Tuesday, April 28, 2020

हेल्थ फर्स्ट 
चाउचाउ 'नखाउ'
ओम बानियाँ 
नेपाली समाजमा निकै लोकप्रिय एउटा तयारी खानेकुरा हो, चाउचाउ । तराई, पहाड तथा हिमालका सानाठुला–धनीगरीब अधिकांश मानिसका लागि अहिले चाउचाउ खाजाको पहिलो रोजाइ भएको छ । सानासाना नानीबाबुहरुले त चाउचाउ खुब रुचाउँछन् । त्यसैले मम्मीहरुले आफ्ना नानीबाबुहरुलाई बिहानको नास्तामा पनि चाउचाउ, टिफनमा पनि चाउचाउ तथा साँझको खाजामा पनि चाउचाउ, भोक लाग्यो कि २ मिनेट भन्दै चाउचाउ दिने गर्छन् । आफुहरुले पनि नास्तामा प्रायः चाउचाउ खाने गर्छन् । त्यसैले त नेपालमा चाउचाउको खपत बढ्दो छ । तर चाउचाउ स्वास्थ्यका दृृष्टिले निकै हानीकारक छ, औधी खतरानाक छ भन्ने कुरा धेरै नेपालीहरुलाई थाहा छैन, थाहा भएकाहरु पनि यस मन्द विषप्रति गम्भिर छैनन् । 



चाउचाउ र स्वास्थ्यः

चाउचाउ कुनै पोषक तत्व नभएको कवाड भन्दा कवाड खानेकुरा (जंक पूmड) हो । चाउचाउ मैदाले बनाइन्छ । लामो समय सुरक्षित राख्न यसमा प्रिजरभेटिभ मिसाइन्छ, जुन स्वास्थ्यका लागि निकै खतरनाक मानिन्छ । चाउचाउको आर्कषक विज्ञापनमा चाउचाउमा अनेक पोषक तत्वहरु र पर्याप्त प्रोटिन रहेको भनिन्छ, तर सत्य यो हो कि यसमा एक रत्ती पनि पोषक तत्व हुँदैन, फाइबर पनि हुँदैन । यसमा केवल उच्च मात्रामा कार्बोहाइड्रेड हुन्छ । केही कम्पनीहरूले ओट्स र पिठोबाट बनाइएको चाउचाउ भनी प्रचार गर्छन् । तर वास्तविकता भने त्यस्तो छैन । मैदामा अलिकति पिठो र ओट्स मिसाएर ओट्सको चाउचाउ भनेर प्रचार गरिन्छ । केही कम्पनीहरूले आफ्ना चाउचाउका प्याकेटभित्र तरकारीका टुक्रा मिसाएका हुन्छन् । यी तरकारीका टुक्राहरूमा पनि प्रिजरर्भेिटभ मिसाइएको हुन्छ, जसले पाचन क्रियालाई सुस्त बनाउँछ ।

चाउचाउ तयार गर्न टा«न्सफ्याटको प्रयोग गरिएको हुन्छ । ट्रान्सफ्याट स्वास्थ्यका लागि हानिकारक छ । ट्रान्सफ्याट मोटोपनाको प्रमुख कारक हो । मोनोसोडियम ग्लुकोमेट त मन्दविष (स्लो प्वाइजन) नै हो । सेतो रङको चम्किलो मोनोसोडियम ग्लुकोमेट (अजिनो मोटो) एक प्रकारको सोडियम साल्ट हो । यसले खानामा स्वाद ल्याउने काम गर्छ । तर बिस्तारै बिस्तारै स्वाद ग्रन्थीलाई नै निष्क्रिय बनाइदिन्छ । तयारी चाउचाउमा मात्र होइन, अन्य रेडिमेड खाद्य सामग्रीमा पनि एमएसजी, लिड, ट्रान्सफैट र प्रिजरभेटिभ मिसाइएको हुन्छ । जस्तैः चिप्स, कुरकुरे लगायतका समस्त पदार्थ । यस्ता अधिकांश उत्पादनहरुमा स्वाद बढाउन स्वादवद्र्धक रसायन (लेवर इन्हेन्सर) पनि प्रयोग गरिन्छ । यो रसायन माछामासुबाट प्राप्त हुन्छ । त्यसैल फ्लेबर इन्हेन्सर मिसाइएको कुनै पनि चाउचाउ शाकाहारी हुँदैनन् । 

चाउचाउले जिब्रोलाई स्वाद दिने तथा पेट भर्ने काम त गर्छ, तर कुनै स्वास्थ्य फाइदा गर्दैन । शरीरलाई हानी नै हानी गर्छ । चाउचाउले शरीरलाई गर्ने हानीनोक्सानीको फेहरिस्त निकै लामो छ । सबै भन्दा पहिला चाउचाउले प्राचन प्राणाली कमजोर बनाउँछ । भोजन समयमा पच्दैन, जसले पेट दुख्ने समस्या निम्त्याउँछ । चाउचाउको धेरै प्रयोगले रगतको कमी हुन्छ ।  तयारी चाउचाउ खानेलाई जोर्नी दुख्ने समस्या हुन्छ । २ मिनेटमा तयारी हुने विज्ञापनका साथ बजारमा बिक्री गरिने यस्ता उत्पादनले कलेजो तथा किड्नीलाई नराम्रो असर गर्छन् । यस्ता रेडिमेड खाद्य सामग्रीले टाउको दुख्ने रोग निम्त्याउँछ । भोक मार्छन् । छिट्टै तयार गर्न सकिने लोभले प्रयोगमा ल्याइने यस्तो भोजनले अति नै छिटो मोटोपना बढाउँछ । 

विष जस्तै चाउचाउः 
बिहानको खाजामा चाउचाउको प्रयोग गर्नु विषसरह नै हो । यसमा कार्बोहाइड्रेडको उच्च मात्रा रहेको हुन्छ । शरीरले यसलाई समयमा पचाउन सक्दैन । यस्ता उत्पादनहरूमा हानिकारक रसायन मोनोसोडियम ग्लुकोमेट हुन्छ । यो रसायन शरीरका लागि अत्यन्त हानिकारक छ । मोनोसोडियमा ग्लुकोमेटले क्यान्सरको खतरा निम्त्याउँछ । भारतको नयाँ दिल्लीमा केही वर्ष अघि म्यागी चाउचाउको जाँच गरियो । जाँचमा म्यागी चाउचाउमा सिसाको मात्रा १७ पीपीएम पाइयो, जुन स्वास्थ्यका लागि हानिकारक छ । सिसा(लिड) शरीरमा एकत्रित भएर मस्तिष्क, किड्नी र प्रजनन् क्षमतालाई नराम्रो असर पार्छ । मानिसको शरीरका लागि खाद्य पदार्थमा ०.००१ पीपीएम भन्दा बढी सिसाको मात्रा हानिकारक छ । यस्ता सिसायुक्त खाद्य पदार्थले शरीरमा दुष्प्रभाव दिन्छन् । 
विष हो, चाउचाउ 

आयुर्वेद विज्ञ राजीव दीक्षित भन्छन्ः बजारका तयारी खानेकुराहरुमा सबै भन्दा खराब चिज हो, चाउचाउ । सढेगलेको कवाड भन्दा कवाड खानेकुरा हो, चाउचाउ । चाउचाउ एक त मैदाबाट बन्छ भने अर्कोतिर ६–७ दिन सढाएर राखेपछि मात्र चाउचाउ तयार हुन्छ । स्वादको लागि यसमा सुँगुरको मासुको रस, अजिनोमोटो (एसएमजी) आदि हालिन्छ । लामो समय राखी राख्न चाउचाउमा प्रिजर्र्भेिटभ मिसाइएको हुन्छ । यसलाई टीबीएचक्यू भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो । टीबीएचक्यू एक प्रकारको बिष हो । सँुगुरको मासुको रस बिना चाउचाउ बन्नै सक्दैन । ६–७ दिनसम्म सडाएर राखेको सडेगलेको मैदा, सँुगरको मासुको रस, टीबीएचक्यू तथा एमएसजी (अजिनोमाटो) आदिबाट बनाएको चाउचाउ खान कति उपयुक्त हुन्छ आफै बिचार गर्नुस् ।

लामो समय राखी राख्न तयारी चाउचाउमा प्रिजरभेटिभ मिसाइएको हुन्छ । यसलाई टीबीएचक्यू भनिन्छ । यो पेट्रोलियम उद्योगको बायप्रोडक्ट हो । यसले एन्टिअक्सिडेन्टको काम गर्छ । तर यो कदापि बिर्सनु हुन्न कि यो प्राकृतिक एन्टिअक्सिडेन्ट नभएर एउटा सिन्थेटिक केमिकल हो । यस केमिकलले यो जुन खाद्यवस्तुमा प्रयोग गरिएको हो, त्यसमा रहेको फ्याट र आयललाई प्रिभेन्ट गरेर वस्तुको आयु लम्ब्याउँछ । यस टीबीएचक्यू रसायनको प्रयोग रङ, वार्निस र कीटनाशक औषधिमा गरिन्छ । एफएओ र डब्लूएचओका विज्ञ सम्मिलित १९औँ, २१औँ बैठकले मानवमा खपत हुने टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । ०.५ मिलिग्राम÷केजीको खपतलाई निर्धारण गरेको छ । यसभन्दा बढीको मात्रा शरीरका लागि हानिकारक हुन सक्छ । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिष्ट्रेशनले कुनै पनि खाद्यवस्तुमा रहेको फ्याट र तेलको कुल मात्राको ०.०२ प्रतिशत टीबीएचक्यूको मात्रा निर्धारण गरेको छ । टीबीएचक्यूको मात्रा यो भन्दा बढी भएमा त्यसलाई खानयोग्य मानिँदैन । टीबीएचक्यू एक प्रकारको बिष हो । यसले शरीरमा प्रवेश नपाएकै उत्तम मानिन्छ । एक अध्ययन अनुसार यसको एक ग्रामको मात्राले शरीरमा ठूलो हानीनोक्सानी पु¥याउँछ ।


चाउचाउ र मस्तिष्कः
चाउचाउले निकै छिटो मोटोपना बढाउँछ । चाउचाउ बढी खाने बालबालिकाहरुमा एडीएचडीको जोमिख बढ्छ । मस्तिष्क शक्ति तथा स्मरण शक्ति ह्रास हुन्छ । बढी चाउचाउ खाने बालबालिका शारीरिक तथा मानसिक रुपमा कमजोर हुन्छन् । अल्छि तथा चिडचिडे स्वभावका हुन्छन् । चाउचाउले पेट भर्दा बालबालिका कुपोषणको शिकार हुने गर्छन् । चाउचाउ बालबालिकाका लागि सबै भन्दा हानिकारक (अ) खाद्यपदार्थ हो ।

पुछारमाः
अतः चाउचाउ (नुडल्स) एक प्रकारको मन्दविष नै हो । त्यसैले चाउचाउ सेवन कदापि ठीक छैन । आफ्ना बालबालिका तथा परिवारलाई स्वस्थ र निरोगी राख्ने हो भने तुरुन्तै चाउचाउको सेवन बन्द गर्नुपर्छ । आफ्नो घरलाई चाउचाउ मुक्त घर बनाउनुपर्छ ।  खाजानास्तामा चाउचाउ जस्ता तयार खानेकुरा होइन, घरमै बनाएका कोदो, फापर, जौ, ओट्स, मकै तथा गेडागूडी आदिको परिकारहरु तथा मौसमी फलफूलहरुको खाजा-नास्तामा सेवन गर्नुपर्छ ।  

Monday, April 27, 2020

हेल्थ फर्स्ट 

हानीकारक छ सेतो चिनी
ओम बानियाँ 
 एउटा चर्चित लोकोक्ती छ, धेरै खाए चिनी पनि तितो हन्छ । वास्तवमा चिनी धेरै खाएमा तितो मात्र होइन, विष बन्छ । त्यसैले त अत्याधिक चिनी अर्थात् गुलियो सेवनकै कारण शरीरमा रोगको घर बनाउने नेपालीको संख्या बढ्दो छ । कृषि विकास मन्त्रालयको तथ्यांक अनुसार हरेक नेपालीले एक वर्षमा ११ किलोग्राम चिनी उपभोग गर्छन् । जसमा ५ किलोग्राम विशुद्ध चिनी रहने गरेको छ भने ६ किलोग्राम गुलिया पदार्थबाट अतिरिक्त चिनी शरीरमा पुग्छ । चिनीको कुल उत्पादन, आयात र निर्यातका आधारमा मन्त्रालयले तयार गरेको फूड ब्यालेन्स सिट, २०७० लाई हेर्ने हो भने प्रत्येक नेपालीले एक दिनमा सरदर ३० ग्रामभन्दा बढी चिनी प्रयोग गरेको देखिन्छ । २०७१ मा विश्व स्वास्थ्य संगठनले जारी गरेको चिनी प्रयोग सम्बन्धी निर्देशिकाले दैनिक २५ ग्रामभन्दा बढी खानु हानिकारक हुने भनेको छ । वयश्क र बालबालिका दुवैले दैनिक २५ ग्रामभन्दा कम चिनी प्रयोग गर्नुपर्छ, डब्लुएचओको सुगर रिकमेन्डेड फर अडल्ट एण्ड चिल्ड्रेनु निर्देशिकामा भनिएको छ । 


स्वास्थ्य समस्याको प्रमुख कारण मध्य अधिक चिनी प्रयोग एक भएको डब्लुएचओको ठहर छ । निर्देशिकामा भनिएको छ, सफ्ट ड्रिंक, चकलेट तथा मिठाई आदि जस्ता पदार्थहरुबाट धेरै चिनी खाने बालबालिकामा मोटोपनको समस्या देखिएको छ । अमेरिकन हार्ट एसोसिएसनले पनि चिनी प्रयोग सम्बन्धी मापदण्ड बनाएको छ । एएचएका अनुसार पुरुषले दैनिक ९ चिया चम्चा र महिलाले ६ चिया चम्चा भन्दा बढी चिनी खानु हितकर छैन । वास्तवमा सेतो चिनी सेवन गर्नु भनेको रोगहरु निम्ताउनु हो । 

चिनी र मस्तिष्कः
चिनीको अत्याधिक प्रयोगका कारण कमजोर स्मृति, पढाई र सिकाइमा कमजोर, निरासा, पागलपन, अल्जाइमर र मानसिक रोगसमेत निम्तने अध्ययनमा उल्लेख छ । हरेक मानिसले विभिन्न खानेकुरामार्फत वार्षिक रुपमा लगभग ७० केजी चिनीको सेवन गर्छन् । अर्थात आफ्नो शरीरको वजन भन्दा बढी त चिनीको नै प्रयोग गर्छन् । हरेक खानेकुरा, चकलेट, मिठाई, चियादेखि बजारमा पाइने पेय पर्दाथसम्म चिनीको प्रयोगबा अछुतो हुँदैन । जुन एकदम खतरनाक र दुर्भाग्य भएको अनुसन्धानकर्ताहरुले जनाएका छन् । अध्ययनका अनुसार अनावश्यक चिनीको मात्राले मस्तिष्कले व्युत्पन्न गर्ने न्युरोट्रोफिक फ्याक्टरलाई केमिकलको रुपमा परिवर्तन गराउँछ । न्यूरोट्रोफिकको कमिले हाम्रो मस्तिष्कले नयाँ कुरा सिक्न धेरै समय लाग्ने, कमजोर स्मृति, पढाई सिकाइमा कमजोर र मानसिक रोग जस्ता समस्या देखिने अध्ययनले देखाएको छ । मस्तिष्कले व्युत्पन्न गर्ने न्यूरोट्रोफिकका कारण मधुमेहको समस्या देखिन्छ । मस्तिष्कले व्युत्पन्न गर्ने न्युरोट्रोफिकको कमीले निरासा, पागलपन र अल्जाइमरसँग विशेष सम्बन्ध रहेको हुन्छ । धेरै चिनीको राखिएको खानेकुरा लगातार खान थाल्यौं भने हाम्रो मस्तिष्कले नखान अनुरोध गर्छ जस्तो कि धेरै चिनी खायो भने तीतो हुन्छ भन्नुको अर्थ नै यहि हो । 



चिनी र मुटु रोगः
चिल्लोले भन्दा चिनीले मुटु र रक्तनलीलाई नराम्रो असर गर्छ । चिनीले मुटुसँग सम्बन्धित रोगहरु र हृदयघातको सम्भावना बढाउँछ । चिया, कफी र फलफूलको जुसमा हुने चिनीको मात्रा कटौती मात्र समस्याको समाधान होइन । मह र फलफूलमा प्राप्त हुने गुलियो बढी भयो भने पनि खराब कोलेस्ट्रोल बढाउँछ, रक्त धमनीलाई साँघुरो बनाइदिन्छ, ब्लड ग्लुकोज र इन्सुलिनलाई बढाइदिन्छ र समग्रमा अनावश्यक मोटोपन ल्याइदिन्छ । त्यसले मुटु रोग र मधुमेहको उच्च जोखिम निम्त्याउँछ । 

चिनी र कुलतः
लागूऔषध, मदिरा वा अन्य कुनै पनि प्रकारको कुलत भएका मानिसहरु चिनी वा गुलियो बढी भएका जंक फुड, प्यास्ट्रिज, मिठाई वा डेर्जटका पारखी हुन्छन् । यस्ता व्यक्तिहरुमा चिनी मोह हुुनुमा एउटा कारण छ । चिनीले दिमागमा उत्पादन हुने डोपामाइन नामक न्युरोट्रान्समिटरलाई बाहिर निकालिदिन्छ, जसले गर्दा चिनीप्रति उनीहरुको मोह बढ्छ । लागूऔषध प्रयोगकर्ताले जति चिनी खान्छन्, त्यति नै उनीहरुको दिमागबाट डोपामाइन बाहिर निस्कासन भइरहेको हुन्छ र सदाबहार सन्की मुडमा रहन्छन् । स्मरण रहोस् डोपामाइनले मानिसलाई बढी खुसी बनाउँछ ।

चिनी र कलेजोः
खानेकुराबाट दुई प्रकारको सुगर प्राप्त हुन्छ– ग्लुकोज र फ्रुक्टोज । मह तथा पाकेका फलहरुबाट प्राप्त हुने गुलियोलाई फ्रुक्टोज भनिन्छ । शरीरको हरेक कोषलाई ग्लुकोजको आवश्यकता भए पनि फ्रुक्टोजको अधिक उपभोग शरीरकै लागि खतरा हुन्छ । तर फलफूल, मह, चकलेटमा प्रशस्त फ्रुक्टोज हुन्छ, जुन हाम्रो शरीरको रक्त नलीमा प्रवाहित हुन्छ । पू्रmक्टोजलाई कलेजोले मात्र अर्गानिक परिवर्तन गरिदिन्छ र शरीरलाई भविष्यमा आवश्यक पर्ने ऊर्जाका लागि ग्लुकोजमा परिवर्तन गरी भण्डारण गर्छ । तर रगतमा बढी मात्रामा फ्रुक्टोज भण्डारण भएमा कलेजो मोटो हँुदै जान्छ र बिस्तारै सामान्य रुपमा काम पनि गर्न छोड्छ र मुटुसँग सम्बन्धित विभिन्न रोग लाग्छ । 

चिनी र क्यान्सरः
चिनीबाट क्यान्सर लाग्ने विषय कुनै काल्पनिक भनाइ होइन । अत्यधिक चिनीको मात्रा क्यान्सरको एउटा संकेत हो । स्मरण होस् शरीरको कोषको वृद्धिलाई नियन्त्रण गर्न इन्सुलिनले महत्वपूर्ण भूमिका खेल्दछ । उच्च गुलियो परिकारबाट उत्पन्न र संग्रहित इन्सुलिनले प्रोस्टेट, पेट र छातीको क्यान्सर हुने विभिन्न अध्ययनले देखाएका छन् ।

चिनी र दाँतः
चिनी दाँतका लागि निकै हानिकारक हुनुको साथै दाँत तथा गिजामा हुने रोगको प्रमुख कारण हो । हुन त चिनी क्यालोरीशून्य हुन्छ तर यसले खानेकुराबाट प्राप्त पोषणलाई सोसिदिन्छ । तसर्थ गुलियो चिज खाएपछि दाँत माँझ्नु भएन भने मुखमा भएको सुगरले मुखभित्र ब्याक्टेरिया उत्पन्न हुन र हुर्कन सहयोग पु¥याउँछ ।

चिनी र बूढोपनाः
खानामा धेरै चिनी भयो भने छालाको चमक हराउँछ र चाउरी पर्छ । त्यस्तै गुलियो मात्राले अनुहारमा दाग देखिनुका साथै मानिसलाई वास्तविक उमेरभन्दा बढी देखाउँछ । मधुमेहको जोखिम बढी ग्ुलियो खानेकुराले रगतमा इन्सुलिनको मात्रा बढ्छ र डायबिटिजको जोखिम बढ्छ ।

सेतो चिनीको स्वस्थ विकल्प

सेतो चिनी स्वास्थ्यका लागि निकै हानिकारक छ । त्यसैले स्वास्थ्य ठीक राख्न सेतो चिनी सेवन बन्द गर्नुपर्छ । सेतो चिनीका ठाउँमा खैरो चिनी, धागोवाला मिश्री, मह तथा गुढ सेवन गर्न उचित हुन्छ । चिनी भन्दा मिश्री, मिश्री भन्दा गुढ स्वस्थ्यकर मानिन्छ । डब्लुएचओको सुझाव छ, स्वास्थ्यका लागि प्रत्येक सरकारले चिनीको प्रयोग घटाउने नीति ल्याउनु जरूरी छ । प्रत्येक नागरिकले खाना छनोटमा परिवर्तन नल्याई धरै छैन ।

पुछारमाः
शरीरलाई प्राकृतिक रुपमा चिनी चाहिन्छ । जुन दैनिक आहार, फलफूल तथा अन्य फाइवरयुक्त खानेकुराहरुबाट सहजै प्राप्त गर्न सकिन्छ । यस्तो चिनीको मात्राले शरीरलाई असर गर्दैन । हाम्रो मस्तिष्कको कोषिका सक्रिय हुन ग्लुकोज अर्थात गुलियो रक्तकोषको आवश्यकता पर्दछ । तर बाह्य मिश्रित चिनीले समस्या सिर्जना गरीदिन्छ । त्यसैले सकेसम्म प्राकृतिक खानेकुराबाटै चिनीको मात्रा प्राप्त गर्नु उत्तम हुन्छ । त्यसका लागी बजारमा पाइने गुलियो पदार्थ कम खाने र अग्र्यानिक फलफूल, मह तथा उखु जस्ता गुलियो खानेकुराहरुमा बढी जोड दिनु ठीक हुन्छ ।



Sunday, April 26, 2020

हेल्थ फर्स्ट 

सेतो नूनदेखि सावधान
ओम बानियाँ  
नून मानव शरीरका लागि अति नै आवश्यक तत्व हो । तर, मानव शरीरमा नून निर्माणको कुनै जैविक प्रक्रिया नहुने हँुदा खाना मार्फत यसको परिपूर्ति आवश्यक हुन्छ । नून (सोडियम) सागपातगेडागूडी, फलफूल तथा अन्नहरुमा पनि प्रशस्त पाइन्छ । तर सदियौंदेखि स्वाद र स्वास्थ्यका लागि समुद्रि लवण (नून)लाई प्रयोग गर्ने प्रचलनले गर्दा हाम्रो मनमस्तिष्क यस्तो भएको छ कि नून बिना खानाको स्वाद नै हँुदैन । नून बिनाको दालतरकारी खाना कति गाह्रो हुन्छ भन्ने सबैलाई थाहा छ । त्यसैले अहिले नुन हाम्रो खानाको अभिन्न र अपरिहार्य अङ्ग बन्दै आएको छ । तर हिजोआज हामीहरुले व्यायाकरुपमा प्रयोग गर्दै आएको सेतो नूनको समुचित प्रयोग नगर्ने हो भने यो नून स्वास्थ्यका लागि निकै खतरनाक पनि हुन सक्दछ । तर, स्वास्थ्यको लागि कुन नून, दैनिक कति र कसरी खाने भन्ने विषयमा जनसाधारणमा अद्यापि प्रशस्त भ्रम र अन्यौल कायम रहेको छ ।


के हो सेतो नूनः
शरीरमा पोषक तत्व र उर्जाको सञ्चार, द्रवहरुको मात्रात्मक सन्तुलन, मस्तिष्क, फोक्सो, हृदय, कलेजो र मांशपेशी लगायतका शरीरका सबै अङ्गहरुका स्थुल र हजारौं सुक्ष्म कार्यमा प्राथमिक भूमिका खेल्ने नून निश्चित रुपले हाम्रो स्वस्थ जीवनको आधार पनि हो । तर, हामीहरुले दैनिक प्रयोग गर्ने सेतो नून प्रकृतिले हामीलाई सग्लो खाद्य पदार्थको रुपमा उपलब्ध गराएको ८४ ट्रेस मिनरल र माइक्रो न्यूट्रिएण्ट सहितको प्राकृतिक स्वास्थ्यवद्र्धक नून चाहीँ होइन । वास्तवमा भन्ने हो भने यो कृत्रिम नून हो । नक्कली नून हो । 

कसरी बन्छ सेतो नूनः
समुद्रको पानी वा प्राचिन नूनखानीबाट उत्खनन गरिएको सामुद्रिक लवणलाई कारखानामा १२०० देखि १५०० डिग्री फरेनहाइटको तापक्रममा सघन प्रसोधन र सेतो तुल्याउन व्लिचिङ् गर्ने क्रममा मानव शरीरलाई अत्यावश्यक म्याग्नेशियम, क्याल्सियम, पोटासियम, व्रोमाइड र रुविडियम समेतका सबै खनिज र पोषक तत्वलाई पन्छाएर केवल सोडियम (३९ दशमलव ५ प्रतिशत) र क्लोराइड (६० दशमलव ५ प्रतिशत) को संयोजनद्वारा यस्तो सेतो नून उत्पादन हुने गर्दछ । 

शुद्धता (रिफाइण्ड)को नाममा प्रकृति प्रदत्त सग्लो खाद्य वस्तुमा हुने कुनै पनि प्रकारको प्रशोधन आफैँमा प्राकृतिक नियमको विरुद्ध र मानव स्वास्थ्यको लागि निकै अहितकारीे हुन्छ, चाहे त्यो सेतो नून होस् वा चाहे त्यो सेतो चिनी वा अत्यधिक सेतो चामल वा मैदा होस् । प्रशोधनका अतिरिक्त यस्तो नूनमा आद्र्रता नआओस् वा नपग्लियोस् भन्नाका लागि अल्मुनियम हाइड्रोक्साइड र फेरो सायनाइड जस्ता एन्टी केकिङ्ग रसायनहरु मिलावट गरिन्छ जो स्वास्थ्यका लागि निकै घातक छन् । यस्तो नून अजैविक त हुँदै हो प्रकृतिले हाम्रो शरीर अनुकुल हुने गरी दिएको शुद्ध र प्राकृतिक स्वरुपको नभएर नक्कली वा कृत्रिम पनि हो । बितेका केही दशकदेखि संसारभर यही सेतो नून ज्यादै चल्तिमा छ । यही कारण संसारभर अनेक रोगहरु पनि बढ्दै गएको विषेशज्ञ बताउँछन् ।
 
खतरनाक सेतो नूनः 

हिजोआज उच्च रक्तचाप, ब्लड सुगर, आथ्र्राइटिस, मुटुको अनियमित चाल, विविध ≈दय रोग, दम, ब्रोङ्काइटिस र अन्य श्वास प्रश्वासका रोग, दीर्घ ग्यास्ट्राइटिस, महिलाहरुमा महिनावारी गडबडी (पी एम एस), अस्टियोपोरोसिस, डिप्रेसन, हृदयाघात, ऐड्रिनल फेटिग, कलेजोको रोग, मिर्गौला र पित्त थैलीमा पथ्थरी जस्ता रोगहरु अभुतपूर्व बढ्दै गएका छन् । यस्ता रोगहरु बढ्नुमा सेतो नूनको अत्याधिक सेवन पनि एक प्रमुख कारण भएको विशेषज्ञहरु बताउँछन् ।

नूनको सोडियम घटकको हाइड्रोफिलिक स्वभावले गर्दा यसले आफ्नो तौलको २० गुणा सम्म बढी पानी सञ्चय गर्न शरीरका कोषिकाहरुबाट पानीको मात्रा तानेर लिने हुँदा बढि नूनको सेवन पछि प्यासको स्वाभाविक अनुभुति साथै रक्त प्रवाहमा अत्यधिक जलसंचयले हृदयका धमनीहरुमा अतिरिक्त दवाव पर्न गई रक्तचापमा बृद्धि हुन सक्दछ । सोडियम अधिकताको कारण अनावश्यक पानी छानेर पेशावबाट निस्काशन गर्ने मृगौलाको कार्य क्षमतामा कमी आउन थाल्दछ र मृगौलाका समस्या हुंदै शरीर फुल्ने सम्म स्थिति बन्छ । त्यसमाथि सेतो नूनमा सोडियमलाई सन्तुलनमा राख्न प्रकृतिले दिई पठाएको म्याग्नेसियमलाई नूनको प्रशोधन र धुलाइकै बखत मिल्काइने र यस्तो नूनमा शरीरमा बचेखुचेको म्याग्नेसियमलाई समेत निषेध गर्ने रसायन हुने हुँदा धमनीहरुमा संकुचन आई रक्तचापमा अरु जटिलता थपिन्छन् । त्यसैले पनि यस्तो नूनको उपयोगलाई यथासक्य न्यूनतम गर्न सन् २००५ देखि डब्लु एएसएच(वास) कार्यक्रम थालनी भएको छ । र, हालसम्म ९५ देशका ५२७ संगठनहरु यस अभियानमा संलग्न छन् ।

कुन नून राम्रो ? 
जति पनि नूनका प्रकारहरु छन्, कुनै न कुनै समय समुद«कै पानीबाट तयार हुने समुद«ी लवण नै हुन् । सेतो नूनलाई जस्तो व्यापक धुलाई, प्रशोधन र केमिकल ट्रिटमेन्ट नगरी सामुद्रिक नूनलाई सिधै समुद्रको पानीलाई सुकाएर वा प्राचिन समुद्र सतह पुरिएर २५ देखि ५० करोड वर्ष पूर्व बन्न गएका भौगोलिक पकेटहरुबाट उत्खनन गरेर जस्ताको तस्तै उपभोक्ता बजारमा पु¥याइन्छ । यसर्थमा सबै समुद्री लवण प्राकृतिक लवण नै हुन् । यसमध्य पनि हिमालयको कराकोरम श्रृंखला अन्तर्गत हाल पाकिस्तानको पञ्जाव प्रान्तको खेवरा नूनखानीबाट उत्पादित सिधे नून गुणवत्ताको हिसावमा सबैभन्दा उच्च कोटिको नून मानिएको छ । सिन्ध क्षेत्रमा उपलब्ध हुने हुनाले यस नूनलाई सैन्धव वा सिधे नून भनिएको हो । यो नून मानव समाजको उत्पत्ति अघिकै उत्पादन हुनाले हालका हानीकारक औद्योगिक र अन्य रसायन, रेडियोधर्मी तत्व र प्रदुषणबाट सर्वथा मुक्त हुने कुरा एकातिर छ भने सोडियम क्लोराइडको मात्राको हकमा सेतो नूनको ९९ दशमलव ५ प्रतिशतको अपेक्षा यसमा ८७ प्रतिशत र बाँकी अवयव संरचनामा मानव शरीरलाई चाहिने २१ प्रकारका अनिवार्य र ३० प्रकारका सहायक खनिज तत्व सहित हाम्रो खानामा दुर्लभ हुँदै गएका फलाम, तामा, चाँदी, सुन र लिथियम जस्ता धातु वोनसको रुपमा मिल्ने हुँदा मानव स्वास्थ्यको लागि यो अत्यन्तै गुणकारी सावित हुन्छ । 

सिधै नूनमा सेतो नूनको तुलनामा सोडियमको मात्रा कम हुनाले मात्र श्रेष्ठ होइन कि यस्तो सोडियम हाम्रो शारीरिक आवश्यकता अनुरुप प्राकृतिक स्वरुपमा हुने हुँदा बायो एक्सेसिवल अर्थात् सहज ग्रहणयोग्य पनि हुन्छ । शरीरका बात, पित्त, कफ जनित त्रिदोषलाई समन गरी सात्विक भाव र स्वास्थ्य प्रवद्र्धन गर्ने हुँदा यसलाई नूनलाई नूनको राजा भनेर महर्षी सुश्रुतले इशापूर्व छैठौ शताब्दीमै आफ्नो संहितामा यसको उल्लेख गरेका छन् । त्यस्तै इ.पू. पाचौ शताब्दीको वौद्ध ग्रन्थ विनयपिटक र इ.पु. चौथौ शताब्दीको चरक संहितामा पनि यसको प्रशस्त गुणगान पाइन्छ ।  समुद्र लवणको रङ्ग उपलब्ध हुने स्थान र घटक खनिजको प्राधान्यताबाट प्रभावित हुन्छ । सिधेनून आइरन अक्साइडको प्राधान्यताले हल्का गुलावी, एट्लान्टीकको व्रिटानी समुद्र तटमा उपलब्ध फ्रेन्च (केल्टिक) समुद्र लवण हल्का खरानी वा वालुवाको रङ्गको, हवाइयन एलि नून रातो र अर्को हवाइयन कालो नून कोइलाको प्रभावले कालो रङ्गमा पाइने गर्दछ । समुद्र लवणका लाभहरुको पुरापुर आनन्द उठाउन यसलाई नपकाई भोजनका बखत दाल वा तरकारीमा मिश्रण गर्ने र एक पटकमा ३ औलाको चिम्टीमा आउने (१ चौथाई चिया चम्चा) वरावरको मात्रा उचित हुने वताइएको छ तापनि समुद्र लवणमा सोडियमको तह सेतो नूनमा भन्दा कम हुने हुदा शारिरीक अवस्था र स्वाद अनुसार थोरै मात्रात्मक हेरफेर गर्न भने सकिन्छ ।

नूनको राजा

महर्षी सुश्रुतले सिधे नूनलाई नूनको राजा भनेका छन् । उनका अनुसार सिधे नूनले शरीरको त्रिदोष ( बात, पित्त र कफ )लाई समन गरी सात्विक भाव र स्वास्थ्य प्रवद्र्धन गर्ने हुँदा यस नूनलाई उनले नूनको राजाको उपाधि दिएका हुन् । अमेरिकाका चर्चित चिकित्सक डा. डेविड व्राउन्स्टीनले पनि सिधे नूनलाई सर्वश्रेष्ठ नून भनेका छन् । उनका अनुसार सिधे नूनले उच्च र न्युन दुवै रक्तचाप सुधार गर्ने, रगतमा चिनीको मात्रालाई सन्तुलनमा  ल्याउने, कोषिकाको अम्लियता र खास गरी मस्तिस्क कोषिका (न्युरोन) मा सञ्चीत अम्ललाई हटाई शरीरलाई क्षारीय तुल्याउने, शरीरका यावत विकारहरुलाई निस्कासन गरी शरीरलाई शुद्ध तथा निर्मल गर्न सर्वोत्तम भुमिका निर्वाह गर्ने बताउँछन् । सिधे नूनले मुटुको चाललाई सामान्य गर्ने, शरीरका अन्तश्रावी ग्रन्थीहरुलाई दुरुस्त गर्ने, मस्तिष्कको कार्य कुशलता वृद्धि गर्ने, ब्याक्टेरियाको संक्रमणहरु रोक्ने, शरीरको रोगप्रतिरोध क्षमता मजबुत गर्ने, शरीरमा उर्जा, उत्साह र शौर्य ल्याउने, दम र व्रोङ्काईटिस जस्ता समस्याहरुमा आराम पु¥याउने, सेरोटोनिन र ट्रिप्टोमाइन जस्ता स्नायुरसायनहरु उत्पादन गरी स्नायुप्रणाली अनि मन र मस्तिष्कलाई समेत शान्ति र सितलता प्रदान गर्ने जस्ता अनेकौ स्वास्थ्य लाभ हुने कुरा नविनतम अध्ययन अनुसन्धानले पनि बताएको छ । त्यसैले सेतो नूनको ठाउँमा सिधे नून सेवन गर्ने हो भने अनेक रोगहरुबाट बच्नुको साथै अनेक स्वास्थ्य लाभ प्राप्त गर्न सकिन्छ ।



पुछारमाः
सेतो नूनको लाभ अति नै न्यून छ । तर यसबाट स्वास्थ्यका लागि हानी भने धेरै छ । यसमा राखिएको आयोडिन पनि नेपालका सबै ठाउँ र मानिसहरुका लागि आवश्यक छैन । त्यसैले यस नूनको ठाउँमा सिधे नून प्रयोग गर्ने वा दैनिक ३ ग्राम भन्दा बढी यस नूनको सेवन नगर्ने हो भने स्वास्थ्यमा सकारात्मक प्रभाव देखिने पक्का छ । थाइरोइडिज्म, मुटुको रोग, हाइब्लड प्रेसर, मोटोपना, सुगर तथा किड्नी फेलियर आदिको समस्याहरु स्वतः कम हुनेछन् । (लेखक साइकोथेरापिष्ट तथा पोषणविद् हुन् ।) 








Friday, April 24, 2020

 हेल्थ फर्स्ट 

मोटोपनाबाट मुक्ती 
 ओम बानियाँ

सामान्यतया शरीरको उचाइको अनुपातमा हुनु पर्ने औसत तौल भन्दा शारीरिक तौल बढी हुनु तथा पेट बढ्नु नै मोटोपन हो । शरीरमा मोटोपना छ छैन पत्ता लगाउनका लागि तौल र उचाईमा आधारित बडी मास इन्डेक्स (बीएमआई) नापको उपयोग गरिन्छ । यसले कुनै पनि व्यक्ति कम तौल को, सामान्य तौल को, बढी तौलको या अत्यधिक तौलको के छ त्यो सजिलै पत्ता लाग्दछ । शरीरको तौललाई उचाइ (सेन्टिमिटर) ले दुई पटक भाग गर्दा आउने अंक नै बडीमास इन्डेक्स (बीएमआई) हो । बीएमआई १८ देखि २५ सम्म हुनुलाई सामान्य मानिन्छ । तर, सूचक ४० भन्दा बढी हुनुलाई अत्यधिक मोटोपनका रूपमा लिइन्छ । त्यस्तै गरि कम्मरको घेरा अर्थात् पेटको गोलाइ महिलाको ८० सेन्टिमिटर (३१.५ इन्च) र पुरुषको ९० (३५.५इन्च) सेन्टिमिटरभन्दा थोरै हुनुलाई सामान्य मानिन्छ । त्यो भन्दा बढी भए मोटोपना मानिन्छ । पेट लाग्यो भने कम्मर भन्दा माथिको भागमा मोटोपना देखिन्छ । ३० वर्षभन्दा बढी उमेर भएका र व्यायाम नगर्ने निस्कृय जीवनशैली भएका व्यक्तिको शरीरको तौल र पेटको गोलाइ (नाइटोनिर) आवश्यक भन्दा बढी हुने गर्छ ।


मोटोपनका समस्याः
मोटोपनले मानिसको शारीरिक सौंदर्य घटाउँछ । तौल बढी भएका तथा पेट बढेका व्यक्तिहरु वास्तविक उमेर भन्दा धेरै बुढो देखिन्छन् । प्रमुख कुरा मेटोपनाले गर्दा अनेक खालका रोगहरू लाग्ने सम्भावना धेरै हुन्छ । जस्तैः मधुमेह, मुटुरोग, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, ह्दयाघात, स्ट्रोक, दम, कफ, स्वाँ स्वाँ र श्वासप्रश्वासमा समस्या, महिनावारी गडबडी, थाइरोडिज्म, मानसिक रोग तथा नींदमा हुने श्वास अवरोध (नींदका बेला छोटो समय सास नलिने हुनु) आदि । 

मोटोपनका कारणः
मोटोपनको प्रमुख कारण अस्वस्थ जीवनशैली हो । वंशानुगत रुपमा पनि यो समस्या देखा पर्न सक्दछ । धेरैजसो मानिस मोटाउनुका पछाडीको कारण सामान्य छ, धेरै खानु र थोरै परिश्रम गर्नु । लामो समयसम्म डिप्रेशन आदि रोगहरुको औषधि सेवन गर्नुले पनि मोटापन बढाउने काम गर्छन् । हर्मोनका कारणले पनि मोटाइने केही घटना हुन सक्छन् । जस्तो कि थाइरोइड हर्मोनको कमीका कारण पनि मोटाउने सम्भावना हुन्छ । आमाले बच्चालाई आफ्नो स्तनपान नगराएर पाउडर दूध खुवाउँदा पनि बच्चाको तौल अस्वाभाविक बढ्ने सम्भावना हुन्छ । बच्चा छँदा अथवा किशोर छँदा बढी तौलको भएको खण्डमा वयस्क छँदा पनि बढी तौलको हुने सम्भावना हुन्छ । यदि गर्भावस्थामा आमाले अस्वस्थकर खानेकुरा खाने गरेको खण्डमा पनि बच्चा पछि गएर मोटो हुने सम्भावना हुन्छ । व्यायाम नगर्ने, फास्ट फुड, जंक फुड, अत्याधिक चिल्लो नूनिलो र गुलियो खाद्यपदार्थ सेवन गर्ने व्यक्तिहरूमा मोटोपना पाइएको छ । हाइपोथाइरोडिज्म भएका महिलाहरूमा पनि मोटोपना देखिन्छ । उनीहरू थोरै खाना खाए पनि मोटाइ हाल्छन् ।
वाटर वैट

शरीरमा पानी जमेर (वाटर रिटेंसन) पनि तौल बढ्ने गर्छ । अध्याधिक तौलको थलथल शरीरका व्यक्तिहरुमा यो समस्या देखिने गर्छ । पानी मात्र खाए पनि शरीर लाग्ने कारण पनि यही हो । यदि यसरी शरीरको तौल बढेको छ भने तौल घटाउन निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा तौल घटाउन सोडियमको सेवन कम गर्ने, बढी पानी पिउने । कार्बोहाइड्रेटको सेवन कम गर्ने, अल्कोहल बन्द गर्ने । पसिना निकाल्ने गरी व्यायाम गर्ने, कैनबैरी जुस पिउने तथा कुरिलो सेवन गर्ने ।


मोटोपनको उपचारः 
मोटोपना घटाउने विभिन्न तरीकाहरु छन् । अत्यधिक मोटाईबाट मुक्ति पाउनका लागि केही औषधि सेवन तथा शल्यक्रिया पनि महत्वपूर्ण विकल्प हुन सक्छन् । तर यी तरीकाहरु सधैं ठीक नै हुन्छन् भन्ने छैन । यी महँगा पनि छन् र सजीलै प्राप्त गर्न पनि सम्भव हुँदैन । तौल घटाउने हर्बल औषधिहरु पनि त्यति सुरक्षित मानिँदैनन् । वास्तवमा मोटापन घटाउन प्रयोगमा ल्याइने धेरै जसो तरीकाहरु सामान्य र संसारभर उपयोग गर्न सकिने खालका छन् । थोरै खानु, धेरै हिँड्नु । यी दुवै कुरा सँगसँगै गर्नु नै तौल घटाउने सर्वोत्तम उपाय हो । 

नियमित रुपमा गरिने शारीरिक परिश्रमले तौल घटाउन मद्दत गर्दछ । छिटछिटो हिँड्न, उफ्रनु, नाच्नु, बगैंचामा काम गर्नु या बसेका बेलामा सामान्य रुपले हातको व्यायाम गर्नुले पनि तौल घटाउने काममा सघाउँछन् । मुख्य कुरा भनेको खाएको कुराबाट प्राप्त क्यालोरीलाई परिश्रम गरेर खर्च गर्नु हो । त्यसपछि थप क्रियाकलाप गरियो भने त्यसले मोटोपना घटाउने काम गर्छ ।  दिउँसो हल्का खाजा खाने र बेलुकी कम खानुपर्छ । बेलुका टन्न खानेहरूलाई मोटोपनले सताउन सक्छ । दिनभरिमा तीन छाक खाने बीच–बीचमा थोरै क्यालोरी भएका खानाहरू खान सकिन्छ । चिल्लोरहित भेजिटेबल सुप, जुस, मही लिनु लाभदायक हुन्छ । भोक लाग्दा कम क्यालोरी दिने खाद्य पदार्थहरू जस्तैः गाँजर, काँक्रो, कागतीको सर्बत खानु ठीक हुन्छ । बिहानको लन्चमा ओट्स, गहँु तथा मकैको च्याँख्लाको भात वा ब्राउन राइस खाने गर्नुपर्छ । मिठाइ, गुलियो जुस र तेल बढी मात्रा भएका परिकार सेवन गर्नु हुँदैन । बेलुकाको डिनर बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खाएको कम्तीमा पनि तीन घण्टापछि मात्र सुत्नु उपयुक्त हुन्छ । 


एक दिनमा कम्तीमा पनि ५ पटक जति विभिन्न प्रकारका फलफूल र सागसब्जी खानुपर्दछ । धेरै लामो समयसम्म खाली पेट बस्नु हुँदैन । खाली पेटमा चिया खानु हुँदैन जसले गर्दा ग्यासट्राइटिस हुन्छ । प्राय धेरै खानाहरुमा रेसादार वस्तु भएमा राम्रो हुन्छ जस्तैः गहुँ, कोदो, आलु, चामल) र साथमा फलफूल र सागसब्जी । मोटो मासुहरु, चिल्लो भएको दूध, चीज, झानेको वा तारेको खानाहरु सकेसम्म नखाने । कम चिल्लो भएका तेलहरु प्रयोग गर्ने । हप्तामा २–३ पटक माछा खाँदा राम्रो हुन्छ । माछाभित्र भएको चिल्लो लाभदायक हुन्छ । मासु खाँदा सकेसम्म सेतो मासु जस्तै कुखुराको मासु बढी प्रयोग गर्ने । खानामा बढी नूनको प्रयोग नगर्ने र नुनिला खानेकुरा सकेसम्म नखाने । खाना दिनको तीनपटक खाँदा उत्तम हुन्छ । खाना विस्तारै खानुपर्दछ । 

मोटो व्यक्तिले तौल सन्तुलनमा ल्याउन खाना जस्तै व्यायाममा पनि ध्यान दिनुपर्छ । बिहान सबेरै हिँड्ने वा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । मोटोपना भएका व्यक्तिले एरोबिक व्यायाम गर्नु उपयुक्त हुन्छ । यस व्यायाम अन्तर्गत हिँड्ने, दौडने, फुटबल, भलिबल, बास्केटबल, व्याडमिन्टन, पौडी, साइकल चलाउने र परेड खेल्ने लगायतका पर्छन् । व्यायाम गर्दा असल कोलेस्टेरोल (एचडीएल) बढाउँछ भने खराब कोलेस्टेरोल (एलडीएल तथा ट्रिग्लेसराइड) मा कमी ल्याउँछ । वजन घटाउन सहयोग गर्छ । मोटोपना कम हुन्छ । एक किलो वजन घटाउन सात हजार पाँच सय क्यालोरी ऊर्जा शरीर निकाल्नुपर्छ । यदि पसिना आउने गरी आधा घण्टा दौड्ने हो भने दुई सयदेखि तीन सय क्यालोरी ऊर्जा खर्च हुन्छ । नियमित व्यायाम गर्न सकेमा कमसेकम एक किलो वजन घटाउन सकिन्छ  । तर, खानाबाट ऊर्जा थप्दै जाने हो भने मोटोपना घटाउन व्यायाम गर्नुको औचित्य हुँदैन । खेलाडीहरूको वजन धेरै हुन्छ, तर उनीहरूको पेट भुक्क उक्सिएको भने हुँदैन । शरीरको बोसो भन्दा पनि मांशपेशीका कारण उनीहरूको वजन बढेको हुन्छ ।

वजन एकै चोटि ह्वात्तै नघटाई विस्तारै तौललाई नियन्त्रणमा ल्याउनुपर्छ । एकैचोटि वजन घटाउँदा अन्य दीर्घ रोगहरू लाग्ने सम्भावनाहरू हुन्छ । सातामा पाँच सय ग्राम अर्थात् एक महिनामा दुईदेखि चार केजी वजन घटाउन सकिन्छ ।

पुछारमाः 
अतः जीवनशैली परिवर्तन गरेर तौल नियन्त्रणमा राख्नु सर्वोत्तम उपाय हो । त्यसैले मोटोपना हुन नदिने किसिमले शुरुमै स्वस्थ जीवनशैली अपनाउनु राम्रो हुन्छ । स्वस्थ जीवनशैली, सन्तुलित खाना, व्यायामसहित चिन्तामुक्त दिनचर्या बिताउने हो भने मोटोपनबाट मुक्ति पाइन्छ । तर यति गर्दा पनि कतिपय मानिसहरुको वजन घट्दैन । यसका दुई कारण हुन सक्छन्ः एक हो, वाटर वैट र अर्को माटोपनको मनोविज्ञान । अधिकांश मानिसको यस कारण वजन घट्दैन कि उनीहरु भित्रदेखि मोटोपना घटाउन चाहँदैनन्, मोटोपनामा नै मस्त रहन चाहन्छन् । त्यसैले यस्ता व्यक्तिहरुको तौल घटाउन मनोवैज्ञानिक उपचार आवश्यक हुन्छ । (लेखक मनोविद् तथा पोषणविद हुन् ।)






Wednesday, April 22, 2020

ब्रेन बाइट्स 

हे आमा ! 
  
ओम बानियाँ

आमा शब्द नै यति कर्णप्रीय छ कि यो शब्द कानमा पर्नासाथ मानिसको मस्तिष्क माया, ममता र स्नेहले झंकृत हुन्छ । मन आनन्दको गहिराई पौडी खेल्छ । वास्तवमा सन्तानका लागि आमा माया, ममाता, करुणा र स्नेहकी प्रतिमुर्ति हुन् । आमाले अनेक दुःखकष्ट व्यहोर्दै नौ महिना शिशुलाई गर्भमा राखेर माया, ममता र संस्कारले सिंचन गर्छिन, कठोर प्रसवपडिा सहेर सन्तानलाई जन्म दिन्छिन्, आफुले खाइनखाई सन्तानको पालनपोषण गर्छिन्, आफ्नो ज्यानको पर्वाह नगरी सन्तानको सुरक्षा गर्छिन् । यही कारण आमाको यति महत्व भएको हो, आमलाई जगत जननी भनिएको हो । 



भनिन्छ, मानव जातिका लागि धर्तीले जति बोझ् थामेकी हुन्छिन्, सन्तान र परिवारका लागि आमाले त्यतिकै बोझ उठाउँछिन् । त्यसैले मानव समाजमा पिताको भन्दा माताको उच्च स्थान रहेको हुन्छ । शास्त्रहरुमा भनिएको नै छ । तीर्थहरूमा गड्डा, ईश्वरहरूमा विष्णु, पुज्यहरूमा भगवान् शिव र गुरुहरूमा आमाको सर्वोपरि महत्व छ । पत्नीसमान कुनै मित्र हुँदैन, सन्ततिसमान प्यारो कुनै प्राणी हुँदैन, दिदीबहिनीसमान कुनै मान्यजन हुँदैनन् र आमासमान कुनै गुरु हुँदैनन् । देशहरूमा गड्डाको नजिक रहेको देश उत्तम हुन्छ, पत्रहरूमा तुलसीपत्र उत्तम हुन्छ, गुरुहरूमा माता सर्वोत्तम हुन्छन् । मानिसले माता एवं पिताको सँगै दर्शन गर्दा सर्वप्रथम मातालाई प्रणाम गरेपछि मात्र पितालाई प्रणाम गर्नुपर्छ । 

हो, मानिसको जीवनमा पिताको भन्दा माताको स्थान उच्च छ । तर, मातासँगै पिताको महत्व पनि कम छैन । वास्तवमा हरेक मानिस बाबु–आमाका एक नयाँ रूप नै त हुन् । छोरा–छोरीको पुरुषार्थ देखेर निःस्वार्थ आनन्द लिने व्यक्ति मात्र बाबु–आमा हुन्छन् ।

आमाका २१ नाम

आमाका २१ नामहरूको ठुलो महत्व छ । मातृत्वमा निहित ममता, स्नेह, करुणा जस्ता गुण र निःस्वार्थ स्वभावको चिनारी गराउने माताका २१ नाम यस प्रकार छन्– १. माता (आमा) २. धरित्री, ३. जननी ४. दयाद्र्रह्दय ५. शिवा ६. देवी ७. त्रिभुवनश्रेष्ठा ८. निर्दोषा ९. सर्वदुःखहा १०. परमाराधनीया ११. दया १२. शक्ति १३. क्षमा १४. धृति १५. स्वाहा १६. स्वधा १७ गौरी १८ पद्मा १९. विजया २०. जया तथा २१. दुःखहन्त्री । यी प्रत्येक नामले माताको महनीय बिम्बलाई आत्मसात् गराउँछन् । उक्त २१ नामहरूको श्रवण र मनन गरी आमाको महिमा बुझेर सम्मान, सेवा र सत्कार गर्ने सन्तानहरू दुःखबाट मुक्त हुन्छन् ।  तर, कतिपय मानिसको जीवनमा आमाको यो महत्व एक रत्ति पनि भेटिदैन । त्यसैले त आफ्नी आमालाई भरपुर सम्मान, सेवा र सत्कार गर्ने ठाउँमा बुढी भएकी आमालाई आश्रममा राख्ने तथा सडकमा बेसाहरा छोडिदिने छोराछोरीहरू पनि थुप्रै छन् यहाँ । यसरी नै आफ्नो स्वार्थका लागि मातृभुमिलाई नै जातका नाममा, धर्म–संस्कृतिका नाममा टुक्रा–टुक्रा पार्न खोज्ने नक्कली नेताहरू पनि कम छैनन् यहाँ । 

मातातिर्थ औंसीः
नेपाली समाजमा बैशाख कृष्णपक्ष औंसीलाई मातातिर्थ औंसीका रुपमा मनाइन्छ । यस दिनलाई मातृ दिवस तथा आमाको मुख हेर्ने दिन पनि भनिन्छ । यस दिन छोराछोरीले बिहानै उठी स्नान गरी आफ्नी आमालाई राम्राराम्रा लुगा तथा मीठामीठा खानेकुरा दिई र शास्त्रीय मान्यता अनुसार गुरु र पिताभन्दा पनि ठुली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आशिर्वाद थाप्ने चलन छ । यस दिनलाई संसारभर रहेका नेपालीहरुले मनाउँछन् । आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवंगत आमा र उनले गरेका महान् र कष्टपुर्ण काम सम्झने गर्छन् । शास्त्रमा हरेक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । यस दिन दिवंगत आमाको सम्झनामा थानकोट नजिक मातातिर्थमा ठुलो मेला लाग्छ  । आमा नहुने नरनारी बिहानै उक्त तिर्थमा गई स्नान तथा हरिहर(विष्णु र शिव)को दर्शन र पुजा गर्छन् । सो तिर्थको परिसरमा सबैकी आमाको प्रतिकका रुपमा साझा आमाको मुर्ति पनि स्थापना गरिएको छ । 

मातातिर्थको उत्पतिका सम्बन्धमा प्रचलित कथा अनुसार धेरै वर्ष पहिला त्यस ठाउँमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले उक्त चौरमा फयांकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फयाँक्यो, त्यो पनि हरायो । अरु गोठालाहरुले पनि रोटीका टुक्रा फयाँके । तर आमा जीवित हुने गोठालाहरुले फयाँकेका रोटी त्यहीँ रहे आमा नहुने गोठालाहरुले फ्याँकेका रोटी मात्र गायब भए । कथा अनुसार पहिलो चोटि रोटी फ्याँक्नेकी पनि आमा थिइनन् । त्यो दिन बैशाख कृष्णपक्षको औंसी थियो । दोस्रो दिन भने अघिल्लो दिनको जस्तो रोटी हराएन । यो कुरा चाल पाएपछि गाउँलेहरुले औंसीका दिन मृत आमाहरु त्यस ठाउँमा आई आफ्ना छोराछोरीहरुले दिएको चिज खाँदा रहेछन् भन्ने विश्वास गरेर त्यस ठाउँमा कुण्ड बनाइ मातातिर्थ नामकरण गरे ।  यसरी हरेक वर्ष यस दिन आमा नहुनेहरुले त्यो कुण्डमा नुहाएर मीठामीठा खाद्यवस्तु चढाई मातृ दिवस मनाउन थालेका हुन् । 

नेपालमा जस्तै अन्य देशहरुमा पनि आआफना मान्यताहरुका साथ मातृ दिवस अर्थात मदर्स डे मनाउने गरिन्छ । अमेरिका लगायतका कतिपय देशहरुमा मे महिनाको दोस्रो आइतावारलाई मदर्स डे का रुपमा मनाउने गरेको पाइन्छ । 


मातृभुमिः
आमा छोराछोरीकी माता हुन् । देश जनताकी माता हुन् । त्यसैले त जन्म थलो (देश)लाई मातृभुमि भन्ने गरिन्छ । वास्तवमा माता र मातृभुमि एउटै कुरा हुन् । त्यसैले त भनिएको छ, जननी जन्मभुमिश्र्च स्वर्गादपि गरीयसी अर्थात् माता र मातृमुमि स्वर्गभन्दा पनि गरिमामय हुन्छन् । तर हाम्रा अधिकांश नेताहरूका लागि मातृभुमि आफ्नो पार्टीगत र व्यक्तिगत स्वार्थ भन्दा कहिल्यै गरिमामय भएन । एक पटक सोचौं त, नेपालका कुन पार्टीलाई कुर्सी भन्दा नेपालको राष्ट्रीय स्वाभिमान र अखण्डता प्यारो छ ? नेपाल यत्ति पछाडिनु र विदेशीको हस्तक्षेपले हाम्रो मातृभुमि हरेक दिन बलात् हुनु पर्ने कारण पनि यही हो । 

पुछारमाः
भनिन्छ, ‘अरुको लाख, आमाको काख ।’ आमाको काख मात्रै भएपनि सन्तानहरुका लागि त्यो स्वर्ग हो । त्यही स्वर्गमा हुर्कन पाउनेहरु संसारका सबैभन्दा बढी भाग्यमानी हुन्छन् । आमाको कोखमा ९ महिना बसेर आमाकै काखमा हुर्कन पाउनु सन्तानका लागि सबैभन्दा ठुलो भाग्य हो । तर कसैलाई पनि सधैभरि आमाको काख प्राप्त हुँदैन । त्यो किनभने मानिसको मृत्यु अवश्यम्भावी छ, मानिस जन्मिए पछि सबैलाई ढिलो चाँडो मर्नै पर्दछ । हो, मानिस जन्मिन्छन्, अनि मर्छन् । मानिस मरेपछि मानिसको भौतिक शरीर खरानी बन्दछ, माटोमा मिल्दछ । बाँकी केही रहन्छ भने मानिसका विचार, उनीहरूले गरेका कर्म तथा सम्झना बाँकी रहन्छ । त्यसैले त कतिपय आफ्ना र राम्रा अनुहारहरू बेलाबेलामा स्मृतिमा आउने गर्दछन् । नचिनेका मानिस भन्दा चिनेका राम्रा मानिसको, आफन्तको, आमाबुबा, पतिपत्नी तथा छोराछोरीको बढी याद आउने गर्छ । त्यसैले मरेर पनि अमर रहन मानिसले असल काम गर्नुपर्छ । असल काम गर्ने मानिसलाई छोराछोरी र परिवारले मात्र होइन कि सारा समाजले सम्झिने गर्छ, राष्ट्रले सम्झिने गर्छ, युगले सम्झिने गर्छ । (लेखक मनोविद् हुन् ।)


Friday, April 17, 2020

ब्रेन बाइट्स 

मोहनीको 'मायाजाल'
ओम बानियाँ 


मानसिक शक्तिद्धारा दोस्रो व्यक्तिको मनलाई प्रभावित गरेर त्यसलाई आफ्नो अनुकुल गर्ने विज्ञान ‘सम्मोहन’ हो । सम्मोहनलाई नेपाली जनजिब्रोमा ‘मोहनी’ भन्ने गरिन्छ । साधारण शब्दमा मीठा र आकर्षण कुरा कुरा गरेर, फकाएर, आत्मिय व्यवहार तथा आकषर्ण बस्तु देखाएर, कुनै मीठो कुरा खुवाएर व्यक्तिलाई मोहनिद्रा (कृत्रिम निद्रा)मा लठ्ठ पारेर आफ्नो अनुकुल पार्नु नै ‘मोहनी’ हो । जस्तो कि कुनै अल्लारे केटाले आकाशको तारा झारीदिने मीठामीठा कुराहरु गरेर केटी फकाउनु पनि मोहनी लगाउनु हो । कुनै नेताले आकर्षक नाराहरु दिएर जनतासँग भोट माग्नु पनि मोहनी नै हो । सेक्सी केटी देखाएर टीभीमा आफ्नो उत्पादनको विज्ञापन गर्नु पनि मोहनी नै हो । मानिसलाई मोहनिद्रामा पुराएर मनमा गढेर बसेका नकारात्मक भावनाहरु हटाइ सकारात्मक भावनाहरु स्थापित गर्नु पनि मोहनी नै हो ।
मोहनीको आयाम विस्त्रित र व्यापक छ । सवैत्र छ । वास्तवमा सम्मोहन विज्ञानमा आधारित एक कला हो । तर, सम्मोहन अर्थात् मोहनीप्रति अध्यावधि हाम्रो समाजको धारणा नकारात्मक छ । अहिले पनि नेपाली गाउँघरतिर सम्मोहनलाई टुनामुना तथा तन्त्रमन्त्रसँग जोडेर हेरिन्छ ।  त्यो किनभने हिजोसम्म सम्मोहन केवल तान्त्रिक, लुटेरा, जादुगर तथा भष्ट्र स्वामी–महाराजहरूको हातमा थियो, जसलाई उनीहरूले मानिसलाई धोका दिन प्रयोग गर्दथे । तर आज सम्मोहन नयाँ रूप–रंगमा प्रकट भएको छ । 

विदेशमा त मोहनीले सम्मोहन चिकित्सा(हिप्नोथेरापी) को मान्यता पाएको छ । अमेरिका युरोपतिर सम्मोहन चिकित्साको ज्यादै ठूलो महत्व छ । विदेशतिर डिप्रेशन, बैचनी, चिन्ता तथा तनाव, अनिद्रा, आघात, भय, हिस्टेरिया, मिर्गी, भुल्ने रोग, भकभकेपना, हीनता, नपुंसकता, शीघ्रपतन, सम्भोगप्रति उदासिनता, रोगको भ्रम, पक्षाघात, सायटिका तथा दÒव्र्यसन आदिको उपचार गर्न तथा क्षमता र व्यक्तित्व विकास गर्नका लागि मात्र होइन कि अप्रेशन गर्न तथा सुत्केरी गराउन पनि सम्मोहनको व्यापक प्रयोग हुँदै आएको छ ।  

मनको विज्ञानः

सम्मोहन मनको विज्ञान हो । उपचारको क्षेत्रमा सम्मोहनद्वारा मनमा गुम्सेका नकारात्मक(नैगेटिभ) विचारहरूलाई निकाल्ने तथा उत्तम सकारात्मक(पोजिटिभ) विचारहरू स्थापित गर्ने कार्य गरेर उपचार गरिन्छ । यस उपचार पद्धतिमा हिप्नोथेराष्टि (सम्मोहनकर्ता) ले कुनै वस्तु देखाएर (जस्तै पेन्डुलम) वा कुरा गरेर व्यक्तिलाई सम्मोहित बनाइ उपचार गर्ने गर्छ । एनएलपी तथा हिप्नोसाइकिऐट्री मोहनी अर्थात् सम्मोहन कै विकसित रूप हुन् । अरुलाई मोहित पार्नु सम्मोहन हो भने सम्मोहनको प्रयोग स्वयं आफैले आफुलाई गर्नु आत्मसम्मोहन हो । आत्मसम्मोहनमा मानिसले आफुलाई आफैं सम्मोहित गर्दछ । सम्मोहनको तुलनामा आत्मसम्मोहन ज्यादै सरल छ । त्यो किन भने दोस्रो व्यक्तिले आफ्नो सुझाव माने वा नमाने पनि आफुले त आफ्नो सुझाव मान्न सकिन्छ, होइन र ? अर्थात् दोस्रो व्यक्तिमाथि आफ्नो कमाण्ड चले वा नचले पनि आफैं माथि आफ्नो कमाण्ड चलिहाल्छ नि ?

सम्मोहनले कसरी कार्य गर्छ ?
मानिसको मनको तीन आयाम हुन्छन्ः (१.) चेतन मन (२.) अवचेतन मन, तथा (३.) अतिचेतन मन । मानिसको चेतन मनले दुःख–पीडा आदि शारीरिक संवेदनाहरू ग्रहण गर्छ । यो मन तार्किक हुन्छ र हरेक विषयहरुमा तर्क गर्छ । चेतन मनले कुनै पनि विषयलाई सहजतापुर्वक ग्रहण गर्दैन । जस्तो कि गाईलाई देखाएर यो भैंसी हो भन्ने हो भने तपाईंले होइन, यो भैंसी हो भन्नुहुन्छ । त्यो किनभने गाई र भैंसीको रुपरंग तपाईंको अवचेतन मनमा स्टोर भएको छ । गाई कस्तो हुन्छ, भैंसी कस्तो हुन्छ भन्ने कुरा तपाईलाई थाहा छ । त्यस्तै तपाईं डरपोक हुनुहुन्छ, तर तपाईंले म निडर छु भन्नुहुन्छ भने तपाईको चेतन मनले त्यसलाई स्वीकार गर्दैन । होइन, तँ डरपोक छस् भन्छ ।


चेतन मनले स्टोरको गेटपालेलेझैे कार्य गर्छ । त्यसैले डरपोक भावनाको ठाउँमा निडरताको भावना स्थापित गर्न पहिला चेतनमनरुपी गेटपालेलाई लठ्याउनुपर्छ वा सुताउनुपर्छ । चेतन मन सुतेपछि अवचेतन मनलाई नियन्त्रण लिएर डरपोक भावना हटाइ निडर भावना त्यहाँ राखिदिनुपर्छ । अतः यसरी तार्किक मनलाई भुलाएर, फकाएर तथा लठ्ठाएर मानिसको अवचेतन मन वा अतिचेतन मनलाई नियन्त्रण गर्ने कार्य सम्मोहन अर्थात् मोहनीले गर्छ । जब कुनै व्यक्ति सम्मोहित हुन्छ, तब उसको शरीर संचालन, आत्म–निर्णय, आत्म–विश्लेषण तथा तर्कका सबै क्रियाहरू सम्मोहनकर्ताको निर्देशनमा संचालित हुन्छन् । अवचेतन मन सक्रिय भएपछि तर्क–विर्तकको प्रक्रिया पुर्णतया बन्द हुन्छ । यस्तो अवस्थामा सम्मोहनकर्ताले जस्तो आज्ञा दिन्छ, अवचेतन मनले त्यो नै सत्य ठानी सहस्र स्वीकार्छ ।  

सम्मोहनको प्रयोग

मानिसको दैनिक जीवनमा व्यापकरुपमा सम्मोहनको प्रयोग हुने गर्छ । पारिवारिक तथा समाजिक जीवन यापनका लागि पनि मानिसले प्रत्यक्षपरोक्षरुपमा सम्मोहनको उपयोग गरिरहेका हुन्छन् । जस्तो कि ठुस्सीएकी श्रीमतिलाई नयाँ साडी ल्याएर मख्ख पार्नु पनि सम्मोहन नै हो । राराको सुन्दरतामा मन्त्रमुग्ध हुनु पनि सम्मोहन नै हो । वास्तवमा सम्मोहन प्रकृतिको एक अंग हो । त्यसैले त पशुपक्षी तथा रुखविरुवाहरुले पनि सम्मोहनको उपयोग गरिहेका हुन्छन् । कुखुराको भाले कोककोक गर्दै पोथीलाई चारा खुवाएर फकाउनु पनि सम्मोहन नै हो । मयुरले पखेटा फिजाएर नाच्नु पनि सम्मोहन नै हो । फुल ढकमक्क फुल्नु पनि सम्मोहन नै हो । वास्तवमा यत्रतत्र, सर्वत्र सम्मोहन नै सम्मोहन छ । त्यसैले सम्मोहनलाई शिक्षाले प्रयोग गरेको छ । स्वास्थ्यले प्रयोग गरेको छ । बजारले प्रयोग गरेको छ । विज्ञापनले प्रयोग गरेको छ । 

विज्ञापनले सम्मोहनको कसरी उपयोग गर्दछ भन्ने जानकारीका लागि एउटा दृष्टान्त हेरौं । तपाईं–हामी टी.भी. हेरिरहेका हुन्छौं । एउटा छोटो ब्रेकसँगै टी सर्ट, छोटो जामा लगाएकी एउटी सुन्दरी हातमा रैकिट लिएर टि.भी.मा आउँछे । यति चर्चित सुन्दरीलाई देखेपछि तपाई–हामी लठ्ठ पर्छौ । आँखा टी.भी.मा टकटकटी गढेको हुन्छ, तर मन भने सुन्दरतामा नै लठ्ठिरहेको हुन्छ । सुन्दरीले टाटा चिया पिउँछे । चिया पिउने बित्तिकै उसमा ‘जोश र जाँगर’ बढ्छ, अनि उसले बेजोडको टेनिस शट हान्छे । टेनिसको बेजोड शटसँगै तपाईं–हाम्रो ‘झसङ्ग’ तान्द्रा टुट्छ । तर टाटा चिया तपाईं–हाम्रो मनको गहिराइमा बस्दछ । टाटा चिया नै सबै भन्दा उत्कृष्ट लाग्छ । अनि तपाईं–हामी पसलमा गएर टोकला चिया वा मुना चिया नमागेर टाटा चिया माग्छौं ।’ (लेखक मनोविद् तथा मेमोरी ल्याब प्रमुख हुन् ।)











Thursday, April 16, 2020

Brain Bites  
School Phobia 
Om Baniya 

Most children experience fear and worries as part of the normal course of development;  almost of all children experience fears at one time or another, the most common fears being of the animal or natural environment type. The degree of fears varies in different children in different situations. But when the fear response is out of proportion to the amount of danger and it impairs children’s functioning, it is classified as children’s phobia. While fear is normal and a phobia is abnormal, they are both on the same continuum; the differ in degree, not in kind.



Phobia, the common of the DSM-V anxiety disorders, is persistent and exaggerated fears of particular objects or situation. Most of people with phobia go out of their way to avoid the thing they fear, even if such avoidance is inconvenient and disruptive.

There are various classes of children’s phobias, one of them is school phobia. School phobia is a type of phobia in which people are afraid to go to school. This condition is most commonly seen in children, classically between the ages of 8 and 13, and it can be very debilitating, especially if it is allowed to progress. School phobia is also called Didaskaleinophobia or Scolionophobia. Scolionophobia is the fear of schools, whereas Didaskaleinophobia is the fear of going to school. 

Isha, age 10, a primary school student, lived with his father while her mother was away for two years. She had good time with her father, but when her mother returned. Isha became extremely anxious her mother in a way she had never before. As time went on, Isha’s behaviour only seemed to get worse. She started to cry every morning before school, saying that she feared to go to school. When her mother forced her, she started vomiting. Then Isha’s parents consulted psychiatrist. School phobia (due to separation anxiety) was diagnosed.
 


Two types of school phobia have been identified. Most common is associated with separation anxiety. Separation anxiety is often a main cause of school phobia. In separation anxiety children worry constantly that some harm will befall their parents or themselves when they are away from their parents; when home they shadow one or both of their parents and often try to join them in bed. 

The second major type of school phobia is associated with a true phobia of school, either a fear specifically related school or a more general school phobia. These school phobics generally begin refusing to go to school later in life and have more severe and pervasive avoidance of school.

School phobia is often attributed to separation anxiety, but it can also be evoked by many different kinds of stress. A child who has recently moved, suffered a loss, or gone through a divorce may develop school phobia, and phobias can also develop in response to bullying, an undiagnosed learning disability, perception of a poor performance at school, or to particular teaching style. Understanding the cause of a school phobia is an important step in providing treatment.

A child with school phobia usually refuses to go to school, or protests extravagantly. He or she may become physically ill when ordered to school, or fake the symptoms of illness to avoid going. When the child arrives at school, he or she may run away rather than going to class, and the child can develop behavioural problems in class and on the playground. 

School phobia and school avoidance in children and adolescents is a growing issue that impacts not only the student but the entire family, school personnel and mental health professionals working with the student. Although school phobia and avoidance may appear to be a very simple or concrete issue to resolve, it is often misunderstood and consequently minimized or mistreated. Without proper intervention, the student’s attendance further deteriorates, his/her school anxiety issues further increases and this cycle is perpetuated. Ultimately, the school phobia and avoidance is exacerbated over time and can result in clinical depression.




Parents would do well to recognize the school phobia in children. It will give them the edge they need to help alleviate school phobia in children. There are certain signs for which parents should be aware. Children suffering with these symptoms will display a range of behaviours like the ones listed below: They may feel unsafe being in a room all by themselves. Display a tendency of being clingy. 

Display fear of either themselves or their parents being harmed. Have sleepless nights and or difficulty falling asleep. Wake up during the night after experiencing frequent nightmares. Saddled with a wild unhealthy imagination about monsters, or fear of animals. Have a fear of the dark. Throwing tantrums when being forced to go to school. If your children show any of these signs of anxiety, then the parents should take steps to help ease the school phobia in children.

A wide variety of techniques can be used to manage school phobia. Children with this condition usually benefit from seeing a psychotherapy professional who can help the child and provide assistance to help parents and school officials support the child.

Cognitive behavioural therapy is one of the best treatments for phobias including school phobia.  Treatment of school phobia or school refusal includes cognitive behaviour therapy along with systematic desensitization, exposure therapy, and operant behavioural techniques. (Baniya is a Psychotherapist and his practice is called Memory Doctor.)