Saturday, June 13, 2020

ब्रेन बाइट्स

मुर्रा भैंसीको दुःध
ओम बानियाँ 

‘एक सय, दुई सय, तीन सय....... राधेश्यामले पीढीमा बसेर पैसा गन्दै थिए । नजिकै बसेकी फूलमायाले एकाग्र भएर पैसा गनेको हेरिहेकी थिइन् । उन्निस हजार, बीस हजार । राधेश्यामले पैसा गनेर सिद्याए ।फूलमायाले कौतहलपूर्ण आँखाले सोधिन्, ‘कति पैसा जम्मा भएको रहेछ ?’ राधेश्याम पूmलमायातर्फ हेर्दै बोलेः ‘बीस हजार रुपैयाँ जम्मा भएको रहेछ ।’ ‘मेहनत गरेपछि के नहुँदो रहेछ हगि ? तीन वर्षमा नै यतिका पैसा जम्मा गरियो ।’ ‘अँ, सकिन्छ आधा पेट खाएर, गोरुझंै जोतिएपछि ।’ राधेश्याम बोले ।  ‘अब यो पैसाले के गर्ने ?’ ‘एउटा दुहुनो भैंसी किन्ने । र, बजारमा लगेर दुःध बेच्ने । दुःधको पैसाले घरखर्च पनि चल्छ । झिल्केलाई स्कुल पठाउन पनि सकिन्छ । अर्को वर्ष त उसलाई स्कुल भर्ना गर्नुपर्छ । अब त ऊ ७ वर्षको लाग्छ ।’


‘आमा’ आवाज कानमा परेपछि राधेश्यामका बुढाबुढीका नजर एकैसाथ आँगनतिर दौडियो । धुलाम्मे झिल्के किच्च हाँस्दै पीढीतिर बढ्यो । ‘हरे १ कपडाको नाश । आज फेरि कोसँग लडेर आइस् ?’ फुलमायाले झिल्केलाई हप्काइन् । राधेश्यामको हातमा पैसाको बीटा देखेर झिल्के दंग परयो र भन्यो, बाबा दस रुपैयाँ ? ‘के भन्छ यो ?’ राधेश्यामले हतपत पैसा झोलामा हाले । ‘नाइँजा दस रुपैया चाहियो, मिठाइ किन्छु, चाहियो । चाहियो ।’ झिल्केले झोलाको पैसा खोस्न थाल्यो । ‘पहिला मेरो कुरा त सुन त बाबु ।’ ‘नाइँ ।’ ‘एक थप्पड दिनुस् न अटेरी बन्दा ।’ फूलमाया बालिन् । ‘दस रुपयौ चहियो के ।’ झिल्के करायो । ‘मेरो कुरा त सुन पहिला । यो पैसाले पहिला एउटा राम्रो मुर्रा भैंसी किन्ने । भैसीले दुःध दिन्छ । दुःध बेचेर पैसा आउँछ । अनि त्यो पैसाले तँलाई मिठाई, खेलौना र कपडा किन्ने नि ?’ ‘शिवको जस्तै खेलौना है त ।’ झिल्के लोभियो । ‘हुन्छ, हुन्छ ।’ 

झिल्केको खुट्टा भुइँमा रहने । ऊ रमाउँदै आँगनतिर हुर्रियो । हाम्रा बाबाले भैंसी ल्याउनुहुन्छ भन्दै गाउँतिर पस्यो । बाटोमा गोपाल भेटियो । सुनायोः ‘थाहा छ हाम्रा बाबाले भैसी ल्याउनु हुन्छ ।’ ‘भैसी ?’ ‘हो, भंैसी । शिवको जस्तै । भैंसी ल्याएपछि भैंसीले दुःध दिन्छ । दुःध बेचेर पैसा आउँछ । अनि बाबाले मलाई शिवको जस्तै खेलौना तथा यत्ति धेरै मिठाइ किनिदिनु हुन्छ । बुझिस् ।’ ‘मलाई पनि खेल्न दे है । झिल्के ! तैले भैंसीको दुःध देखेको छस् ?’ ‘नाइँ देखेको छैन । तैले नि ?’ ‘मैले पनि देखेको छैन । हाम्रो घरमा भैसी ल्याएपछि दुःध हेर्ने है ।’ ‘त्यो शिवेलाई चाहि हेर्न नदिने है । अस्ति उसको घर गएको बेलामा हामीलाई गाली गरेको होइन त्यसले ।’ ‘हो नि ।’ दुबै उप्रिंmदै उप्रिंmदै भैंसीको खबर भन्न थाले । राधेश्यामको घरमा मुर्रा भैंसी आउने खबर गाउँभर फैलियो । 

चौरमा भकुण्डो लिएर बसेको मुखियाको छोरा शिवलाई पनि मुर्रा भैसी हेर्ने उत्सकता जाग्यो । अस्ति झिल्केसँग भएको झगडालाई बिर्सियो र झिल्केहरुलाई भकुण्डो खेल्न दिन राजी भयो ।  त्यसपछि सबै मिलिजुली भकुण्डो खेल्न थाले । खेल्दा खेल्दै झिल्केले हानेको भकुण्डो खोलामा गयो । शिव रिसायो, ‘फेरि फाल्यो हलिको छोराले भकुण्डो हिलोमा ।’ ‘के भनिस् ? फेरि भन त, घर नजिक छ भनेर म डराउदिनँ ।’ ‘हलीको छोरा ।’ ‘भँुडेको छोरा । जोरी खोज्छस ?’ ‘खोज्छु के गर्छस् तैले ?’ शिवले झिल्केलाई झम्टियो । हट्टाकट्टा शिवले झिल्केलाई भुइँमा पछारिदियो । साथीहरुले बल्लबल्ल छुटाए  । झिल्के स्याँस्याँ फ्याँफ्याँ गर्दै अलिपरतिर गएर उभियो । गोपाल पनि पछि पछि गयो । अरु भकुण्डो खेल्न थाले । झिल्के र गोपालले अलिपरबाट हेर्न थाले । शिव कड्कियो, ‘अझ त्यहाँबाट हेर्छस् हलीको छोरा । बंग्रासंग्रा फुक्लेला नि फेरि ?’ झिल्के र गोपाल केही नबोली लुरु लुरु घरतिर लागे ।

भन्दै अर्को दिन राधेश्यामको गोठमो एउटा डँडाक मुर्रा भैंसी आयो । कालो चिल्लो, घुर्मिएको सिंग भएको कलकलाउँदो मुर्रा भैंसी । साथमा पाडी पनि । राधेश्यामले मख्ख परेर बाल्टीको पानीले भैंसीलाई नुहाइदिंदै थिए । पूmलमायाले पाडीलाई मुर्सादै थिइन् । के केटाकेटी के बुढाबुढी सबै मुर्रा भैंसी हेर्न आएका थिए । राधेश्यामको घरमा गाउँलेहरुको घुइँचो थियो । झिल्के तथा गोपालहरु खुसीले उफ्रिरहेका थिए । शिवलाई पनि भैंसी हेर्न मन लाग्यो । अनि ऊ झिल्केको घरतिर दौडियो । झिल्केलाई देख्ने बित्तिकै ऊ टक्ट अडियो । ऊ डरायो । झिल्केले औंला ठडाएर शिवलाई पख भन्यो । अनि मुठी कसेर नाकतिर लग्यो, यहाँ आइस् भने नाकसाक फुटालिदिन्छु । शिवले फकाउँदै भन्यो, ‘झिल्के म तलाई भकुण्डो खेल्न दिन्छ नि । मलाई नपिट है ।’ ‘पिट्छु, नाकसाक फुटालिदिन्छु । यहाँ त आइज ?’ ‘जहाज, गाडी, पुतली पनि खेल्न दिन्छु नि ।’ झिल्के लोभियो, ‘भालु पनि खेल्न दे है ।’ ‘हुन्छ ।’ शिवले मौकाको फाइदा उठायो । झिल्के, शिव, गोपालहरु कहिले भैंसी हेर्दै त कहिंले पाडीलाई घाँस दिंदै र मुर्सादै उप्रिंmन थाले । 

साँझ पर्यो । राधेश्याम ठेकी लिएर गोठतिर गए । झिल्के पनि पछि पछि गयो । राधेश्याम भंैसी दुहुन बसे । क्वार्र क्वार्र दुःध ठेकीमा झरेको देखेर झिल्के दंग पर्योे ।  राधेश्याम बजारमा गएर होटलवालालाई दुःध दिने कुरा गरेर आए । अर्को दिनदेखि झिल्के दिनहँु दुःधको ठेकी बोकेर बजार जान थाल्यो । यसरी नै दिन बित्दै थिए । पाँचौ दिनका दिन पनि सधंैझै झिल्के दुःध लिएर बजार जाँदै थियो । घरको आँगनमा उभिएको शिवलाई देख्यो । शिवको हातमा गिलास थियो । सोध्यो, ‘के खाएको ?’ ‘दुःध ।’  ‘आमाको ?’ ‘होइन, तेरो ठेकीको जस्तै । भैंसीको दुःध । हाम्रो बाबाले भन्नुभाको दुःधले ताकत दिन्छ, दिमाग बढाउँछ । दिन दिनै टन्न भैंसीको दुःध खाने हो भने बलियो भइन्छ म जस्तै ।’ शिव छाती फुलाउँदै बोल्यो । झिल्के केही बोलेन् । मौन उभियो । शिव दुःध पिउँदै बोल्यो, ‘जा जा छिटो दुःध छोडेर आइजा अनि भकुण्डो खेलौलाँ ।’ झिल्केले टाउको हल्लायो । अनि ठेकी बोकेर आफ्नो बाटो लाग्यो । बाटोमा हिँड्दा झिल्केको मनमा शिवले भनेका कुराहरु नाच्न थाले, दिन दिनै टन्न भैंसीको दुःध खाने हो भने बलियो भइन्छ म जस्तै ।  अचानक ऊ ठोकियो । हातबाट ठेकी भुइँमा खस्यो र दुःध छत्कियो, तर पोखिएन । दुःध नपोखिएकोले झिल्के खुसी भयो । ठेकीमा झाक्यो, ठेकीमा खाउ खाउ लाग्ने सेतो दुःध देखेर उसको मुख रसायो । अनि उसले डराइ डराइ हातमा परेको दुःधको छिटा चाट्योः ‘आहा १’ अनि झिल्केले एकतमासले ठेकीको दुःध हरिरह्यो । अनि ठेकी लिएर अगाडि बढ्यो ।

राधेश्यामले खेत जोत्दै थिए । होटलवाला आफुतिर आइरहेको देखे । अनि गोरु रोकी बाटोतिर उक्ले, ‘हैन कताको साहित गर्नु भाको साहुजी ?’ होटलवालाले भने, ‘तिमीलाई नै भेटन आएको ।’ ‘पैसा दिन त होइन ?’ ’पैसा ! दुःध पठाएको भए पो पैसा दिने ? के भयो र दुःध नपठाएको ? कतै भैसी विरामी परेको त छैन ?’ होटलवालको कुरा सुनेर राधेश्याम अचम्म परे, ‘मैले त दिनहुँ दुःध पठाएको छु । झिल्केले लिएर गैरहेको छ त ।’ ‘जम्मा चार दिन ल्यायो । त्यसपछि ल्याको छैन ।’ ‘उसो भए त्यसले दुःध कहाँ लिएर जान्छ त ?’ राधेश्याम सोचमग्न भए । त्यसैबखत राधेश्यामको नजर गोपालमाथि पर्यो । अनि गोपाललाई सोधे, ‘ए गोपाल ! आज तैले झिल्केलाई देखेको थिइस् ?’ ‘अँ । अधि भर्खर देखेको थिएँ । झिल्के ठेकी बोकेर जंगलतिर जाँदै थियो ।’ ‘हैन यो झिल्केले दुःध कहाँ लिएर जान्छ ? साहुजी तपाई यहाँ बस्दै गर्नुस् म त्यसलाई खोजेर आउँछु । अनि गोपाललाई लिएर राधेश्याम जंगलतिर हिंडे । ‘झिल्के ! ए झिल्के ! चिच्चाउँदै जंगलभित्र पसे । झिल्केलाई रुखमुनि बसेको देखे । अनि परैबाट चिच्याए, ’झिल्के ! के गरेर बसेको छस् यहाँ ?‘ झिल्के झस्यांग भयो । हतपत मुखबाट ठेकी हटायो । अगाडि त्रूmद्ध राधेश्यामलाई देखेर झिल्के डरले थर्थरी काप्न थाल्यो । अनि दुःधको रित्तो ठेकी लिएर एक अपराधीझैं उभियो । झिल्केको आँखामा त्रास थियो । मुखमा दुःध लागेको थियो । झिल्केको अवोध अनुहार देखेर राधेश्याम मौन थिए । उनलाई निकै रीस उठेको थियो, माया पनि लागेको थियो । वास्तवमा राधेश्यामले मनको गहिराइबाट आफ्नो गरीबपनालाई धिकार्दै थिए । (यो कथा मैले कक्षा १० मा अध्ययनरत हँुदा लेखेको हँु । )





No comments:

Post a Comment