Tuesday, June 9, 2020

ब्रेन बाइट्स

मेरो पहिलो कविता 
ओम बानियाँ 


उति बेला हातले लेखेका लेख-रचनाहरु केलाउँदै जाँदा शान्ति मोडेल स्कुलमा ८ कक्षामा पढ्दा मैले लेखेको पहिलो कविता भेटेँ ।  १२ वर्षको उमेरमा मेलै लेखेको पहिलो यो कविता पढ्दा भाषा र शब्दमा भन्दा पनि भावमा ध्यान दिनु होला है ।
-----------
जय होस् ! 


मेरो देश

मेरो देश, 
मेरो नेपाल,
स्वर्गभन्दा सुन्दर छ ।
प्राणभन्दा प्यारो छ ।।

सक्दिनँ देख्न यी दुई आँखाले, कति ठुलो छ ?
नक्शामा हेर्दा त निकै सानो छ ।

 म मेरो नेपाललाई धेरै माया गर्दछु ।
त्यसैले त नेपाललाई सधैँ हेर्न चाहन्छु ।।

 भन्छन् सबैले सगरमाथा सबैभन्दा अग्लो छ ।
त्यसैले त म सगरमाथाको चुचुरोमा पुग्न चाहन्छु ।।   

मेरो देश, 
मेरो नेपाल,
                                        स्वर्गभन्दा सुन्दर छ । 
                                        प्राणभन्दा प्यारो छ ।।





वाह ! म त सानैदेखि देशप्रेमी पो रहेछु है । साँच्चै नेपाल सानो देश होइन, एक विशाल देश हो । प्राकृतिक अथाह साधनस्रोतको सुन्दर देश हो । यदि नेपालको राजनीति सक्षम र इमान्दार हुने हो भने यो देश सगरमाथा जस्तै उच्च हुन धेरै समय लाग्दैन ।

अन्तमा यस कविता मैले ओम बीसीको नाममा लेखेको रहेछु । उति बेला बानियाँ थर खिसिटुउरीको विषय बन्थ्यो । एक पटक म्याडेमले नै मलाई सोधेकी थिइन, ओम तिमीहरु नौतनवाको बनिया हौ ?



             

No comments:

Post a Comment