका कारण हरिहरले घर छोडेर जाँदा घरमा सर्प पसेको दृश्य ज्यादै नै मनोवैज्ञानिक तथा हृदयस्पर्शी छन् । 

यो कुरा सचेत निर्देशकहरूले बुझ्नुपर्छ । नेपालका बौद्धिक जगतले नेपाली चलचित्र निर्देशकहरूबाट यही अपेक्षा गरेका छन् । तर विडम्बना के भने अधिकांश राम्रा निर्देशकहरू पनि हिजोआज प्रियंका कार्कीहरूको नाइटो र कम्मरकै वरिपरि क्यामरा घुमारहेका छन् ।  एकतााका लूट र चपली हाईट हिट भएपछि त यौन मनोविज्ञानको नाममा घिनलाग्दा चलचित्रहरु निर्माणको होडनै चलेको थियो । तर अधिकांश यस्ता चलचित्रहरुले बक्स अफिसमा पानी पनि भन्न नसकेपछि यो लहड रोकिएको छ । अहिले आएर हल्काफल्का हास्य सिनेमाहरुले बजार तताएका छन् । तर उहिलेदेखि नै अधिकांश चलचित्रकर्मीको ध्यान स्तरीय चलचित्र निर्माणतिर भन्दा पनि बिकाउ चिलचित्रतिर केन्द्रित छ । त्यसैले त नेपालमा ‘नुमाफुङ’ बने पनि ‘पाथर पाञ्चाली’ बन्न सकेका छैनन्  । नेपाली चलचित्रहरूले नेपाली मन जित्न सकेका छैनन् ।

 पुछारमाः 
चलचित्र संसारको सबै भन्दा शक्तिशाली साहित्य हो । शैक्षिक प्रविधि पनि हो । मुवि मेडिसिन पनि हो । चलचित्रले मनोचिकित्साको कार्य गर्दछ । वास्तवमा चलचित्रमा दर्शकलाई सम्मोहित बनाएर उसको मनमस्तिष्क नै पुनस्र्मंरचना गर्ने समाथ्र्य हुन्छ। त्यसैले चलचित्रको उचित प्रयोग गर्नुपर्छ। चलचित्रले सीधैँ मानिसको मनमुटु छुन्छ भन्ने तथ्य आत्मसात् गरेर चलचित्रकर्मीहरूले मेहनत गरेर स्तरीय नेपाली चलचित्रहरू निर्माण गर्नुपर्छ । सकारात्मक सन्देश, राष्ट्रिय एकता तथा अखण्डलाई केन्द्रमा राखेर दर्शकलाई मनोरञ्जनका साथसाथै उत्प्रेरित गर्ने खालका चलचित्रहरू निर्माण गर्नु नै हरेक चलचित्रकर्मीको धर्म हो । नायकनायिकाको घिनलाग्दो चुम्बन। जबरजस्ती लादेको बेडसिन। नायिकाको नंग शरीर । अर्थ न बर्थको आइटम गीत । तथा मुक्कामुक्कीलाई केन्द्रमा राखेर चलचित्रहरु बनाउनु कत्ति पनि ठीक होइन । यस्ता चलचित्रहरूले ढिलोचाँडो समाजलाई भष्ट्र र नष्ट पार्न नै सगाउ पुराउँछ। चलचित्रको यो मनोविज्ञानलाई सरकारले पनि राम्रोसँग बुझ्नुपर्छ र चलचित्रकर्मीलाई स्तरीय चलचित्रहरु निर्माण गर्न प्रोत्साहित गर्ने तथा बजारु चलचित्रहरुलाई निरुत्साहित गर्ने नीति अख्तियार गर्नुपर्छ । 











No comments:

Post a Comment